युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
123 पटक पढिएको

No description available.

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीका सेवा ग्राहीहरले उपभोग गर्दै आइरहेको बिद्युत सेवाको लोडसेडिङ अर्को सुचना नआएसम्म जारी रहने भएको छ । सेवा ग्राहीहरुले दैनिक ४ घण्टा लोडसेडिङको मार खेपिरहनु परेको छ । यो प्रक्रिया पुनः लम्विने भएको छ । बिहिवार एक पत्रकार सम्मेलन गर्दै नेपाल सरकारको स्वामित्वमाा रहेको बाजुरा साना जलबिद्युत केन्द्र हाल त्रिवेणी सहकारी संस्था लिमिटेड बाजुराले लोडसेडिङ बारे अर्को सुचना नआए सम्मका लागि स्वही प्रक्रिया निरन्तर जारी रहने जानकारी गराएको हो । सस्थाले सेवा ग्राहिको सम्पर्क नम्मरमा एस.एम.एस गरि लोडसेडीङ बारे सेवा ग्रहारीहरुमा सुचना प्रवाह गर्ने निर्णय गरेको पनि जानकारी गराएको छ । अव दैनिक कति बजे देखि कति बजे सम्म लोडसेडिङ ह्न्छ भन्ने कुरा एस.एम.एस बाटै थाहा पाउन सकिनेछ ।

जिल्लामा निरन्तर रुपमा बिद्युत सेवा उपभोग गर्दै आइरहेका सेवा ग्राहिहरु पछिल्लो समयमा मर्कामा परेका छन । बिगत लामो समय यता बिद्युत सेवा उपभोग गर्देै आइरहेका सेवा ग्राहिहरु बिगत एक महिना भन्दा अगाडी देखि निरन्तर रुपमा बिद्युत सेवा उपभोग गर्न पाएका छैनन् । बेलाबेला बिद्युत सेवा अवरुद्ध बन्न थालेपछी सेवाग्राहिहरुले जिल्ला सडरमुकम जस्ता ठाँउमा पनि उज्यालो अभियान नाटकीए मात्र भएको भन्दै दुखेसो पोख्दै आइरहेका छन । दैनिक करिव चार घण्टा लोडसेडिङ्गको मार खेप्न बाध्य भएका सडरमुकाम वासिहरुले लोडसेडिङ्ग बाहेकको समयमा पनि बिद्युत सेवा निरन्तर उपभोग गर्न पाइराखेका छैनन् ।

जिल्लाको सडरमुकाम भित्रै पनि निरन्तर रुपमा सही ढंगले बिद्युत सेवा संचालन नहुनु लज्जासपद विषय रहेको बताउदै आएका छन् । बिद्युत सेवा अबरुद्ध भएपछी जिल्लामा संचार सेवामा पनि समस्या उत्पन्न भएको छ । सवैभन्दा बदी प्रभावित जिल्ला स्थित संचार माध्यमहरु भएका छन । वेलावेला बिद्युत सेवा आउने जाने भएपछी सम्पुर्ण मिडियामा कार्यरत संचारकर्मिहरुले बरालिदै हिड्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यस अघि संचार सेवामा पनि समस्या देखिएपछी जिल्ला बासिहरुले सुचनाहरु सम्प्रेसण गर्नबाट बन्चित भएका छन् । बिद्युत सेवा संचालनमा अनियमितता देखिएपछी जिल्ला स्थित सम्पुर्ण मिडियामा कार्यरत संचारकर्मिहरुले बिद्युत सेवा तत्काल नियमित रुपमा संचालन हुनुपर्ने माग गर्दै नेपाल बिद्युत पधातिकरण बाजुराका प्रमुख, त्रिवेणी साना जलबिद्युतका प्रमुख र जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत नेपाल बिद्युत प्राधिकरण काठमाण्डौलाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै नेपाल बिद्युत पधातिकरण बाजुराका प्रमुख, त्रिवेणी साना जल बिद्युतका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी समिर कुमार भण्डारीले तत्कालै समस्या समाधानका लागि पहल गर्ने भनेतापनि अवस्था सुधार हुनुको सट्टा झन जटिल हुदै गएको छ ।

