युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
330 पटक पढिएको

बाजुरा–जिल्लाको बडिमालिका नगरपालिका वडा न ८ रापकमान गरपालिकाको आयोजनामा धामी झाक्री र पुरोहित हरु संग एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।बडिमालिका नगरपालिकाले नगरपालिका भित्रका प्रत्येक वडामा अनुगमन गरेको थियो । नगरपालिकाले पुरै नगरपालिकालाई छाउपडी गोठमुक्त पालिका बनाउने रणनीति अगाडि सारेको छ । समयसमयमा नगरपालिकाले आफ्नै आयोजनामा छाउपडी पर्था सम्बन्धि तालीम, गोष्ठी,जस्ता अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आइरहेको छ । यो अभियानमा नगर उपप्रमुख आफै सक्रिय भुमिका निर्वाह गर्दै आइराख्नु भएको छ । नगरउपप्रमुख बिष्ट पालिकका प्रत्येक वडाम आफै पुगेर सर्वसाधारणहरु संग अन्तरक्रिया गर्नुका साथै यो सम्बन्धि जनचेतना फैलाउदै परमपरागत सोच बिचार भएका नगरवासिहरुलाई सुझाउदै आइरहेकी छन् ।

सोही अन्तरगत नगरउपप्रमुख कविता बिष्टको नेतृत्वमा प्रत्येक वडामा छाउपडीको अवस्था बारे अनुगमन गरिएको थियो । अनुगमनमा नगरपालिकाका २ वटा वडाका केही बस्तीहरुमा महिलाहरु महिनावारी हुदा अझै पनि महिनावारी हुदा महिलाहरु असुरक्षित ठाउँमा बस्दै आएको पाइएको थियो । नगरपालिकाले छाउपडी गोठ मुक्त गर्न अभियान नै संचालन गर्दै आएको भएतापनि अझै यस्तो अवस्था भेटिएपछि पुनः जनचेतनाकाे अभाव रहेकाे महसुस गर्दै कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । नगरउपप्रमुख कबिता बिष्टका अनुसार सोही दुई वटा वडाहरुलाई ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा छाउपडी गोठमुक घोषणा गर्ने तयारी रहेको बताएको छ । दुई वटा वडाहरुलाई छाउपडी गोठ मुक्त घोषणा गर्ने तयारी रहेको हुदा अझै महिनावारी हुदा असुरक्षित रुपमा बस्दै आइरहेको बस्तीमा पुनः एक दिने अन्तरक्रिया कार्यक्रम गरेर मात्र छाउपडी गोठ मुक्त घोषणा गर्ने निर्णय नगरपालिकाले गरेकोले आज वडा न . ८ रापकमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि समपन्न भएको नगर उपप्रमुख बिष्टले जानकारी दिनुभयो । साथै उहाँले त्यहाँका किशोरीहरुलाई स्यानेटरी प्याड निर्माण सम्बन्धि एक दिने प्रशिक्षण समेत गरिएको बताउनु भयो ।

Open photo

धामी झाक्री र पुरोहितहरुलाई एक दिने अन्तरक्रिया संगै किशोरीहरुलाई स्यानेटरी प्याड निर्माण बारे गरिएको पशिक्षण कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो । औपचारिक कार्यक्रम बडिमालिका नगरपालिका वडा न . ८ का वडा अध्यक्ष प्रकाश रावलको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती, नगर उपप्रमुख कविता बिष्ट रहनुभएको थियो । कार्यक्रममा बिशिस्ट अथिती बडिमालिका नगरपालिका वडा न . ८ का वडा सदस्य नर एडी रहनुभएको थियो । । विभिन्न गैर सरकारी सघ सस्थाका कर्मचारी , प्रहरी पत्रकार , स्थानीय, किशोरीहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिष्टले नगरपालिकालाई नै छाउपडी गोठमुक्त नगरपालिका बनाउने अभियानमा जुटिरहेको हुदा सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो । साथै उहाँले महिनावारी प्राकुतिक नियम भएको बताउदै महिनावारी हुदा अन्धबिश्वासको भरमा परेर अहिलेको एक्काइसौँ सताव्दिमा पनि महिला दिदिबहिनिहरुलाई बिभेद गर्न नहुने प्रष्ट पार्नुभएको हो । स्थानियहरुलाई छाउपडी पर्थाको असर र यसले समाजमा पारेको नकरात्मक असर र समस्याको बारेमा पनि अवगत गराउनु भएको हो । अवका दिनहरुमा छाउपडीका नाममा कुनै पनि प्रकारका समस्या भोग्नु नपर्ने बिश्वास कार्यक्रममा व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष प्रकाश रावलले यो कुपर्था परम्परा देखि नै सामाजिक समस्याका रुपमा रहदै आएको हुदा सवैले यसको अन्त्य गर्ने कुरामा एकिबद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो । सामाजिक समस्याहरुले पनि समाजको बिकासमा समेत अवरोध सिर्जना गर्ने बताउदै यस्ता कुप्रथाहरु अझै रहिराद्यने हो भने समाजको बिकास प्क्रियाले समेत गतिसिलता नपाउने पनि बताउनु भयो । साथै उहाँले यो कुप्रर्थाको अन्त्यको लागि आफु वडाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट लागि परेको र आगामि दिनमा पनि यस्ता समस्याहरुको अन्त्य गर्नका लागि सधै लागिपर्ने बताउन्ु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!