बाजुरा- प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको पाँचौ जिल्ला अधिवेशन आजबाट सुरु हुदै छ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको आज सुरु हुने पाँचौ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको र करिव १२ बजेबाट उद्घाटन हुने चौतारी जिल्ला शाखाले जनाएको छ ।बडीमालिका नगरपालिकाको सभाहलमा हुने अधिवेशनको उद्घाटन नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्ने भएका छन । अधिवेशनमा नेकपा एमाले बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा पनि विशिष्ट अतिथिको रुपमा कार्यक्रममा उपस्थित रहने भएका छन् । अधिवेशनका लागि प्रेस चौतारीका नेता मार्तडी पुग्ने क्रमा जारी रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।त्यस्तै प्रेस चौतारी नेपाल जिल्ला शाखाको पाँचौ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा चार जनाले आंकाक्षा राखेका छन् । अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने अठोट लिएको छ । आकांक्षीहरुले बताए अनुसार सहमति सजिलै हुने भने देदिएको छैन । सहमतिका आधारमा नेतृत्व चयन गर्न सम्भव देखिएको छैन ।
यस्ताे भन्छन आकांक्षीहरुले
अध्यक्षको आकांक्षी रहेकी र यस अघि जिल्ला पत्रकार माहासघ बाजुरा जिल्ला सचीव र प्रेस चौतारी संयोजक समेत रहेकी पत्रकार नन्दा थापा पछिल्लो समयमा जिल्ला स्थित पत्रकारहरु मध्यकै अलि बढी सक्रिय भने देखिन्छन् । लामो समय देखि पत्रकारीता पेसमा आवद्ध रहेकी थापा बाजुरा जिल्लाका आवाज बिहिनहरुको आवाज हुन भन्ने कुरा बाजुरा बासिले महसुस गर्दै आएका छन । उनले समाजमा ब्याप्त कुरुती र कुसंस्कारको अन्त्यका लागि समुदाय स्तरका आवाजहरुलाई बुलन्द गरेर कुरिती र कुसंस्कार सभ्य समाज निर्माण गर्नका लागि अहम भुमिका निर्वाह गर्दै आएकी छन् ।रेडियो बाजुरामा कार्यरत थापाको परापुर्वक काल देखि समाजले निरन्तरता दिदै आएका कुरीता र कुसंस्कार विरुद्ध विभिन्न जनचेतनामुलुक सामाग्री तयार गरि रेडियो मार्फत प्रसारण गरि समुदाय स्तरमा सचेतता फैलाउनमा उनको विशेष योगदान रहेको छ । विशेष गरेर बाजुरा जस्तो दुर्गम जिल्लाका उनाकुनामा रहेकी आवाज बिहिन माहिलाहरुका समस्याहरुका सवालहरुमा विशेष ओकालत गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराउदै आएकी छन ।
बाजुराका उनाकुनामा महिला हिंसाको सिकार भएकी महिलाहरुका दर लाग्दा र काहानी लाग्दा समस्या भोग्दै आइरहेकी महिलाहरुका आवाजहरुलाई जस्ताको तस्तै सम्बन्धित निकाय सम्म पुर्याउन समेत सहयोग गर्दै आएकी छन । त्यस्तै थापाले जिल्लाका कुना कन्धरामा रहेका अवोध बालबालिकाहरुले भोग्दै आइरहेका समस्याहरुका सवालहरुमा पनि बिशेश वकालत गर्दै बालबालिका माथी हुने दुर्ववहार श्रम शोषण का बिषयमा रेडियोमा विभिन्न सचेतना सामाग्री बजाएर बालबालिकालाई उक्त समस्याहरु बाट आफै सचेत हुन सक्ने समेत बनाएकी छन् । थापा हाल राजधानी दैनिक पत्रीका सम्बादाता ,रेडियो बार्जु स्टेशन प्रवन्धक ,पत्रकार महा सङ्ह जिल्ला साखा बाजुरा सचीव ,नेपाल संचालिका संघकि जिल्ला सदस्य संगै रेडियो बाजुरामा कार्यरत छन । थापाले सहमतिको प्रक्रियामा जाने तयारी भैरहकोले अन्य ले आफ्नो नाममा सहमति गर्छन् भन्ने कुरामा बिश्वष्ट रहेको पनि बताएकी छन ।
