बाजुरा — सुदूर पश्चिम प्रदेश स्तरीय युवा संजालको सचिवमा बाजुराका रुगम रावल निर्बाचित भएका छन् । जिल्यलकाे बुढिगंगा नगरपालिका वडा न. १० घर भएका र यस अघि सामाजिक कार्यमा निरन्तर तलिन रहेका रावल सुदूर पश्चिम प्रदेश स्तरीय युवा संजालको सचिवमा निर्बाचित भएका हुन्र । बिभिन्न समयमा युवाहरूकाे हक हित र समाजमा हुने गरेका अनियिमतताका बिषयमा पनि बिशेषा वकालत गर्दै आइरहेका थिए । दिन प्रतिदिन रावलकाे समाज सेवा र समाज रू्पाजन्तरणा र परिवर्तन प्रतिकाे लगाव बढ्रदै गएकाे देखिन्छ । रावल पछिल्लाे समयमा युवा पुस्ताले रूचायका र बाजुराकाे भाेलिका लागि बलियाे आधारका रूपमा स्थापित हुन सक्ने ठहर बाजुरेली बासिहरूकाे रहेकाे छ । यस्तै अध्यक्षमा कैलालीकि बसन्ती सापकोटा निर्बाचित भएकी छन् । आज भएको प्रदेश भेलामा प्रदेशका नौं वटै जिल्लाका युवाहरुको सहभागिता रहेको थियो । नेतृत्व छनोटका लागी सहमति हुन नसक्दा गोलाप्रथाद्धारा समिति चयन गरीएको हो । गोला प्रथाद्धारा भएको समिति चयनमा अध्यक्षमा बसन्ती सापकोटा, महिला उपाध्यक्ष यज्ञ बोगटी, उपाध्यक्ष बिशाल भट्ट, सचिवमा रुगम रावल, सहसचिव, दिनेश भण्डारि र कोषाध्यक्ष बसन्ती साँउद गरी ८६ जनाको कार्यसमिती बनाएको हो । त्यस्तै लेखा समिति संयोजक नरेश दमाई र समितीको सदस्यमा बाजुराका जय बहादुर रावत निर्बाचित भएका छन्।