युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
283 पटक पढिएको

काठमाडौँ — साढे पाँच दशक यता राजनीतिमा सक्रिय रहेका देउवा २०४८ पछि निरन्तर सत्ता शक्तिको वरिपरि छन् । ५ पटक प्रधानमन्त्री भइसकेका उनी पार्टी नेतृत्वमा दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् ।
लामो रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनी हाल पाँचौपटक मुलुकको प्रधानमन्त्री छन् । पार्टी र राज्यसत्ता दुवैको चाबी हातमा लिएर चुनावमा होमिएका देउवाले सभापतिमा पुनः बाजी मारेका हुन् । पहिलो चरणको निर्वाचनमा पाँच प्रत्यासीमध्ये कसैको पनि बहुमत नपुगेपछि दोस्रो चरणको मतदान भएको थियो । देउवा पार्टीभित्र दोस्रो पुस्ताका नेताका शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

२००३ सालमा डडेलधुराको असिग्राममा जन्मेका देउवा पछिल्ला साढे पाँच दशक यता राजनीतिमा सक्रिय छन् । पटक–पटक प्रधानमन्त्री भइसकेका उनी पार्टी नेतृत्वमा भने दोस्रो पटकमात्रै पुग्दैछन् । उनी विद्यार्थी उमेरदेखि नै राजनीतिमा आएका हुन् । ०२८ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका देउवा पटक–पटक गरी १० वर्ष १० महिनासम्म जेल जीवन बिताएका छन् । ०४८ सालपछि डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।

उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने २–२ वटा क्षेत्रबाट निर्वाचित भएका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर–४ तथा दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली–४ बाट निर्वाचित भएका देउवा पार्टी र संसदीय राजनीतिका कुटिल खेलाडी मानिन्छन् ।

कांग्रेसको १० औं महाधिवेशनमा उनी पार्टीको सभापतिकालागि गिरिजाप्रसाद कोइरालासँग सभापतिका प्रत्यासी थिए । तर, उनी पराजित भए । उनले प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत ०५९ जेठ ८ मा संकटकाल लम्ब्याउने निर्णय गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परेका देउवाले ०५९ असोज ४ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति बनेका थिए ।

०६४ सालमा उनले फेरि कांग्रेससँग एकीकरण गरे । र, सिंगो कांग्रेसमा सभापतिपछि मर्यादाक्रममा दोस्रो स्थानमा रहेर काम गरे । राजनीतिशस्त्रमा स्नात्तकोत्तर र कानूनमा स्नातक गरेका देउवा ०५२ सालमा सर्वसम्मत र ०५८ मा सुशील कोइरालालाई पराजित गरी संसदीय दलको नेता भएका थिए । ०७० माघमा भने देउवा तत्कालिन महामन्त्री सुशील कोइरालासँग संसदीय दलमा पराजित भएका थिए ।

कांग्रेसको राजनीतिमा देउवालाई भाग्यमानी व्यक्तिका रुपमा लिइन्छ । उनी ०५१ को मध्यावधि निर्वाचनबाट विपक्षी दलको नेता चुनिएपछि प्रधानमन्त्रीको लागि बाटो खुलेको थियो ।

पार्टीमा दोस्रो पुस्ताको नेताका रुपमा रहेका देउवा ४९ वर्षको उमेरमै मुलुकको प्रधानमन्त्री भए, ०५२ सालमा । त्यसबेला अल्पमतमा रहेको एमाले सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि उनको प्रधानमन्त्री बन्ने अवसर खुलेको थियो । देउवा ०५२, ०५८, ०६१, र ०७४ सालमा समेत गरी चार पटक प्रधानमन्त्री भए । अहिले पाचौंपटक प्रधानमन्त्री छन् । राजाले पुनर्बहालीगर्ने भनेपछि देउवा आफैँ प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बनेका थिए । तर, ०५९ असोज १८ मा तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै देउवालाई पदबाट हटाएका थिए । देउवालाई हटाएपछि राजा आफैँले सक्रिय शासन थालेका थिए ।

