अशोक कुमार शाही–नेपालको संविधानमा छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाइएको र देशलाई नै छुवाछुतमुक्त घोषणा गरिएको भए पनि दलितमाथि गरिने दुर व्यवहार तथा जातीय विभेद कायमै रहेको स्पस्ट देख्न सकिन्छ ।जातियता को नाममा दिन प्रतिदिन दलित दाजुभाइ को हत्या भैरहेको छ बझाङ कि सम्झना बिक रुकुम पश्चिम जौरझारी घटना चितवन भिम बहादुर बि क हाल हुम्लाको सर्केघाट घटना देशका जलन्त उदाहरण हुन हत्या हिङसा र विभेद देशमा मौलाई रहेका छ ।आखिर सरकाको ध्यानाकर्षण कहिले हुन्छ र यो किताबि कानुन कहिले लागू हुन्छ ।जनक विश्वकर्मा कः सागरको भनाइ यस्तो छ ।दलित शब्द नै मानव द्वारा मानव माथि भै रहेको उत्पिडनलाइ बुझाउँछ ।जब देखि मानव समाज दुइटा बर्गमा बाँडियो तब देखि एउटा वर्गले अर्को वर्ग माथि दमन ह्ंदै आएको पाइन्छ ।
अब कसले कस माथि दमन गर्दै आयो बुझ्न जरुरी छ । सामान्य रुपले हेर्दा के बुझिन्छ भने बलियाले निर्बलिया माथि दमन गर्दै आएको छ।तर समाजमा जातपातको शुरुवातको दिन देखि दलितमाथी जुन विभेद गरियो त्यो असह्य,अपमान,किर्तीघीन रह्यो त्यस्को छति पुर्ति सहित उच्च जाति भनाउँदा बाहुन समुदायले दिन सक्नु पर्दछ।हँ यो मान्न सकिन्छ कि जतपात निर्माण गर्ने हरु आज छैनन त्यस्को दोष अहिलेको बाहुन लाई दिन मिल्दैन फेरि पनि सत्ताको चाकरी र निजी स्वार्थकै कारण अछूत समुदाय भनी दिएको सासतीका जिम्मेवार बाहुन समुदाय प्रमुख र अरु समुदायले पनि आफ्नो अंसभागको छतिपुर्ती तिर्नै पर्ने हो।यसको पुर्ण छतिपुर्ती त तब नै हुन्छ ।जब मानव माथी हरेक किसिमको विभेद अंत भै योग्यतको आधारमा काम र आवश्यकताको आधारमा दाम पाउने सिस्टमको स्थापना हुन्छ यो सिस्टम ल्याउन सबै समुदाय लाग्नु पर्छ र विशेष रुपमा यहि समुदाय महा जन बिद्रोहको अगुवाई गर्दा सहि ठाउँमा पुग्न सकिन्छ यो समुदाय आफूलाइ पुरै रुपन्त? र गरि अगुवाइ गर्ने हो भने बैज्ञानिक समाजवाद अवश्य केही बर्षमा प्राप्त गर्न सकिन्छ यहि नै वास्तविक छतिपुर्ती पनि हुनेछ ।
शुरुको समाज सबै मिलिजुली बाँडिचुडि श्रम गरि खान्थे।एक आपसमा कुनै विभेद थिएन।सामुहिक्ता मातहत निजित्वको बिकास भएको पाइन्छ।जस्तै बच्चाको जन्म हुंदा घर परिवारकै रेखदेखमा हुन्थ्यो पछि घर छिमेकको मातहत स्यानो बच्चा ठूलो भएर समाजकै हितमा कृयाशील रहन्थ्यो त्यस बेलाको समाजलाइ मातृसत्तात्मक ब्यवस्था भनिन्थ्यो अर्थात यहि धर्तीमा आमाको नामले बंशावलिको उदय भएको पाइन्छ ।आमानै समाजको अगुवाइ गर्थिइन जीवन भरण पोषणको लागि सबैले श्रममा सहभागी हुन्थे त्यस बेलाको समाजमा एउटै जाती थियो त्यो हो मानिसको जात त्यस्को आधार आईमाई र लोग्नेहरुको योग नै पुर्ण मानिस भनी बुझिन्थ्यो आज झैै समाज बाँडिएको थिएन एक सबैकोलागी सबै एकको लागि होइन बरु सबै समाजको लागि नै जन्मेका थिए।तर आज त्यस्को व्याख्या उल्ट्याइयो र भनियो कि एक सबैकोलागी सबै एकको लागि जन्मेका हुन् र त्यस प्रतिआआफ्नोजिम्मेवारी बहन गरि रहनु पर्दछ।त्यस बेला मानिसको श्रम र उसको सीपलाइ र उत्पादन गर्ने सामग्रीको संयुक्त नाम नै उत्पादक शक्ति थियो ।
