गजल
केही पाउने आश नगर्नुस तपाईं म अन्जानबाट।
जसोकी खुसी कहाँ किन्न सकिन्छ र दोकानबाट।
मेची बेच्यौ महाकाली बेच्यौ सगरमाथा पनि बेच्नुस।
अनि कसरी चिनाउनुहुन्छ देश लाई कुन पहिचाबाट।
हत्या हिंसा दमन शोषणले पीडितछन जनता अझै।
हामीले के पाएका छौ र यो खोक्रो संविधानबाट।
उसले आमा उठ्नुसन भनेर करायो मरिहत्या गर्यो।
मरेको मान्छे कसरी उठन सक्थ्यो र चिहानबाट।
कम्सेकम कसैलाई घिणा गर्ने पनि त सिमा हुन्छ।
सार्है मन दुख्यो तिमिले मलाई गरेको अपमानबाट।
जान त गएको छ छोरा सपना बोकेर बा भन्नुहुन्छ।
फर्किन्छ या फर्किन्न गए पछि छोरा मुग्लानबाट।
तिमी गजलले कसरी जिन्दगी चल्छ भन्छौ यार ।
मान्छेले देश त चलाई रहेका छन उखानबाट ।
सिमाना भुल्यौ सस्कार भुल्यौ सस्किर्ती भुल्यौ ।।
हामी कोहौ राष्ट्रियता केहो सिकौ राष्ट्रिय गानबाट।
मिन बहादुर खड्का
अधुरो सपना