गोबिन्द्र राज तिमिल्सेना,बाजुराः प्रकृतिलाई चारैतिर बाट हरियाली जङ्गल संगै, कहालिलाग्दा नङ्गा डाडापाखा,सेताम्य हिउँको तन्नामा सुतिरहेका लहरबद्द दन्त मिले जस्तै मिलेका हिमाल,कलकल बग्ने स– साना खहरे खोला,नौरङ्गे साडिमा उनिएकी अप्सरा जस्तैः रमाइरहेका हिमाल,बिहानी पखको सुर्यको किरणमा देखिने टलटल टल्किने लोभलाख्दा डाडापाखा,सान्त वातावरण,स्वच्छ हावापानी, पहाड भित्र लुकेको अर्को नयाँ सन्सार,बिचित्रताको खानी, सौन्दर्यका हिसाबले स्वर्ग जस्तैः लाग्ने रमाइला ठाउँ जसलाई सोन्दर्य भनेर हामी चित्रण गर्ने गर्छौ । त्यस्तै सबै सम्भावना बोकेको एक भु– स्वर्ग ,सुन्दरताको पछाडि छुट्टै कथा ब्यथा बोकेको रमणिय ठाउँ बाजुरा जिल्लाको अत्यन्तै मनमोहक,धार्मिक तथा पर्यटकिय हिसाबले बिश्वसामु प्रख्यात ‘बडिमालिका’ जुन सबै भन्दा पिछडिएको जिल्ला बाजुराको धार्मिक तथा सांस्कृतिक हिसावले धनी संगै पर्यटनको प्रचुर सम्भावना बोकेको ठाउँको रुपमा लिन सकिन्छ । धार्मिक तथा ऐतिहासिक हिसाबले मात्रै नभई पर्यटकका हिसाबले पनि प्रचुर सम्भावना बोकेको बडिमालिका क्षेत्र बाजुरा जिल्लाको एक हिरा हो । जहाँ सुन्दरताको पछाडी आफ्नो छुट्टै कथा ब्यथा बोकेको स्वर्गको टुक्रा बडिमालिका पर्यटनका हिसावले प्रचुर सम्भावना बोकेको क्षेत्र भएपनि यसको प्रचारप्रसारको कमिले गर्दा अझै आझेलमा रहेको छ । बडिमालिकाको प्राकृतिक सौन्दर्यता,त्यहाँको सम्भावनालाई सिंहदरबारसम्म पुर्याउँने मानिसहरुको कमि रहेको छ ।
नेपालको सबैभन्दा कम बिकशित प्रदेश सुदुरपश्चिम त्यसै प्रदेशका ९ वटा जिल्लाहरू मध्ये अझै कम बिकशित बाजुरा जिल्ला विकासका दृष्टिकोणले देशका ७७ जिल्ला मध्ये पिछडिएको जिल्ला हो । ९ वटै जिल्लाका पर्यटकिय क्षेत्रमध्ये आफ्नो छुट्टै नाम कमाउँन सकेको जिल्लाको गहना बडिमालिका जुन प्राकृतिक हिसाबले निकै नै धनी रहेको छ । बडिमालिकाको प्राकृतिक सौन्दर्यताको कुनै ब्याख्या बिश्लेषण गर्न सकिदैन्। बडिमालिका प्राकृतिक हिसाबले जति धनी भएपनि त्यसपछाडि बिकाशका हिसाबले त्यति नै पछाडी परेको धार्मिक तथा पर्यटकिय स्थल हो । प्राकृतिक रुपले धनी भए पनि भौगोलिक हिसाबले अगाडि रहे पनि बडिमालिकाको छुट्टै दुःख पीडा,ब्यथा अनि बिकाशका पुर्वाधारका हिसावले निकै नै पछाडि परेको क्षेत्र हो । बडिमालिकामा सुन्दरताको पछाडी त्यति नै दुःख पीडा, ब्यथा रहेको छ जसको सुनावाई अहिलेसम्म पनि हुन सकेको छैन् । बडिमालिकाको सम्भावनालाई अहिलेसम्म पनि सरकारले हेर्न सकेको छैन् जसले गर्दा बडिमालिका प्रचुर सम्भावना बोकेको क्षेत्र भएपनि राज्यको नजरबाट टाढा रहेको छ । यहाँको प्रचुर सम्भावनालाई सिंहदरबार सम्म् पुर्याउने मानिसहरुको कमि हुँदा बडिमालिका राज्यको नजरबाट टाढा पर्न गएको छ । बडिमालिका जति भौगोलिक हिसावले धनी थियो त्यति नै पर्यटन प्रर्बद्धनका हिसावले अगाडि बढेको खण्डमा बडिमालिका मात्रै नभई सिंगो बाजुरा जिल्ला सौन्दर्यताका हिसाबले उत्कृष्ट जिल्ला संगै धनी जिल्लाको रुपमा चिनिन्थ्यो ।