उत्पादन सम्बन्ध सामुहिक्तामा आधारित प्राकृतिक थियो।उत्पादन शक्ति र उत्पादन सम्बन्धको अन्तर्सम्बन्ध र अन्तर्बिरोध नै बिकासको प्रेरक शक्ति हो।अनि उत्पादक शक्ति बिकास हुँदै उत्पादक सम्बन्धलाइ आफ्नो अनुकूल बनाउँदै माटाको भाँडाकुँडा को शुरुवात र शिकारको लागी ढुंगाको प्रयोग हुन थाल्यो।पछि जब फ्लाम,कास्यको खोज भयो तब बिकासमा सामाजिक क्रान्ति भएको थियो।अनि त्यही ढुंगे युगले कोल्टे फेर्दै पशुपालन युगको शुरुवात हुन्छ पछि कृषि युगको गाथाहरु लेखिएका छन ।त्यसबेलाको समाज दुइटा वर्गमा कसरी बाँडिए होलान बुझ्न जरुरी छ।सामुहिक्ता माथी निजित्वको आक्रमणले बर्तमान समाज अद्यावदि निरंतर्तामा छ।शुरुको दिनमा निजी पत्नी बनाउने होडबाजीले निजि सम्पत्तीको उदय गराइयो।अब सामुहिक्ता माथी निजित्व को प्रभुत्व कायम भयो।समाज खलबलियो यस्को नया ब्यवस्थापन गर्ने दोरानमा दुइटा वर्ग देखिन थाल्यो ।गरिखाने र बसि खाने यी दुइटा वर्गको आआफ्नो स्वार्थ पनि समाजमा हुर्कन थाल्यो।एउटाले अर्का माथि शासन गर्ने नै यसको अभिष्ट हो।
त्यस बेलाका अपेक्षाकृत ज्ञानी मानिसहरु द्वारा समाज ब्यवस्थापन हुँदाको परिस्थिती लाइ पनि बुझ्नआवश्यक छ। समाजमा जन संख्या को वृद्धि,राजा महाराजाको बिकास,सीप, कला मा भएको क्रान्तीको कारणले समाज ब्यवस्थापन अनिवार्य हुन गयो।मातृस्त्ता लाइ पित्र सत्तामा रुपान्तर गर्दा चीज सामान्य थिएन।मातृ सत्ताका अगुवा महिलाहरुको प्रतिनिधीहरुले ठूलो प्रतिकार गरेको थिइन पुरुष सत्ताका अगुवाहरुलाइ हम्मे हम्मे परेको थियो।पछि तिनलाइ रिझाइ आखिरमा पुरुष सत्तानै कायम भएको थियो जुन अहिले पनि निरन्तर्तामा छ र बंशावली बुआको नामले चल्न थालेको हो।त्यस बेला तत्कालीन ज्ञानी मानिसहरु भौतिकवाद र आदर्शवाद संगै लिएर हिनेका थिए।किन भने कैयौं प्रश्नको उत्तर दिन अस्मर्थ रहेको हुँदा आदर्शवादलाइ न समाइ जिज्ञासा मेटाउन सक्दैन्थे भौतिकबादको बुझाइको कारण शुन्य,अक्षर,स्वर,ग्रह,नक्षत्र,आदि इत्यादिको खोज सम्भव भएको थियो जुन भौतिवादहो र सार्भौम भैसकेको छ। यहिं नीर कैयौं प्रश्नको उत्तर दिन नसक्दा हवाइ कल्पनाको परिणाम आदर्शवाद को उदय भएको पाइन्छ।समाज ब्यवस्थापन गर्दा थुप्रै जाति समुदाय निर्माण भयो कर्मको आधारमा यो सबै मानिस द्वारा निर्माण भएको हो पछिल्लो समयमा राजा महाराजाको राज्य सत्ता बलियो पार्दा आफ्ना निजी स्वार्थ पूरा गर्न सबभन्दा तल्लो जाति दलितलाइ बनाइयो किन भने श्रममा यिनी इमान्दार सीपकलामा मा मर्मज्ञ थिए यसरी समाजिक ब्यवस्थापन मा दलितलाइ मानिस समाजमा अवहेलित र बिभेदित गराइयो। अझ राजा मनुको पाला देखि त अछूत भनी व्यवहार गरियो।