यस्तै जिल्ला अध्यक्षका अर्का आकांक्षी रमित बि.क हुन । बिकले रेडियो पौरखीबाट पत्रकारीता सुरु गरेकारेडियो बाजुरामा समेत लामो समय काम गरेका थिए । हाल रेडियो गौमुलको स्तेशन प्रबन्धकका रुपमा कार्यरत छन । त्यस्तै अर्का आकान्क्षी रहेका पत्रकार रमित बिकले पनि श्रमजीवी पत्रकार मध्यको कुशल सक्षम पत्रकार हुन । बिगत लामो समय देखि पत्रकारीता पेशा प्रती कटिबद्ध रहदै आएका बि.क पनि पत्रकारीताको क्षत्रबाट विभिन्न तह तप्काको नेतृत्व गर्दै आएका छन । उनले आफु पनि बलियो उम्मेदवार रहेको दावी गरेका छन ।साथै उनले आफुलाई जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन गरेमा आफू श्रमजीवी पत्रकारको हक हितका लागि अहोरात्र खत्ने पनि बताएका छन् । सहमति हुदै गर्दा आफुलाई समर्थन गर्छन भन्ने बिश्वास लिएको बताएका छन ।अन्तिम सम्म अडान लिने पनि उनको भनाई छ ।
यस्तै दुई जना अर्का आकांक्षीहरु लक्ष्मी राज पाध्याय र मदन बि.क पनि पनि छन । पत्रकार मदन बि.क पनि लामो समय एता पत्रकारीता पेशामा निरन्तर तलिन रहेका छन पत्रकार बि.क ग्यालेक्सी ४ के को सम्बादाताका रुपमा कार्यरत छन त्यसै गरी बि.क जिल्लामा संचालित नागरिक रैवारको कार्यकारी सम्पादक पनि हुन । बि.क पनि जिल्लामा रहेका कुरुती कुसंस्कार समाजमा ब्याप्त अन्याय अत्तेचारका विरुद्ध अनलाइन मिडिया मार्फत आवज बुलन्द गरिरहेका छन । त्यसैगरि उनले बाजुरा जिल्ला घटेका घटनाहरू र बाजुरा बासिले भोगेका समस्याहरुलाई राष्ट्रिय मिडियाहरुमा पुर्याइ प्रत्यक्ष प्रसारण गर्ने बाजुराको समस्यालाई राजधानी सम्म पुर्याई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरेका छन् ।बि.क ले बाजुरामा पत्रकारीता क्षेत्रको विकासका लागि प्रेस चौतारीले पनि आफुलाई अध्यक्षमा चयन गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
यस्तै अर्का अध्यक्षको आकांक्षी लक्ष्मीराज पाध्याय पनि छन । २०६८साल देखि पत्रकारीता पेशा गर्दै आएका छन ।उनको पत्रकारीताको छोटो समयमा रेडियो पत्रिका अनलाइन , टेलिभजिन पत्रकारीतामा समेत दख्खल राख्ने पत्रकारको रूपमा जिल्लामा परिचित रहेका छन । पाध्याय हाल एभिन्युजा टेलिभिजनको बाजुरा समाचारदाता र जिल्लामा संचालित बडिमालिका खवर अनलाइनको कार्यकारी सम्पादकको रूपमा काम गरिरहेका छन । पाध्यायले भने कित आफुलाई सहमती दिनुपर्ने यदि सहमति नदिए आफु पनि कसैलाई सहमति नदिएर बाहिरिने तयारीमा रहेको बताएका छन ।
जिल्ला अध्यक्षका लागि आकांक्षी रहेका चारै जना आकांक्षीहरुले जहिल्यै पत्रकार हुन लगाशिल संगठित र ब्यबासयीक बन्नु पर्ने धारणा राख्ने गरेका छन् । संगठन र पत्रकारीता संग चारै जनाले लामो अनुभव बतुलिकिेका छन । यि चारै जना आफ्नो घर परिवार भन्दा बढि पत्रकारीता क्षेत्रमा खटिने पत्रकार र जिम्मेवारी बहन गर्ने ईमान्दार पत्रकार पनि हुन । साथै संगठन निर्माण र नेतृत्व क्षेमताका साथै संगठनमा आबद्ध पत्रकारहरूले ब्यबासयिक बन्न प्रेरित गर्ने पत्रकारहरु अन्तरगत पर्छन । चारै जना ब्यबसायिक पत्रकारीताको पक्षमा उभिने निडर पत्रकारको रूपमा चिनिदै आएका छन । चार जना आकांक्षीले आकांक्षा राखेपनि सहमतिमै नेतृत्व चयन गर्ने प्रेस चौतारी नेपाल बाजुराको अठोत रहेको छ । सहमती कसको नाममा हुन्छ त भन्ने कुरा अहिले नै एकिन भन्न सकिने अवस्था छैन । सहमती भएमा म यो व्यक्तिलाई समर्थन गर्न तयार छु भनेर कसैले खुलाएका छैनन । चारै जना उम्मेदवारहरु सहमती गर्नुपर्छ म बलियो हु भन्ने धारणा राख्दै आएका छन । कसको नाममा सहमति होला त भन्ने करा पनि अहिले नै एकिन भन्न सकिन्न यसको नतिजा अधिवेशनले नै तयार गर्नेछ । एसो हेर्दा सवै जना बलियो नै देखिन्छन् ।एकिन यी आकान्क्षी बलियो हुन भने र भने छुट्याउन भने कठिन छ ।
अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन छिटै गर्ने प्रेस चौतारी नेपाल सुदुरपश्च्श्रिम अध्यक्ष कृष्ण आलीले बताउनु भएको छ । यसमा कनै ढिलासुस्ति नहुने नेतृत्व सर्वसम्मत चयन हुने कुरामा सवैलाई धुकक रहनु पर्ने उहााको भनाई रहेको छ ।