बाजुरा जिल्ला भौगोलिक हिसाबले निकै धनी रहेको छ । बडिमालिका जस्ता धार्मिक तथा पर्यटकिय क्षेत्रले बाजुराको महिमा बढाईरहेका छन् । २९ डिग्री १९ मिनेट उतरदेखि २९ डिग्री ५७ मिनेट उत्तरी अक्षास त्यस्तै ८१ डिग्री ९ मिनेट पुर्व देखि ८२ डिग्री ४९ मिनेट पुर्बी देशान्तरमा फैलिएको जिल्ला बाजुरा हो । पुर्बमा मुगु र कालिकोट पश्चिममा बझाङ ,उतरमा हुम्ला र दक्षिणमा अछाम कालिकोटको बिचमा रहेको बिकट जिल्ला बाजुरा त्यसकै बडिमालिका,त्रिबेणी नगरपालिकाको सिमानामा रहेको अत्यन्तै मनमोहक स्वर्गको टुक्रा बडिमालिका हो । बाजुरा २३००३७ हेक्टर क्षेत्रफलमा फैलिएको एक हिमाली जिल्ला हो । जसमा खेती योग्य जमिन २८१३५ हेक्टर रहेको छ भने खेती खेती नगरिएको जमिन ८८१३ हेक्टर जमिन रहेको छ । जिल्ला बाजुरामा चरण क्षेत्र ३८०९५ हेक्टर रहेको छ भने वन क्षेत्रः ९८६४६ हेक्टर रहेको छ,खोला नदि ताल तथा पोखरी १६४६६ हेक्टर क्षेत्रफल,भिर पहरा चट्टान ५३४६९,घर घडेरी उद्योग ४०७१ हेक्टर क्षेत्रफल र अन्यः ३३४५२ हेक्टर रहेको छ। यस्तो क्षेत्रमा रहेको बाजराको गहना भनेको बडिमालिका क्षेत्र रहेको छ । जुन नेपालकै धार्मिक तथा पर्यटकिय क्षेत्र रहेको छ । धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकाकै नामबाट यता बडिमालिका नगरपालिकाको नामाकरण समेत गरीएको छ । बडिमालिका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध रहेको छ यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको सुदूरपश्चिमको गहनाकै रूपमा बडिमालिकालाई चिनिने गरिन्छ । सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छन् भने यहाँ विशाल फाँटहरू पनि रहेका छन्। अनेकन प्रजातिका फूल फुल्ने यस जिल्लाका विभिन्न प्रजातिका बन्यजन्तु पशुपक्षि पाईन्छन् ।
भौगोलिक हिसावले धनि बडिमालिका क्षेत्र पर्यटन पर्बद्धनका हिसाबले र अन्य सेवा सुबिधाबाट भने निकै पछाडि परेको छ । बडिमालिका जति प्राकृतिक हिसाबले धनी थियो त्यति पर्यटन पर्बद्धनका हिसाबले पछाडी परेको छ । बडिमालिका क्षेत्रमा मनै लोभ्याउने दृश्य देख्न नियाल्न पाइन्छ। सुन्दर दृश्य सँगाल्दै बडिमालिकाको यात्रामा रमाउन निकै रमाइलो हुने गर्छ।बडिमालिकाका दृश्य निके हेर्न लायक रहेको छ । विभिन्न बिबिधताले भरिपुर्ण भएको यस बडिमालिका क्षेत्र देशकै भौगोलिक हिसाबले निकै धनी धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा लिन सकिन्छ । यहाँका विभिन्न प्राकृतिक सम्पदाहरुले यहाँको वातावरणलाई बढि सौन्दरता दिएका हुन्छन् ।बडिमालिका क्षेत्र एक प्रचुर सम्भावना बोकेको जिल्ला बाजुराको धार्मिक तथा पर्यटकिय क्षेत्र हो । बडिमालिका सुन्दरताको हिसाबले देशभरकै अग्र स्थानमा पर्ने धार्मिक तथा पर्यटकिय स्थल हो । बडिमालिकामा पुर्व मेची देखि पश्चिम महाकाली सम्म र बिदेशी पर्यटकहरु समेत बडिमालिका आउँने गरेका छन् । समय अनुसारको फरक वातावरण,फरक हावापानीले यहाँको सुन्दरतालाई झनै आकर्षक गरेको छ । जहाँ थुप्रै वन्यजन्तु, जडिबुटी, तथा चरनक्षेत्र र घाँसे मैदानहरू छन्।जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्र जसमा बडिमालिका, २२ पाटन,त्रिवेणी धाम त्यसै बडिमालिका संग जोडिएका पर्यटकिय स्थल हुन् । अनुपम सुन्दरताले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जिल्ला बडिमालिका पर्ने गरेको छ । प्राकृतिक हिसाबले भरिपूर्ण भएपनि त्यस क्षेत्रमा पर्यटन विकासका लागि सरकारले खासै योजना नल्याएको कारण केही पीडा र ब्यथामा बडिमालिका गुर्जिरहेको स्थानीयहरुले बताएका छन् । बडिमालिका प्रचुर सम्भावना बोकेको धार्मिक तथा पर्यटकिय क्षेत्र भएपनि यहाँको प्राकृतिक सौन्र्दयता,सम्भावनालाई सिंहदरबारसम्म पुर्याउने मानिसको कमि रहेको छ । बडिमालिका पर्यटन पर्बद्धनको पखाईमा रहेको भएपनि त्यस क्षेत्रको बारेमा वकालत गर्ने र बडिमालिकाको प्रचुर सम्भावनालाई सिंहदरबारसम्म् पुर्याउने मानिसको कमि हुँदा बडिमालिका पर्यटन पर्बद्धनको पखाईमा रहेको छ ।
