
धनगढी-कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका वडा नं २ की १५ वर्षीया किशोरी खेमा खड्का रहेकी छन्र । उनकाे गोदावरीको ‘भाइरल’ पुलमुनिको तलाउमा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको बताइएकाे छ । मृतर्क खड्रका संग अरु ६ जना साथीहरु पनि त्यहाँ गएका थिए। तर, उनीहरु भने सकुशल छन्। उनीहरुसँग सोधपुछ भैरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। यता, आफन्तले भने यो हत्या भएको बताएका छन्। किशोरीको हत्या भएको हुनसक्ने उनका आफन्तहरुको आशंका छ।
यस्तै अहिले मृतक खड्काको शव पोष्टमार्टमको लागि सेती प्रादेशीक अस्पताल पठाईएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ। उक्त काठेपुल तथा गोदावरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुन्छ। कैलालीमा यो भाइरल पुलको नामले परिचित छ।











