![]()
काठमाडौं– छोरीलाई जर्बजस्ती करणी गरी फरार भएका बुवा १५ वर्षपछि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी– १३ ठुलोसिरुवारीका ४३ वर्षीय विनोद दुलाललाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०६३ वैशाख १९ मा दुलालले नाबलिका छोरीलाई सल्लाघारी जंगलमा जबरजस्ती करणी गरेका थिए तर आवश्यक कानुनी प्रक्रिया सुरु हुनु अघिदेखि यी आरोपित फरार थिए। उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए।