समुद्री सतहबाट करिब ४ हजार २१९ मिटर उचाइमा रहेकोे बडिमालिका प्राकृतिक सौन्दर्यको खानी,स्वर्गको टुक्रा हो । बडिमालिका क्षेत्र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध तीर्थस्थल हो। यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।समभर भुभाग सेताम्य हिउँले ढाकेका हिमालहरु,अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको बडिमालिकाकालाई सुदूरपश्चिमको गहनाकै रूपमा चिनिने गरीन्छ। बडिमालिकाको सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छ। यहाँ विशाल फाँटहरू छन्। अनेकन प्रजातिका फूल फुल्छन्। बडिमालिकाले धार्मिक तथा सांस्कृतिक रूपमा पनि धनी रहेको छ । बडिमालिकामाप्रत्येक वर्ष जनैपूणिर्माको दिन ठूलो मेला लाग्ने गर्छ। यो वर्ष पनि मेला लाग्ने भएकोले बडिमालिका दर्शन गर्नको लागी जाने तिर्थयात्रीको घुँइचो रहेको छ । जिल्ला सदरमुकाममा बडिमालिका जानको लागी बाहिर जिल्लाबाट धेरै संख्यामा तिर्थयात्री आउँनुभएको छ । बडिमालिका दर्शन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वासरहेको छ। बडिमालिकामा आँखै अगाडि देखिने शैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ। बडिमालिका जैविक विविधताका तवरले पनि उत्तिकै महत्वपूर्ण छ। जहाँ थुप्रै वन्यजन्तु, जडिबुटी, तथा चरनक्षेत्र र घाँसे मैदानहरू छन्। अनुपम सुन्दरताले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बडिमालिका पर्दै गएको हो। प्राकृतिक हिसाबले भरिपूर्ण भएपनि त्यस क्षेत्रमा पर्यटन विकासका लागि सरकारले खासै वास्ता गरेको पाइदैन् जसले गर्दा पर्यटन पर्बद्धनका हिसाबले बडिमालिका राज्यको नजरबाट टाढा रहेको छ । बडिमालिका जति प्राकृतिक हिसाबले धनी छ त्यहाँको प्राकृतिक सौन्दर्यता जति सुन्दर छ त्यति नै बडिमालिकाले आफ्नो छुट्टै कथा ब्यथा बोकेको छ । बडिमालिका अझै पनि राज्यको आँखामा पर्न सकेको छैन् । राज्यले पनि बडिमालिकालाई बेवास्ता गर्दे आईरहेको छ ।
बडिमालिका देवी दक्ष प्रजातीकी छोरी श्रृष्टिका स्वामीसँग भएको विवाह पिता दक्ष प्रजाती विपरित भएको हुदा उहाँले आफ्नो यज्ञमा सम्पुर्ण देवि देविता ऋषीलााई आमन्त्रण गरेको तर सत्य देवि शिव अर्घाङ्गीनी सृष्टि कर्ता ,कैलाशपति महादेवलाईु आमन्त्रण नगरेको अपहेलना सहन नसकी सती देविले पिताको योग्य कुण्डमा हाम फालिन जसले गर्दा शिवजीको क्रोधले शति देविको मृत शरिर बोकेर संसार घुम्ने क्रममा बाजुराको मल्लीका गिरी पर्वत ९मालिका ० देविको बाँया कुम पतन भएकोले यो स्थान सती देविको शक्ति पीठका रुपमा लिइएको पाइन्छ । बडिमालिका नेपालका प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र मध्ये एक हो। बडीमालिकामा हरेक वर्ष जनैपुर्णिमाको बेलामा ठुलो मेला लाग्ने गर्छ । बडिमालिकाको दर्शन गर्नको लागी दर्शनार्तीहरुको ठुलो भिड लाग्ने गर्छ । बडिमालिकामा पुजाको लागी डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका सरकारी टोली समेत जाने गरेका छन् । बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल,मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन्। बडीमालीकाको सौन्दर्य भनेकै पाटनका रंगीविरंगी फूलहरू कुहिरोका थुम्काहरु र विशाल फाँटहरू हुन्। तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन्। यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको स्थानियको गुनासो रहेको छ । धार्मिक तथा पर्यटकिय हिसाबले बडिमालिका जति प्रख्यात भएपनि प्रचारप्रसारका हिसाबले निकै पछाडी परेको छ । यहाँको सम्भावनालाई सिंहदरबारसम्म पुर्याउने मानिसको कमि रहेको छ । जसले गर्दा बडिमालिका पछाडी पर्दे गएको छ ।
