बाजुरा-बडिमालिका नगरपालिका वडा न. ७ को वडा कार्यालयमा गरिएको तालावन्दि तिन दिन बितिसक्दा सम्म पनि खुलेको छैन । मंगलवार वडा कार्यालयमा स्थानीयहरुले ताला लगाएका थिए । माउलेख भुगाडिपाटा टोलका संयोजक महादेव जैसीको नेतृत्वमा गएको युवाहरुको समुहले ताला लागाएको थियो । हरेक वर्ष नेपाल सरकारले बेरोजगार युवाहरुलाइ लक्षित गरि प्रधानमन्त्री युवा स्वोरोजगार कार्यक्रम संचालन गर्ने गरेको छ उक्त कार्यक्रममा बेरोजगार युवाहरुलाई छनोट गर्दा सोही वडाका वडाध्यक्ष धर्मराज पाध्याले आफ्ना आसेपासेलाई मात्र छनोट गरेको हुदा उक्त निर्णय मान्ने नभएको भन्दै वडा कार्यलयमा ताला लगाउन बाध्य भएको स्थानीयले बताएका छन् ।
ताला लगाएको दुई दिन बितिसक्दा पनि वडाले कुनै पनि चासो नदेखाएको खुल्न आएको छ । वडाले कुनै समन्वय र आफुले गरेको मागको सनुवाई नगरेपछी तालावन्दि नखोलिएको महादेव जोशीले बताउनु भयो । फेरी पनि माग पुरा नगरुनजेल सम्म ताला वन्दि जारी राख्ने उहाँको भनाई छ । वडाध्यक्ष पाध्याले वडाका प्रत्येक योजना युवा लक्षित कार्यक्रममा रजातोली जिल्ली,र माउलेख बिच विभेद गर्दै आएको स्थानीयको आरोप रहेको छ । सोही स्वोरोजगार कार्यक्रममा युवा छ्नोट गर्दा जिल्ली र माउलेखका स्थानीय बासिलाई सौतेनी व्यबहार गर्ने गरेको र रजातोली बासी, आफ्ना पार्टीका कार्यकर्तालाई आफन्त मानेर सम्पुर्ण सेवा सुबिधा दिने गरेको भन्दै ताला मंगलवारबाट लगाइएको ताला अझै खुल्न सकेको छैन । यता वडा अध्यक्ष पाध्यायले भने आफु कोरोना पोजेटिभ भएर होम आइसोलेशनमा बसिरहेको हुदा यो बिषयम आफुलाई कुनै आधिकारिक जानकारी नभएको बताउनु भएको छ ।