
बाजुरा– आफ्नो कार्यकालमा वडा बासीहरुले आफुलाई बिकासका नाममा कुनै पनि गुनासो गर्ने ठाँउ नभएको बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकास रावलले दावी गरेका छन् । आफु वडा अध्यक्षमा बिजयी भएर जनप्रतिनिधीको रुपमा काम गर्दै जाँदा आफुले प्रत्यक टोलहरुमा पानी, बिजुली, सडक, गोरेटो बाटो, मठमन्दिर लगायतका क्षेत्रमा आफुले पुरै विवेक प्रयोग गरेर बिकास गरेको बताएका छन ।

आइतबार बडीमालिका नगरपालिका वडा नं. ८ मा एक घर एक धारा अभियान अन्तर्गत बिशिष्ट अतिथीको आसनबाट आफ्नोे मन्तब्य राख्दै आफुले ५ बर्षको कार्यकालमा बाजुरा जिल्लाका सबै वडाहरु मध्य आफ्नो वडाले बिकासमा ९५ प्रतिशत फटको मारेको बताएका हुन । काम गर्न बिश्वास दिएर जनताले पठाइ सके पछि समुदायको समस्या प्रति चिन्तन हुनु पर्छ आफुले वडा नं. ८ का बिभिन्न संरचना निर्माण गर्दा नगरपालिकामा आउने बजेट बराबर बजेट भित्र्याएर वडाको बिकासमा गतिशिलता ल्याएको पनि उनले बताएका थिए ।

सदरमुकाम मार्तडीमा रहेको वडा नं. ८ मा एक घर एक धारा सम्पन्न भएको छ । वडा नं. ८ का ४२ घर धुरीमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । सुरक्षित खानेपानी स्वच्छ समुदाय भनने मुल नारा बोकेको बडीमालिका नगरपालिका वडा नं. ८ ले ४२ घर धुरीमा एक घर एक धारा अभियान सम्पन्न गरेको छ ।

बडीमालिका नगरपालिका र युनिसेफ नेपालको आर्थिक सहयोगमा एक घर एक धारा अभियान सम्पन्न भएको हो । नगरपालिकाको चैडिलका ११ घर परिवारलाई एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ । बनाली खानेपानी उपभोक्ता समिति र कसडी खानेपानी उपभोक्ता समितिको आयोजनामा वडा नं. ८ को चैडिल स्थित रावलबाडामा एक घर एक धारा सम्पन्न भएको उपलक्षम आइतबार एक कार्यक्रमका साथ रिवन काटेर उद्घाटन गरिएको छ । त्यस्तै बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले धारामा पानी पिएर उद्घाटन गरेका थिए । बडीमालिका नगरपालिकाका उपमेयर कबिताबिष्ट र वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले धारामा रिवन ककाटेर उद्घाटन गरेका हुन ।

धारा उद्घाटन कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष वीर बहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको हो । बडीमालिका नगरपालिकाकी उपमेयर कविता बिष्ट प्रमुख अतिथी रहेको सो कार्यक्रमको बिशिष्ट अतिथी वडा नंं ८ का वडा अध्यक्ष प्रकाश रावल र त्रिवेणी बचततथा ऋण सहकारी संस्था लि.का अध्यक्ष एबम् बुद्विजीवी अशोक रावल रहनु भएको थियो ।

कार्यक्रममा जिल्लाका बिभिन्न संचार माद्याममा कार्यरत कर्मचारीहरुको पनि उपस्थिति रहको थियो कार्यक्रम वडा नं. ८ को चैडीलमा भएको हो । धारा उद्घाटन कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले कुनै पनि संरचना निर्माण गर्नु मात्र ठुलो कुरा नभएर त्यसको दिगो टिकाउका लागि संरक्षण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।