पर्यटन पर्बद्धनका हिसाबल बडिमालिका पछाडि परेको भए पनि धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणबाट प्रचारप्रसार गरेर पहिचान बनाउन यहाँका राजनीतिकदल, जनप्रतिनिधी, नेता, समाजसेवी, बुद्घिजिवी, नागरिक समाज र सचेत नागरिक सबैले हातमा हात जोडेर एक जुट भई पहलकदमीका साथ अगाडि लागीरहेका छन।प्रचुर पर्यटनको सम्भावना रहेको बडिमालिकाको पर्यटन पर्बद्धनको लागी समग्र जिल्ला बाजुराका ९ वटै स्थानिय तहहरु लागी परेका छन् भने बढीमात्रामा बडीमालिका नगरपालिका लागी परेको छ । बडिमालिकालाई राष्ट्रको आँखामा पार्न सक्ने हो भने बडिमालिका धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टीकोणले गन्तव्य स्थान बन्नेमा कुनै दुईमत छैन् । धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको श्रोत र साधनका दृष्टीकोणबाट प्रचुर सम्भावना बोकेको क्षेत्रको रुपमा लिन बडिमालिकालाई लिन सकिन्थ्यो अनकन्टार जङ्गल शोभापूर्ण वातावरण समय अनुकुल फरक मौषम परीबर्तनका कारण यहाँको प्राकृतिक सौन्दरता निकै लोभलाग्दो रहेछ ।विभिन्न बन्यजन्तु ,चराचुरुङ्गी ,खहरे खोला,झरना,डाडापाखा लगायत समथर मैदार हरियाली फाटहरुले त्यहाँका सौन्दर्यता निकै बढाएको छ।कहि उकालो ,कहि ओरालो कहि समथल भु– भाग,अग्ला होचा डाडापाखा,कहालिलाग्दा चट्टाने भिरले पनि बडिमालिकाको शोभा बढाएको छ।लहरैबद्द रहेका हिमाल,ढकमक्क फुलेका फुल,एकआपसमा पौठाजोरि खेलेर हासिरहेका हिमाल,बिहानीको सुर्यको किरणमा नाचिरहेका डाफे मुनालले पनि बडिमालिकाको सौन्र्दयता झनै बढाएका छन् ।
नेपालको उतर पश्चिमको एक अध्यारो कुनामा लुकेर रहेको यस बडिमालिकामा राम्रोसँग सरकारको नजर पनि परेको छैन् । अन्य ठाउँमा जस्तो पर्यटन पर्बद्धन यहाँ हुन सकेको छैन् ्। सर्वाधिक बिकट क्षेत्र जसमा राज्यको नजर न्यून रहेको छ । जति बडिमालिका भौगोलिक हिसाबले धनी थियो त्यति नै सबै सेवा सुबिधाबाट धनि भएको भए यहाँको सिंगो बाजुराको पहिचान शिखरमा पुग्ने थियो तर राज्न्यको जनर अझै पर्न नसक्दा बडिमालिका पछाडी नै रहेको छ । बहुमुल्य ,लोपोन्मुख जडिबुटी मधुजडी, धुपजडी, पदचाल, बायोजडी, निनाइजडी, भुतकेश जस्ता जडिबुटी र ब्रम्हकलम, जोगीफूल, टुकीफूल, बुकीफूल, सुनफूल , पाँचऔले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल , विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भुतकेश जटामसी लगायत दर्जनौं प्रजातिका जडिबुटी पनि बडिमालिकामा पाइने गरेका छन् ।बडिमालिका क्षेत्रमा पाइन पाइने ब्रम्हकमल, बुकी फूल, जाई, जुई चमेली, सुन जाई, इन्द्रकमल, सेतो गुराँस, चाँप, चिमालो लगायत एकसयभन्दा बढी प्रजातिका दुर्लभ फूलहरु पाइन्छन् ।मनोरम प्राकृतिक सुन्दरताले बडिमालिका सूदुरपश्चिमकै महत्वपुर्ण धार्मिक र सांस्कृतिक सम्पदाको रुपमा चिनिने गरेको छ । सिरसिरे हावा,रमणिय बातावरणले यहाँ घुम्न जाने पर्यटकको मन लोभ्याउने गरेको छ । बडिमालिका क्षेत्रलाई सरकारले उच्च पहलकदमीका साथ अग्र स्थानमा राखेर अगाडी बढेको खण्डमा बडिमालिकाको मात्रै नभई सिंगो बाजुराको नाम उचार्यमा राख्न सकिने सम्भावना रहेको छ तर राज्यको जनर कमै पर्ने भएकोले बडिमालिका जस्तै बाजुराका अन्य धार्मिक तथा पर्यटकिय क्षेत्र पछाडी परेका छन् ।