अहिले आएर मानिसहरु दलित मुक्तिको कुरा गर्दै माथिल्लो जाति माथी शत्रुताको व्यवहार गरेको पाइन्छ या प्रतिशोध लीने किसिमले गति विधि बढाइ आफ्नो निजि स्वार्थ लिइ रहेको पाइन्छ यहाँ सम्म कि माथिल्लो जातिले मंदिर प्रबेशमा रोक लगाउँ छन र यिनले प्रबेश पाउने मागले दलितको मुक्ती हुँदैन आखिर पुरानो ऋषीमहाऋषीहरु अथवा बाहुनहरुले बनाएको भाग्य तकदीर,पुरपुरोमा लेखेको,मंदिर मस्जिद यी सबै शासकलाइ नै फाइदा पुग्ने कुरा हो यसैमा रमाउनलाइ जानेर या न जानेर मंदिर प्रबेशको बहानामा त्यहीं रुम्मलिएर रहनु बाट मुक्ति असम्भव छ।धर्तीबाट शोषण खतम हुने बितिक्कै यी बिभेदको पनि अंत हुन जान्छ।यिनको मुक्तीको कुरा उठाइ कैयौं राजनैति दलहरु पुरानै सत्तामा अल्मल्याइ राखेको पाइन्छ।जबकि आज सम्म आउँदा मानिस रुपमा अलग रहे पनि सार ठिक यस्को बिपरीत भै रहेको पाइन्छ।माथिल्लो जातिका भनाउँदाहरु खुसुक्क आज भोलि जाडो हुनुपर्ने हो । आँगनमा आगो बालेर ताप्दै माटोको पतिलामा मकै भुटेर झुरुम झुरुम चपाउँदै बस्नु पर्ने समय हो ।
पुषको ६ गते सबैभन्दा छोँटो दिन हो । तर, लामो जस्तो लागेको छ । अमेरिकाको दलाली गरेर देश बेच्ने नेताहरुले एमसीसीको दस्ताबेज सदनमा पेस गरेपछि देशभक्त जनतालाई जाडोमा पनि तताएको छ । यो तातोले बर्तमान सरकारलाई डढाइदिने सम्भावना देखियो ।यस्तो लाग्छः शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकार सायद अन्तिम संसदवादी सरकार हो । यो सरकारमा टाँसिएका प्रचण्ड आदि इत्यादि त त्यहि तातोले सेलाउनै नसक्ने गरी थला परेजस्तो छ । प्रचण्ड, माधव, ओली, देउवा, बाबुराम भन्दा राप्रपाका राजेन्द लिंगदेन धेरै राष्ट्रवादी रहेछन् । हेरौँ नतिजा कस्तो आउँछ ।जातिका आईमाई संग थुप्रै बच्चाहरु जन्माइ सकेका छन अर्का तिर त्यहि कथित दलितहरु राजा महाराजा र मालिकको सेवामा समय बिताउँदा पर्दा भित्र रहेका आईमाई संग पनि बच्चा जन्माएकै छन यसरी बर्तमान समाज रुपमा बिभेदित रहे पनि सार त्यस्तो छैन।फेरि पनि रुपलाइ सार अनुसार बनाउन दलितले पनि बर्गीय मुक्तीको बाटोलाइ अवलम्बन गर्नै पर्दछ।समाजका उत्पिडित समुदाय नै सामाजिक परिवर्तनका मेरु दण्ड हुन यिनलाइ नेतृत्त्वमा बिकास गर्नु समयको माग भए पनि अझ सम्म त्यस्तो हुन र पाउन सकिएको छैन यो स्वार्थी समाजमा दलितहरु पनि बर्ग पक्षधर्तालाइ स्वीकारगर्दै अगाडि बढ्नु पर्दछ।यश किसिमले सुन्दर समाजको ब्यवस्थापन गरौं भबिष्य उज्जवल छ चुनौति असामान्य संघर्ष बाहेक अर्को बिकल्प छैन।नेकपा माओवादीकेन्द्र समाजवादीले बर्गीय मुक्ती आन्दोलनको नेतृत्व गर्दैछ लामबद्ध हुंदै
अन्तर्राष्ट्रिय जाति कायम गरौं यहि नै समयको माग हो।
नेकपा माओवादी केन्द्र समाजवादी स्थाई समिति सदस्य तथा नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा
केन्द्रीय अध्यक्ष जनक विश्वकर्मा (सागर)