
बाजुरा-जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा न. ६ मा रहेको श्रि जाल्पा माध्यामिक बिद्यालयमा कक्षा १० मा अध्यनरत बिद्यार्थीहरु बिद्यालयमा टिउसन पढाउने शिक्षक नभएपछी टिउसन पढ्न जिल्ला सदरमुकाम मातडी आउन बाध्य भएका छन् । माध्यामिक तह परिक्ष एसईई नजिकिएपछी बिद्यालयमा नियमित पढाई नभएपछी र भएका शिक्षकहरुलाई पनि टिउसन नपढाउने भएपछी बिद्यार्थीहरु सडरमुकाम आउनबाध्य भएका हुन् । पटक–पटक बिद्यालयमा शिक्षकहरुलाई टिउसन कक्षा पढाउन अनुरोध गर्दापनि शिक्षकहरुले चासो नदेखाएको बिद्यार्थीहरुको गुनासो रहेको छ । एसईई नजिकिदै जाँदा कोर्षहरु पढाइ नभएको हुदा परिक्षा कसरि दिने भनेर बिद्याथीहरु चिन्तित छन् । बिद्यालय प्रशासनको भने यसमा चरम लापरवाही देखिएको छ ।
शिक्षकहरुले बिद्यालयमा नियमित पठन पाठनमा लापरवाही गरिहेको भएतापनि यता बिद्यालय व्यवस्थापन समिति र शिक्षक संघ भने मौन बसेको बिद्यार्थीहरुले बताएका छन् । परिक्षा नजिकिदै गर्दा शिक्षकहरु सवै आफ्–आफ्नै धुनमा हिड्ने गरेको र बिद्यार्थीहरुको पढाइलाई बेवास्ता गरेको बिद्यार्थीहरुको बुझाई रहेको छ । बिद्यार्थीहरुका अनुसार सो बिद्यालयमा नियमित पठन पाठन समेत समेत नहुने गरेको बताइएको छ । शिक्षकहरु घर्मै बसेर आयोगको तयारी गर्न व्यष्त रहेको बिद्यार्थीहरुको आरोप छ ।सो बिद्यालयमा कक्षा १० मा अध्यनरत बिद्याथी बिरेन्द्र बिष्टले भने शिक्षकलाई बिद्यालय किन नआउनु भएको हो भनेर मैले सोध्दा आयोगको तयारी गरिहेको छु समय छैन भन्नु भयो । परिक्षा नजिकिदै छ । कोर्षहरु अझै धेरै पढाउन बाँकी छ । शिक्षकहरु बिद्यालय आउदैनन् । सामाजिक, बिज्ञान, गणित, पढाई भएको छैन । कक्षा दशमा अध्यनरत बिद्यार्थीहरुका अनुसानर सामाजिकको एक एकाई सम्म,बिज्ञानको एकाई दुई सम्म, तयसै गरी गणित एकाई ११ सम्म मात्र पढाई भएको छ । यदि उतै टिउसन पढाएको भए हामी यहाँ आउने थिएनौँ कक्षा १० मा अध्यनरत अधिकांस बिद्यार्थीहरु मार्तडी आइसकेका छौ । केही साथिहरु मात्र बाँकी छन्। सवैले जिल्ला सडरमुकाममै आएर पढ्न सक्ने अवस्था छैन । यहाँ हजार देखी १५ सय कोठा भाडा माध तिर्नु परेको छ । फेरी खान बस्न अलगै छ । कोही साथिहरु घरमा आर्थिक अवस्था कमजोर् भएका साथिहरुले टिउसन पढ्न आउन सकेका छैनन् ।
बिद्याथीहरुले राखेका मागहरुलाई बिद्यालयका शिक्षकहरुले सजिलै ग्रहण गर्नुको सट्टा उल्टै होच्याउने तरिकाले शिक्षकहरु अभिव्यक्ति दिने गरेको बिद्यार्थीहरुको गुनासो रहेको छ । एक बिद्यार्थीहरु भन्छन् हामिले शिक्षकहरुलाई केही कुरा गरेपनि तिमिहरु धेरै जान्ने भएका छौँ भन्ने गर्छन् । अनि त्यो भन्दा पछी हामी केही बोल्दनौँ हाम्रो भनेको कुरा शिक्षकहरु सुन्नुनै हुन्न अनि के बोल्नु ।स्थानियका अनुसार सो बिद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई आफ्नै ठाउँमा बिद्यालय हुँदापनि बाहिरको बिद्यालय पढ्न पठाउने तर सर्वसाधारणका छोराछोरीहरुको पढाई प्रती खेलवाड गर्ने गरेको पाइएको छ । आफ्ना छोराछोरीहरुको उज्ज्वल भबिस्य निर्माणका लागि बाहिरको बिद्यालय पठाउने शिक्षकहरुले स्थानीयका छोराछोरीहरुको उज्ज्वल भबिस्य प्रति खेलाची गर्दै आएको स्थानीयको आरोप रहेको छ । यो बिषयमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बिष्टलाई सोध्दा उहाँले सवै बिषयको शिक्षकहरु बिदालयमै रहेकोर पढाई पनि भइरहेको तर बिज्ञान र गणित पढाउने शिक्षक बाहिर गएको हुदा पढाई नभएको बताउनु भयो । साथै उहाँले बिद्यार्थीहरुले कुनैपनि समास्या नबताएको पनि बताउनु भएकाे छ । उहाँले भन्नुभयो बिद्यार्थीहरुले समस्याहरु शिक्षकलाई भनेको हुन सक्छ । तर शिक्षकहरुले पनि बिद्यार्थीहरुको गुनासो आएको छ भनेर मलाई भनेको छैनन् । यो बिषयमा यता बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र नाथलाई सोध्दा माघको महिना कोरोनाका कारण बिद्यालय वन्द भएका कारण पढाई नभएको र दिउँसो बिद्यालय पढाई भइरहेको बताउनु भयो। बिहान बेलुका भने शिक्षकहरुले समय दिन नसक्ने भनेपछी टिउसन कक्षा संचालन गर्न नसकेको उहाँको भनाई रहेको छ ।