सरकारले बडिमालिकालाइ धार्मिक तथा पर्यटकीय क्षेत्र घोषणा गरी दिगो विकासको खाका तयार गरेको खण्डमा मात्रै बडिमालिकाको पर्यटन पर्बद्धनमा टेवा पुग्ने स्थानियहरुमा बिश्वास रहेको छ । समुन्द्री सतहदेखि ४२ सय मिटर उचाइमा रहेको बडिमालिका धाममा पुग्न बाजुराको सदरमुकाम मार्तडी हुादै जादा तीनदेखि चार दिनको पैदलयात्रा गर्नुपर्छ । हरिया र फराकिला पाटन, थुम्का र खोलाहरुको अनुपम संयोजन रहेको यो क्षेत्रमा बर्खायाममा फुलेका रंगिचंगी फुलले जो सुकैलाई आनन्दित बनाउँछ । बडिमालिका मन्दिरको दर्शन गर्नाले मागेको वरदान पाईन्छ भन्ने अगाध जनविश्वासका कारण जनै पुणिर्मामा यहाँ पुग्ने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । प्राकृतिक सुन्दरताको खानी यस क्षेत्रमा बाटोमा खाने, बस्ने होटलहरुको पर्याप्त व्यवस्था नहुदा यहाा आउनेहरु आफैले त्रिपाल, टेन्ट र खानेकुराको जोहो गरेका हुन्छन् । आवश्यक सामग्री बोक्न नसक्ने र जेष्ठ नागरिक, महिलाहरुका लागि यात्रा निकै कठिन र जोखिमपुर्ण हुने गरेको छ । बडिमालिकामा यात्रा गर्ने पथपर्दकहरुको लागी उचित ब्यबस्थापन नहुँदा यात्रीहरुले केहि समसयाहरु झेल्दै आईरहेका छन् । उचित मात्रामा खाने बस्ने लगायतको ब्यबस्था नहुँदा त्यहाँ तिर्थ यात्रा गर्ने यात्रीहरुको लागी प्रमुख समस्या रहेको छ । अन्तरराष्ट्रिय रुपमै पर्यटकीय गन्तव्य बन्न सक्ने बडिमालिका न्युनतम सेवासुविधा नहूदा धार्मिक गन्तव्यमा मात्रै सिमित हुन पुगेको छ ।नेपाल सरकारले बडिमालिकालाई नजिकैबाट नियालेको खण्डमा त्यहाँको सम्भावनालाई बिश्वसम्म पुर्याउन सकिने अबस्था रहेको छ । तर भौगोलिक बिकटता,बिकासका हिसाबले बडिमालिका पछाडी परेको हुँदा यहाँको पर्यटकिय सम्भावनालाई राज्यले नियाल्न सकेको छैन् ।
गगनचुम्बी हिमाल अनि विशाल पाखा–पखेराले बडिमालिका स्वर्ग जस्तै लाग्ने गरेको छ । बडिमालिकामा पुग्ने जतिले पनि स्वर्गमा पुगेको अनुभव गर्ने गरेका छन् । नेपालका अधिकांश जमिनले त आकाशले नै ओगटेको छ १ अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं भन्न मन लाग्छ– के नेपाल सानो छ रुयस्तै सौन्र्दयताको धनी बडिमालिका त्यहि सानो नेपालको बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकि क्षेत्र हो । जहाँ प्रचुर सम्भावना रहेको छ । पृथ्वीनारायण शाहकै पालादेखि नै लाग्दै आएको यो मेलामा सरकारीस्तरबाटै पूजा गर्ने गरिन्छ । बडिमालिकाको दर्शन गरेपछि चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ । वर्षको अधिकांश समय यहाँ हिँउ पर्छ । मेला लाग्ने समयमा हरियाली हुन्छ । रंगीचंगी फूल फुलेका हुन्छन् । लेकाली भेगमा पाउने विभिन्न जडिबुटीहरु पाइन्छन् । यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचारप्रसार र प्रवर्द्धन नपुगेको सरोकारवाला बताउँछन् । यसकारण मेलाबाहेक समय पुग्नेहरुको संख्या एकदमै कम हुने गरेको छ । भक्तजन तथा पर्यटकहरुलाई आवतजावत सहजताका लागि सोता पाटनसम्म सडक निर्माण पनि भइरहेको छ ।बडिमालिकाको पर्यटन पर्बद्धनको लागी बाजुरा जिल्लाका सबै स्थानिय तहहरु त्यतिनै लागी परेका छन् भने जिल्ला स्थित सरोकारवाला निकाय लगायत अन्यले बडिमालिकाको प्रचारप्रसारको लागी आ आफ्नो ठाउँबाट महत्वपुणृ भुमिका खेल्दै आईरहेका छन् ।
