
धनगढी – कञ्चनपुरमा विवाहको दाइजो बोकेको जीप दुर्घना हुँदा तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार राति जिल्लाको पुनर्वास नगरपालिका–११ मा बेलौरीबाट मसुरीयातर्फ जाँदै गरेको सुपप्र ०१००१ च २९२६ नम्बरको पिकअप जीप दुर्घटना भएको बताइएको छ।
जीप आफै अनियन्त्रित भई पल्टिन गएको प्रहरीले बताए । दुर्घटनामा कैलालीको कैलारी गाउँपालिका १ का ४० वर्षीय धनिराम चौधरी, ४२ वर्षीय रामलाल चौधरी र ४६ वर्षीय भर्खरे चौधरी घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।











