
बाजुरा– नेपाली काँँग्रेस प्रदेश (ख) को दोस्रो सनिबार बसेको बैठक सम्पन्न भएकाे छ । नेपाली काँँग्रेस प्रदेश (ख) सभापति रंगबहादुर खाती अध्यक्षमातामा बैठक सम्पन्न भएकाे हाे । बैठकले सभापति रङ्ग बहादुर खाती संयोजक रहने गरी १५ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ । प्रदेश (ख) का पार्टी सभापति सहित ८ जना पदाधिकारी र अन्य ७ जना सदस्य रहने गरी समिति गठन गिरएकाे नपाली कांग्रेस पार्टी कार्यालय सचिव टेक बहादुर राेकायाले जानकारी दिए । उहाँँका अनुसार नेपाली काँँग्रेस प्रदेश (ख) को कार्य सम्पादन समितिमा देवबहादुर रोकाया, सुरत शाह, हर्कबहादुर रावत, मंगल सेराला रहेका छन ।बैठकले चन्द्रबहादुर रावत, हिरेन्द्र रोकाया र अमृता सिंह समेत समितिमा रहेका छन । सभापति खातीको अध्यक्षतामा नेपाली काँग्रेस बाजुरा पार्टी कार्यालय विपी स्मृति भबनमा बैठक बसेको थियाे । साथै बैठकले काेषाअध्यक्षमा जनक बहादुर राेकायालाइ मनाेनित गरेकाे छ ।