देशभरकै मानवीय सूचकांकमा पुछारमा रहेको बाजुरा धार्मिक, साँस्कृतिक, ऐतिहासिक,पर्यटकीय, जल, जमिन र जडिबुटीको श्रोत र साधनका हिसावले धनी रहेको छ । आर्थिक हिसावले पछाडि परेको भए पनि जिल्ला बाजुरा सामाजिक ,ऐतिहासि र धार्मिक हिसावले निकै अगाडि रहेको छ । जिल्ला बाजुरामा घुम्न आउने जति पनि पर्यटकहरुले जिल्लाको बारेमा राम्रो टिकाटिप्णि गरिरहेका हुन्छन्। कतिपयले बाजुरा पवित्र बडिमालिकाको भुमि,कतिपयले सुन्दरताको खानी,कतिपयले पहाड भित्र लुकेको अर्को नया पहाड भनेर भन्ने गरेका छन् । जिल्ला बाजुरामा पर्यटकियको प्रचुर सम्भावना बोकेका क्षेत्रहरुले जिल्लाको थप नाम उच्च शिरमा राख्न सफल भएका छन् । कस्तुरीको नावीमा बिना हुन्छ तर कस्तुरीले त्यसको बास्ना र आफ्नो शरीरमा भएको बिनालाई चिन्दैन भने झै बाजुराले आफुभित्र भएको श्रोत र साधनलाई पहिचान र प्रचार प्रसार गराउन नसक्दा कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं सावित भएको छ ।जिल्लामा हरेक सम्भावना भए पनि यसको प्रबर्द्धनको लागी भने केही गर्न सकेको छैन् ।जिल्लाको प्रचुर सम्भावनाको खानी बडिमालिका क्षेत्र पनि राज्यको नजरबाट टाढा रहेको छ । प्रचुर सम्भावना बोकेको बडिमालिका धार्मिक तथा ऐतिहासिक हिसाब निकै धनी भए पनि पर्यटन पर्बद्धनका हिसाबले पछाडी परेको क्षेत्र हो । बडिमालिकालाई नेपाल सरकारले संरक्षित क्षेत्र घोषणा गर्ने भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया भने अगाडी बढ्न सकेको छैन् । बडिमालिकाको पर्यटन पर्बद्धन गर्नको लागी पुर्व राष्ट्रपति बिद्यादेवि भण्डारीले बडिमालिकाको समग्र अध्ययन अनुगमन गरेर गए पनि अहिलेसम्म पनि बडिमालिकाको पर्यटन पर्बद्धन हुन सकेको छैन् । जिल्लाको एक धार्मिक तथा महत्वपुर्ण शक्तिपिठ राज्यको नजरमा पर्न नसक्दा बाजुराका स्थानियहरु निरास रहेका छन् । बडिमालिका जस्तो प्राकृतिक सौन्र्दयताले धनी क्षेत्रलाई पनि सरकारले बेवास्ता गरेको प्रति यहाँका नागरीक आक्रोसित बनेका छन्।
बडिमालिका क्षेत्रमा विभिन्न प्रजातीका फूलहरु, अच्चमका रुखविरुवा, ढुंडा, पुराना गोठहरु, चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, त्रिवेणी नदी, खेतीवेती, कर्णाली नदी, सान्नी रास्कोट, नौमाने डाँडा, लौरिविनायकले गर्दा बडिमालिका क्षेत्र निकै आर्कषित रहेको छ । जनैपुर्णिमाको बेला बडिमालिका दर्शन गर्ने दर्शनार्थीहरुको बाक्लो भिडले झनै बडिमालिकाको शोभा बढाएको हुन्छ । वरपरको सुन्दर मनोरम दृश्य,कुहिराले ढाकिएका ति डाडाँपाखा,आँखै सामुन्ने देखिने ति कहाँलिलाग्दा भिर चट्टानले पनि बडिमालिकाको शोभा बढाएका हुन्छन् । बिबिधतामा अनेकता रहेको बडिमालिका क्षेत्रमा पछिल्लो समय अन्य समयमा पनि घुम्न जानेको संख्या थपिदै गएको छ । बडिमालिकाको प्राकृतिक सौन्र्दयता संग मन्त्रमुग्ध हुनको लागी त्यहाँ अनेकौ मात्रामा पर्यटकहरु घुम्न जाने गरेका छन् । बडिमालिकाको यात्रामा जतिपनि पर्यटकहरु रमाउँने गरेका छन् । प्रकुतिको बरदानको रुपमा रहेको बडिमालिका बाजुरा जिल्लाको एक ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थल हो । जसले समग्र बाजुरा जिल्लाको पहिचान झल्काउन सहयोग गरेको छ ।बडिमालिका क्षेत्र सरकारको नजरबाट टाढा रहदै आएको भए पनि अहिले बाजुराका जनताले बडिमालिकाको पर्यटन पर्बद्धन हुने आशा मनमा लिएका छन् । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री ब्रदी प्रशाद पाण्डे रहेकोले उहाँले बडिमालिकाको पर्यटन पर्बद्धनको लागी महत्वपुर्ण भुमिका खेल्ने जिल्लाबासीहरुले आशा लिएका छन् । ‘बडिमालिका संरक्षित क्षेत्र’पर्यटन मन्त्री पाण्डेकै पालामा सम्भव रहेकोले यहाँका नागरीक आशाबदी रहेका छन् । पर्यटन मन्त्री पाण्डेले गृह जिल्ला बाजुराको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकाको बारेमा ठुलो भुमिका खेल्ने बाजुराका नागरीकको आशा रहेको छ ।
कसरी पुग्न सकिन्छ वडीमालिका
