काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।
पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।बैठकमा विशेषगरी म्याद सकिएका कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुनेछ । यस्तै, आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुनेछ ।
कार्यसम्पादन समितिको बैठक गएको माघ २८ गतेदेखि जारी छ । यसअघि, गएको आइतबार बसेको बैठक आज पुनः बस्ने गरी सकिएको थियो । उक्त बैठकमा नेताहरूले विभिन्न विषयमा आफ्ना धारणा राख्नुभएको थियो।