बाजुरा–जिल्लाको बडिमालिका नगरपालिका वडा न ८ मा सडरमुकाम भित्रै रहेको क्रेटर जोन एकेडेमीका प्रधानाध्यापक मिन बहादुर कार्कीले बिद्यालय मात्र बन्द गरेर मात्र कोरोना रोकथाम र नियन्त्रण गर्न नसकिने बताउनुभएको छ । बाजुरामा दिन प्रतिदिन संक्रमण दर बढ्दै गएपछि बालबालिकाहरु पनि संक्रमीत हुन सक्ने सम्भावनालाई ध्यानमा राखी हिजो मात्र जिल्ला प्रशासन कार्यालयले माघ मसान्तभर जिल्ला भित्रका बिद्यालयहरु भौतिक उपस्तिथिमा संचालन गर्न नपाउने निर्णय गरेको छ । जिल्ला प्रशासनको निर्णय पश्चात् जिल्ला स्थिति सामुदायिक बिद्यालयहरु बन्द भैसकेका छन् ।तर सडरमुकाममै रहेका निजि बिद्यालयहरु भने भौतिक उपस्थितिमा नै पठन पाठन भैरहेका छन् । सामुदायिक बिद्यालयहरु पुण रुपमा बन्द भएको अवस्थामा निजि बिद्यालयहरु भौतिक उपस्थितिमै संचालन भैरहदा एति बेला चौतर्फी निजि बिद्यालयहरुले जिल्ला प्रशासनको निर्णयलाई ब्यवास्ता गरि निर्णयको उल्लंघन गरेको भन्दै आलोचना भैरहेको छ ।
निजि बिद्यालयहरु खुला हुनु र सामुदायिक बिद्यालयहरु बन्द हुनु जिल्ला प्रशासनले कस्तो निर्णय गरेको भनी प्रश्न चिन्ह खडा गरेका छन् । निजि बिद्यालयको चौतर्फी आलोचना हुन थालेपछि प्रधानाध्यापक कार्कीले पत्रकार संग कुराकानी गर्दै सरकारले जहिले पनि कोरोना दर बढ्दै गएपछि सवैभन्दा पहिला बिद्यालय बन्द गर्नु अपरिपक्व निर्णय गर्ने गरेको र बिद्यालय मात्र बन्द गरेर कोरोना रोकाथाम र नियन्त्रण गर्न नसकिने बताउनु भएको हो । उहाँले तीन बर्ष सम्म बिगत दुई बर्ष एता कोरोनाका कारण परिक्षा नलिकन पास हुने अवस्था सिर्जना भएका कारण विद्यार्थीहरुको शैक्षिक गुणस्तर कमजोर हुदै गएको बताउनु भयो । लामो समय सम्म बिद्यालय बन्द भएर पुन संचालन भएपछि विद्यार्थीहरुको शैक्षिक स्तर सुधार गर्न फेरि निकै कठिन भैरहेको उहाँको भनाई छ । लकडाउनको समयमा विद्यार्थीहरु पढाइमा भन्दा पनि बढी ब्यस्त मोबाइलमा हुने हुदा पढाई निकै बिग्रीदै गएको र सूचना प्रबिधिका साधनहरुको दुरुपयोगमा विद्यार्थीहरु अग्रसर हुने गरेको उहाँको बुझाई छ । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा हुन नपाइने भनेर आदेश जारी गरेको छ।
तर उक्त निर्णयको कार्यान्वयन भने हुन सकेको छै बैठक गोष्ठी मेला पर्व समारोह आदि संचालन भैरहेकै छन् । बजारहरु पनि पुण रूपमा खुला नै छन् सवारी साधनमा पनि कुनै कडाई गरेको देखिन्न । मानिसहरूले सार्वजनिक स्थलमा हिड्दुल गर्दा पनि स्वास्थ मापदण्डको समेत पालना कसैले नगरेको पाइएको छ । उहाले भन्नुभयो सहर बजारका बिद्यालयमा त केही समस्या भएन त्यहाँ अनलाइन कक्षा संचालन भैरहेका छन् ।तर हाम्रो जिल्लामा अनलाइन कक्षा प्रभाकारी नै छैन सवै विद्यार्थीहरुको हातमा मोबाइल छैनन सस्तो फोनमा नेट चलदैन एउटै परिवारमा ३/ ४ जना छोराछोरी बिद्यालय पढ्छन् सवैलाई अनलाइन कलासकै लागि भनेर महङ्गो मोबाइल फोन अभिभावकले किन्न सक्दैनन् । अर्को तिर नेटको अझ त्यत्तिकै समस्या छ । त्यसैमा बाजुरा आफैमा विकट अनि दुर्गम जिल्ला हो । जिल्लामा केही एस्ता दुर्गम बस्तिहरु छन जहाँ फोन गर्न पनि रुख चड्नुपर्छ ,र डाडापाखा उक्लनुपर्ने अवस्था छ । सरकारले पनि पटकपटक विद्यार्थीको भबिस्य माथी खेलवाड गरे जस्तो देखिएको छ । यसले निक्ट भबिस्यमा समग्र देशको शैक्षिक गुणस्तरमा नै ठूलो क्षेती पुग्ने देखिएको उहाको भनाई छ ।