देउवाले पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धामा भने पटक–पटक हार बेहोरे । १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका देउवाले ११ औँं महाधिवेशन आफ्नै पार्टीमा गरे । ०६४ को निर्वाचनअघि ४० प्रतिशत हिस्सा लिएर पार्टी एकीकरण गरेका उनले १२ औं महाधिवेशनमा फेरि सभापतिमा प्रतिस्पर्धा गरे, तर सुशील कोइरालासँग पराजित भए । कोइराला परिवारकै सहयोगमा विद्यार्थी राजनीतिमा उदाएका देउवाले समयक्रममा कोइरालासँगै प्रतिस्पर्धा गरे, र अहिले त उनले आफ्नै नेतृत्वमा कोइराला परिवारकै झैँ शक्तिशाली समूह खडा गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पदबाट हटाएपछि देउवा त्यसैको असन्तुष्टिमा गिरिजाप्रसादका विरुद्ध पार्टीको सभापतिमा उम्मेदवार बनेका थिए, पराजित भएपनि त्यो बेला खडा भएको समूहकै जगमा अहिले देउवा समूह अडेको छ । ०५८ साउनमा देउवा संसदीय दलको नेता निर्वाचित भए, त्यसबेला भने गिरिजाप्रसादले सुशील कोइरालालाई अघि सारेका थिए ।

देउवा साहसी र आफ्ना कार्यकर्ताको भावनाबमोजिम जे पनि निर्णय गर्न सक्ने नेतामध्येमा पर्छन् । उनी नेपाली राजनीतिका केही कालखण्डका चर्चित पात्रमध्येमा समेत पर्छन् ।

पार्टीको निर्णय उल्लंघन गर्दै तत्कालिन माओवादीविरुद्ध लगाएको संकटकालको अवधि थप्ने निर्णय गरेपछि ०५९ सालमा देउवालाई तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले कारवाही गरेका थिए । त्यसपछि नै उनले कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । पछि पार्टी एकतापछि देउवाले सिंगो पार्टीमा पनि आफूले पाउनुपर्ने ४० प्रतिशत भाग कहिल्यै गुमाएनन् ।

१३ औं महाधिवेशनमा तत्कालिन सभापति सुशील कोइरालाको निधन भएपछि संस्थापन पक्षमा फुट उब्जियो, देउवाले त्यसैको लाभ लिए । पहिलो चरणमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गरेका देउवाले दोस्रो चरणमा सिटौलाको साथ लिए । पहिलो चरणमा ११ भोट नपाउँदा बहुमत पाउनबाट बञ्चित उनले दोस्रो चरणमा भने ५८ प्रतिशत मत लिएर विजयी भए ।

पार्टी सभापति भएका उनले आफ्नै नेतृत्वमा ०७४ को आमनिर्वाचन गर्ने मौका पाए, चुनावमा कांग्रेस २३ सिटमा खुम्चियो । यो कार्यकालमा देउवाले न पार्टी राम्रोसँग चलाउन सके, न सरकार । बरु सरकारमा हुँदा अनेकथरि विवादास्पद मुद्दामा फसिरहे । तर, गुटरउपगुटलाई जोडेर स्वार्थसिद्धि गर्न सक्षम देउवाले १४ औं महाधिवेशनलाई पनि आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

देउवाले १३ औं महाधिवेशनमा आफूसँग जोडिएका सिटौलालाई यसपटक साथै लिए । यो बीचमा विजयकुमार गच्छदार र सुनिलबहादुर थापासहितलाई पार्टीमा भित्राएर शक्ति आर्जन गरे । उनले यसपटक संस्थापनइत्तर पक्षमा विभाजन ल्याउन मात्रै होइन, त्यो विभाजनको फाइदा लिन समेत सफल भएका छन् ।
आजको कान्तिपुरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!