प्राकृतिक हिसाबले बडिमालिका सु सम्पन्न भए पनि बिकाशका गतिबिधले भने निकै पछाडी रहेको छ । यातायात र अन्य सुविधाको अभावका कारण बडिमालिका यात्रा गर्न निकै नै असजिलो गन्तव्य रहेको छ ।। धनगढीबाट अछामको साँफेबगर हुँदै जिल्लाको सदरमुकाम मार्तडी सम्म गाडीको सुविधा छ । त्यहाँबाट पैदलयात्रा मार्फत बडिमालिका पुग्न सकिन्छ ।पैदल यात्रा नगरेर हवाईजहाजबाट जाने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टीमा पुग्न सकिन्छ । कोल्टीबाट जिल्ला सदरमुकाम मार्तडी अर्थात पोरखेगढीबाट दुई तिन दिनको पैदल यात्रा पछि बडिमालिका मालिका पुगिन्छ ।
बडिमालिका समुन्द्री सतहबाट ४२०० सयको उचाईमा रहेकोले यहाँ अत्यात्रिक चिसो हुने हुनाले यहाँ पुग्न कठिन रहेको छ । स्लिपिङ ब्याग, पञ्जा, बाक्ला लुगाहरु र ड्राईफुडसहितको भारी बोकेर बडिमालिका जानको लागी झनै समस्या रहेको छ ।पर्यटकीय गन्तव्यहरुको धनी सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृतिको धनी पर्यटकीय गन्तव्यको खोजीमो स्वदेशी तथा विदेशी पर्यटकहरु लामो र्पैदल यात्रा गरेर बडिमालिका पुग्ने गरेका छन्। जिल्ला सदरमुकामबाट पैदल यात्रा गरेर दुई दिनमा बडिमालिका पुग्न सकिन्छ ।सिमसिमे पानीमा रुझ्दै भिज्दै,नाक सामुन्ने पुग्नेउकालो भिरहरु कटाउँदै बडिमालिकाको यात्रा गर्नुपर्ने हुन्छ ।
लामो यात्रामा भएकाले काठमाडौंबाट हवाई मार्ग प्रयोग गरी धनगढी जानु उपयुक्त हुन्छ । धनगढीबाट ५ घन्टा सडक यात्रापछि डडेल्धुरामा पहिलो दिनको यात्रा पूरा हुन्छ ।त्यस भन्दा पछाडी डडेल्धुराबाट डोटीको दिपायल, सिलगढी, अछामको साँफेबगर, बाजुराको मौरिया हुँदै मार्तडी पुग्न सकिन्छ । यहाँसम्म सडक यातायातको सुविधा रहेको छ । त्यसपछि मार्तडी बाट पदयात्रा सुरु हुन्छ । जिल्ला सदरमुकाम मार्तडी बाट उकालो यात्रा र हिमाली उचाइतिर लागिन्छ । करलीचौरबाट बुढीगंगाको शिर भाग रक्तकुन्ड र दुधकुन्डको संगम त्रिवेणी पुगिन्छ । ३ हजार १३२ मिटरको देउराली छौपाटन, पारिपाटन हुँदै सोटापाटन पुगिन्छ । सोटापाटन ३ हजार ४०३ मिटरमा रहेको छ । फूलैफूलले ढाकेको पाटन हो यो । त्यसपछि ३ हजार ६ सय ३९ मिटर उचाइमा रहेको घोडापाटन, वीरबसौना हुँदैै ३ हजार ३ सय ६७ मिटर उचाइमा रहेको भित्ताछैना स्थान आइपुग्छ । यहाँबाट केही समयको पैदल यात्रापछि ३ हजार ८ सय ७० मिटर उचाइमा रहेको कालिकोट र बाजुरा जिल्लालाई जोड्ने त्रिवेणी पाटनमा पुगिन्छ ।त्यसपछाडी काला पहाड र बादलको लुकामारी छिचोल्दै यात्रा अगाडि बढ्छ । केहि समयको यात्रा पछाडी स्वर्गको टुक्रा बडिमालिकामा पुग्न सकिन्छ ।
कस्तो छ बडिमालिकाको प्राकृतिक सौन्दर्यता
बडिमालिकाको प्राकृतिक सौन्दर्यता निकै नै हेर्न लायकको रहेको छ । आँखै सामुन्ने वरपर देखिने हिमालहरु,सिरसिरे हावामा बादलसंग लुकामारी खेलिरहेका हिमालहरु,लहरैबद्ध रहेका कुहिरोको घुम्टोमा सजिएका ति डाडाँपाखा,कहाँलिलाग्दा भिरपाखाले बडिमालिकाको प्राकृतिक सौन्र्दयता सजाईरहेका हुन्छन् । बडिमालिकामा रहेका २२ वटा समथर फाँट, बगैचामा झै फुलेका रंंगीचंगी फूल, त्रिवेणी, विष्णुपानी, खेतीबेती, लौरी विनायक, धर्मद्धार क्षेत्रले बडिमालिकाको प्राकृतिक सौन्र्दयता लोभ्याईरहेका हुन्छन् । । हिमपात हुने बेला त्रिवेणी पाटनमा हिउँचिप्लेटी ९आइस स्केटिङ० को सम्भावना रहेको,दुर्लभ बन्यजन्तु र सयौं प्रजातिका जडिबुटी यहाँ पाइन हुँदा यहाँको प्राकृतिक सौन्दर्यता निकै हेर्न लायकको रहेको छ । पछिल्लो समय छाडा चरिचरन, मनपरी जडिबुटी संकलन र गैरकानुनी चोरीसिकार बढ्दै गएकाले यहाँको जैविक विविधतामा मासिदैँ गएको बाजुराका जानकारहरुले बताउने गरेका छन् । चैतदेखि भदौं महिनासम्म बडिमालिकाको त्रिवेणी क्षेत्रमा बाजुरा र कालीकोटका स्थानीयले भेडाच्याङ्ग्रा, घोडा खच्चड र भैंसीलगायतका बस्तुभाउ छाड्ने गरेका छन । जडीबुटी पाउने सिजनमा संकलन गर्नेर्हरूको पनि उस्तै भिड लाग्ने हुँदा पछिल्लो समय यहाँको प्राकृतिक सौन्दर्यतामा आँच आउँन पुगेको छ ।
