बाजुरा- नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिकाका नेताहरूले गाउँपालिका कांग्रेसमय बन्ने दावी गरेका छन् । पछिल्लो समयमा कांग्रेस प्रवेश गर्नेहरूको जनलहरले फेरि पनि गाउँपालिकामा आफुहरुले झन बलियो बन्दै गएको बिश्वास व्यक्त गरेका हुन ।सोमबार गाउँपालिका द्वारा आयोजित चुनावी आमसभा कार्यक्रममा बोल्दै गाउँपालिकाका नेताहरूले यस्तो बताएका हुन । चुनावी आमसभा कार्यक्रम पुर्व संविधान सभा सदस्य तथा माहाधिवेशन प्रतिनिधि महा नेपाली ,महाधिवेशन प्रतिनिधि पदम शाही, गाउँपालिकाका अध्यक्ष नर बहादुर रावत,उपाध्यक्ष कुन्ती बुढा साउद, सभापति हर्क रावत, तरुण दल पुर्व जिल्ला कार्यसमिति अध्यक्ष तथा वडा न. ६ का वडा अध्यक्ष कुम्भ नाथ योगी,वडा न . ५ का वडा अध्यक्ष हर्क रावत,पुर्व पार्टी प्रभक्ता नर बहादुर शाही, लगायतका नेताहरूले आफ्ना भनाइहरु राखेका थिए ।
यस अघि पनि पहिलो पार्टीका रुपमा रहेको नेपाली कांग्रेस फेरि पनि बलियो नै रहिरहने दावी गरेका हुन ।२०७४ सालको स्थानीय निर्वाचनमा निर्वाचनमा बिजयी भएतापनि त्यतिवेला अहिलेको जस्तो बाहुल्यता भने नरहेको नेताहरूको भनाई थियोे । कांग्रेसले गाउँपालिकामा जिते पश्चात् नै बलियो कांग्रेस एकताबद्ध कांग्रेस, सुदृढ कांग्रेस बनाउने संकल्पका साथ अगाडि बढिरहेको बताउदै आफुहरु त्यो संकल्प पुरा गर्न सफल भएको बताएका थिए ।पछिल्लो समयमा गाउँपालिकामा कांग्रेसप्रतिको आकर्षणले आफुहरुमा थप हौसला थपिएको र अझ बलियो आधार तयार भएको भन्दै खुसी समेत व्यक्त गरेका थिए। फेरि पनि पुनः पार्टी सुदृढीकरण गरि कांग्रेस बलियो बनाउने र गाउँपालिकाको बिकास र पालिका वासिको हितका लागि कांग्रेसमा आवद्ध सवै नेताहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । बिगतका दिनमा भए गरेका कमि कमजोरीहरुलाई पनि अव सच्याएर जनताको जनभावनालाई कदर गरेर निरन्तर निस्वार्थ भावनाले कुनै स्वार्थ पुर्तिमा नलागी जनताको सेवामा समर्पित हुनुनै अवको कांग्रेस खप्तड छेडेदह गाउँपालिकाको प्रमुख उदेश्य रहेको बताएका थिए ।
हाल सम्म करिव १६५ घर परिवार नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि कांग्रेस प्रवेश गरिसकेको अवगत ।न।गराउदै जनताले अब कांग्रेस प्रति गरेको अपेक्षा पूरा गर्न तर् हुनुपर्ने बताएका थिए । नेताहरूले पार्टी परित्याग गर्नुको पछाडि कांग्रेसले जनताका समस्या समाधानका लागी पुर्याएको योगदान भएको उल्लेख गरेका थिए । नेकपा एमालेक निर्वाचित जनप्रतिनिधिले पूरा गर्न नसकेका जनताका मागहरूलाई पनि गाउँपालिकामा कांग्रेसको सरकार हुदा सम्बोधन गरेको अभिव्यक्ती दिएका थिए । गाउँपालिकाको वडा न . १ बाट कांग्रेसको जित सुनिस्चित रहेको बताउदै अवको संघीय निर्वाचनमा आफुहरु सजिलै चुनाव जित्ने आधार तयार भएको दावी गरेका थिए ।
पार्टी परित्याग गरि कांग्रेसमा आवद्ध हुने नवप्रवेशीहरुलाई स्वागत गर्दै नेकपा एमाले र माओवादीले पूरा गर्न नसकेका मागहरूलाई सम्बोधन गर्ने प्रयत्न कांग्रेसले गर्ने आश्वासन समेत दिएका थिए। छेडेदहको बिकास र छेडेदह वासिको हितका लागि सवै कांग्रेसी जनहरु एकताबद्ध भएर अगाडि बढ्ने नेताहरूको प्रतिबद्धता थियो । यता आफुहरु पनि गाउँपालिकामा बलियो रहेको दावी गर्दै आएका नेकपा एमालेका नेताहरूलाई भने ठूलो धक्का पुगेको छ । एमालेको नेतृत्व गरेर वडा अध्यक्षमा निर्वाचित भएका वडा अध्यक्ष संगै अघिल्लो निर्वाचनमा एमालेलाई मतदान गरेका मतदाताहरुले नै साथ छोडेपछि ठूलो घाटा बेहोर्नु पर्ने देखिन्छ ।