अध्यारो हुनै लाग्दा बिद्युतको लाइन कट हुने भएपछी सडरमुकाम वासिहरुले बिद्युत सेवा संचालनमा लापरवाही गरेको आरोप लगाउदै आइरहेका छन् । बिद्युत सेवा नियमित रुपमा संचालन नहुदा क्यान्दिलको उज्यालोको भरमा रात कटाउनु पर्ने अवस्था सिर्जना भएको गुनासाहरु आउने गरेका छन् । यसका साथै लोडसेडिङ्ग सुरु भए पश्चात सडरमुकाम भित्रै संचालित बिद्यालयहरुमा पनि पठन पाठनमा समस्या सिर्जना भएको छ । यसका साथै जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयहरुमा पनि बिद्युत सेवा नियमित संचालन नहुदा काम काजहरु थप्प बनेका छन् ।

नेपाल सरकारको स्वामित्वमाा रहेको बाजुरा साना जलबिद्युत केन्द्र हाल त्रिवेणी सहकारी संस्था लिमिटेड बाजुराले लिजमा लिएर संचालन गरि रहेकोले सहकारीको बिदुत ब्यबस्थापन तथा संचालनले नागरिकहरुलाई बिद्युत आपुर्तिमा असहजता भएकोले सरकारले देशभर उज्यालो अभियाँन संचालन गरेता पनि बाजुरेली जनताले पुरानै अवस्थामा दिन काट्नु पर्ने अवस्था छ । बाजुराका अधिकांस ठाँउहरुमा बिद्युत सेवा संचालनमा आएता पनि नियमित रुपमा बिदुतसेवा उपभोग गर्न पाइराखेको अवस्था भने छैन । प्रत्यक ठाँउमा संचालनमा ल्याइएका जलबिद्युत आयोजनाहरुले प्रभावकारी सेवा दिन सकिरहेको अवस्था भने छैन ।

पत्रकार सम्मेलनमा  त्रिवेणी सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक बहादुर रावलले तत्काल यो समस्या समाधानका लागि कुनै पनि बिकल्प नरहेको बताएका छन् । महिनै पिछे मेसिनहरु बिगिने र पुनः मर्मत गर्न केही समय लाग्ने भएका कारण पटक–पटक सबिद्युत सेवा अवरुद्धहुने गरेको उहाँको भनाई रहेको छ ।नयाँ मेसिन खरिद गर्नका लागि नेपालमै स्व मेसिन उपलव्ध नहुने र बाहिरबाट खरिद गरेर ल्याँउदा धेरै महङ्गो पर्ने हुदा आर्थिकको समस्या भएका कारण अर्को कुनै बिकल्प नरहेको बताउनुभयो । सेवा ग्राहिहरुलाइ अध्यारोमा बस्न बाध्य वनाउनु सस्थाको कमजोरी नरहेको आफुले आफ्नो तर्फबाट आवश्यक पहल गर्दै आइरहेको बताउदै यो एउटा त्रिवेणीकाे  मात्र समस्या नभई सवैको समस्या भएकाले यो रहरनभई बाध्यता रहेको खुलष्ट पार्नुभएको थियो ।

उहाँका अनुसार २०६६ साल कार्तिक २० गतेबाट लिजमा लिएर २० बर्षको समयाअवधीका लागि संचालन गर्दा मात्र ७४५ सेवा ग्राहीहरु थिए भने हाल बढेर जम्मा २१७५ पुगिसकेका छन् । सेवा ग्राहीहरु बढे संगै बिद्युत आपुर्ति क्षमता बढाउन सकेको अवस्था छैन । पहिलाकै क्षमताले नधान्ने हुदा यो समस्या उत्पन्न भएको हो । चिसोको समयमा बिद्युतको पावर हाउसको मेसिन चिसिने हुँदा चिसोको समयमा बिद्युतिय उपकरणहरु वढी प्रयोग हुने हुँदा लोड सेडिङ्ग गर्नु पर्ने बाध्यता पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!