बडिमालिका माईको पुजा
बडिमालिका क्षेत्र बाजुरा जिल्लाको मात्रै नभई नेपालको धार्मिक तथा पर्यटकिय क्षेत्र मध्ये एक हो । बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पुजारीहरूले पूजा गर्छन्। यी मध्ये १ जना कालिकोटबाट जान्छन् भने अर्को १ जना बाजुराका पूजारी छन्। पुजा अर्चना संगै विहान हवम शुरु हुन्छ । जौ, तिल, घ्यू , तेल , विधी विधान र मन्त्रबाट हवम कुन्डमा होम भई टिका , तिलक , प्रसाद स्वरुप देविलाई चढाई सम्पुर्ण भतmजन दर्शनार्थीलाई दिइन्छ । देवीको मुल पुजामा पुजारी पैमा निवासी तिमिल्सीना वंसका वा्रहमण बस्छन । र वख्र्याल पुजारी होम कुन्ड तथा त्रिवेणी धाममा बस्दछन् । बडिमालिका माताको पुजा पछी तिर्थयात्री , नाटेश्वरी फर्कन्छन् र पुजा गर्दछन् । डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देविको सरकारी पूजा सम्पन्न हुन्छ।प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास भक्तजनहरुमा छ। बडिमालिका माईको पुजा आरधनाको लागी देशभरका बिभिन्न जिल्लाहरुमा भक्तजनहरु आउँने गर्छन् । बिहानै उठेर चिसो पानीले नुहाएर बडिमालका मन्दिरमा प्रस्थान गर्ने गरीन्छ अनि पुजारीले पुजा लगाउँन सुरु गरीसके पछि मन्दिर परिसरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्छ । बडिमालिका माताको पुजा गरेपछि सबै प्रकारका पाप नष्ट हुने धार्मिक बिश्वास रहेकोले सबै भक्तजनहरुले बडिमालिकाको पुजा आरधना गर्ने गर्छन् र घरपरिवारको सुख शान्तिको लागी शुद्ध मनले बडिमालिका माईको नाप जप्ने गर्छन् ।
बडिमालिका क्षेत्रको पर्यटन पर्बद्धनमा सरकारको भुमिका
बडिमालिका क्षेत्रको पर्यटन पर्बद्धनको लागी भने सरकारले खासै चासो दिएको पाइदैन् । बडिमालिका धार्मिक तथा प्राकृतिक हिसाबले भनी भए पनि राज्यको आँखामा भने अझै पर्न सकेको छैन् । नेपाल सरकारले बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्र बनाउने निति लिर्ए पनि अझै कार्यान्वयन भने हुन सकेको छैन् । सरकारले मालिका क्षेत्रको विकास र पूर्वाधार निर्माणमा पहल गर्ने हो भने यहाँको सम्भावनालाई बिश्वसम्म चिनाउन सकिने प्रचुर सम्भावना रहेको छ । भौगोलिक विकटता र विकासको गतिमा पछाडी परेको यो क्षेत्रलाइ सरकारी गैरसरकारी निकाय बाट नेपाल सरकारको पर्यटन बोर्ड स्थानिय निकायको पहलमा अगाडी बढाई बडीमालिकाको पर्यटन पर्बद्धनको पछाडी लाग्ने हो भने बडिमालिकालाई संसारसम्म चिनाउन सकिने स्थानियहरुको बुझाई रहेको छ । बडिमालिका जति पनि धार्मिक तथा प्राकृतिक सौन्र्दयताले भरिपुर्ण भए पनि यहाँको सम्भावनालाई सिंहदरबारसम्म पुर्याउने मानिसहरुको कमि हुँदा बडीमालिकाको पर्यटन पर्बद्धन हुन सकेको छैन् । यदि नेपाल सरकारले बाजुराको बडिमालिकालाई उच्च प्राथामिकतामा राखेर बडिमालिकामा बाह्रै महिना पर्यटनको आगमन लगायत खान,बस्न तथा पर्यटनको पर्बद्धन गरी अगाडी बढेको खण्डमा बडिमालिका मात्रै नभई सिंगो बाजुराको पहिचान बनाउँन सकिने सरोकारवालाको भनार्य रहेको छ ।
लेखकः गोबिन्द्र राज तिमिल्सेना- उहाँ बिगत ३ बर्ष देखि पत्रकारीता पेशामा आबद्ध हुनुहुन्छ