युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
559 पटक पढिएको

बाजुरा , सावित्री रोकाया : बडिमालिका नगरपालिकाको सभा हलमा आयोजित मोबाईल पत्रकारिता (Mojo) तालिम आज सम्पन्न भएको छ। असार ११ गतेदेखि १३ गतेसम्म उक्त तालिममा जिल्ला स्थित विभिन्न संञ्चार माध्यममा कार्यरत २५ जना भन्दा बढि पत्रकार लाभान्वित भएका छन्।

नेपाल पत्रकार महासंघ बाजुराको आयोजना तथा बडिमालिका नगरपालिकाको सहयोगमा मोबाइल पत्रकारिता सम्बन्धि उक्त तालिममा सहभागीहरूलाई मोबाइल प्रयोग गरेर समाचार संकलन, सम्पादन, तथा प्रसारण गर्ने सीप प्रदान गरिएको र तालिममा पत्रकारिता क्षेत्रमा रुचि राख्ने नयाँ तथा क्रियाशील युवा, विद्यार्थी तथा संचारकर्मीहरूको उत्साहजनक सहभागिता रहनुका साथै यस तालिमले पत्रकारको क्षमता वृद्धि गर्न सहज हुने तालिम प्रशिक्षक भिषण राईले बताएका छन्।

महासंघका अध्यक्ष पदम बहादुर सिंहले तालिममा सहभागीहरूले आफुले सिकेका कुरा र सीपलाई समुदायमा सहि सूचना प्रवाह, सामाजमा घट्ने विभिन्न घटनालाई उजागर गर्ने तथा नागरिकको क्षमतामा सकारात्मक परिवर्तन ल्याउन प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

आज एक औपचारिक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघका बाजुराका अध्यक्ष पदम बहादुर सिंहको अध्यक्षतामा संञ्चालन भएको तालिमको समापन कार्यक्रममा बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै कार्यक्रममा बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली, प्रशिक्षक भिषण राई , प्रेस युनियन बाजुराकी अध्यक्ष संगिता तिमिल्सेना, प्रेस चौतारी बाजुराका अध्यक्ष लक्ष्मिराज पाध्याय लगायतको पत्रकारको सहभागिता रहेको थियो भने कार्यक्रमको संञ्चालन नेपाल पत्रकार महासंघका सचिव प्रेम रौलेले गरेका थिए। सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै आयोजक संस्थाले यस्ता तालिमले स्थानीय पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!