बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा महिला बिकास मञ्च (Girl First Fund) ( GFF) द्वारा हिंसा पीडित बालबालिकालाई राहत सामग्री बितरण गरिएको छ । आइतबार गाउँपालिकाको कार्यालयमै पुगेर उक्त राहत सामाग्री बितरण गरिएको हो । गाउँपालिकाका सामाजिक परिचालक देव बहादुर सेरालाका अनुसार राहात सामाग्री अन्तर्गत वडा न . ३,४,५,६, र सातका प्रत्येक वडाका ३ जना गरि १५ जना हिंसा पीडित बालबालिकालाई राहत सामाग्री बितरण गरिएको बताइएको छ । राहात सामग्री अन्तर्गत एक झोला,एक पिस स्कुल ड्रेस ,एक छाता , लगायत स्तेनरी सामाग्री गरि प्रती व्यक्ति करिव रु २५०० बरावको राहत सामाग्री गाउँपालिकाका अध्यक्ष नर बहादुर रावत द्वारा हिंसा पीडित बालबालिकालाई सामाग्री हस्तान्तरण गरिएको सामाजिक परिचालक देव बहादुर सेरालाले जानकारी दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नर बहादुर रावत,वडा न. ५ का वडा अध्यक्ष हर्क बहादुर रावत, मष्टेसोरी माध्यामिक बिद्यालयका प्रधानाध्यापक मंगल् बहादुर धामी गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी लगायतको सहभागीता रहेको थियो । विभिन्न समय गाउँपालिका भित्रका बालबालिकाहरुमा आइपर्ने जोखिमलाई मध्यनजर गरि बालबालिकाको अभिभावकत्वको जिम्मेवार निर्वाह गर्दै आएको बताउदै गाउँपालिकाका अध्यक्ष नर बहादुर रावतले राहत सामाग्री सहयोग गर्ने सहयोगी सस्था महिला बिकास मञ्च बाजुरालाई धन्यवाद समेत दिनुभयो । हिंसा पीडित बालबालिकाहरुलाई गरिएको राहत सामाग्रीहरुले बालबालिकाको पढाईमा थप सहयोग पुग्ने बिश्वास समेत व्यक्त गर्नुभएको छ । साथै अध्यक्ष रावतले महिला बिकास मञ्च लागु भैसकेपछि गाउँपालिकामा उच्च दरमा रहेको बालविवाह न्यूनीकरणमा पनि विशेष सहयोग पुगेको र विभिन्न समयमा बालबालिका संग सम्बन्धित समस्या समाधान, बालबालिकाहरुको क्षमता अभिबृद्धी गर्न सक्रिय भुमिका निर्वाह गर्दै आइरहेको समेत बताउनु भएको छ ।