बाजुराः बाजुरामा नेकपा (एस) र जनता समाजबादी पार्टी बिच एकता भएको छ । ६ वटा सहमतीका सर्त सहित जनता पाटी र नेपाल (एस) पाटी समायोजन भएका छन् । मंगबार एक औपचारिक कार्यक्रमको आयोजनाका बिच जनता समाजवादी पाटी नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) संग एकता भएको नेकपा (एस) पार्टी बाजुराका सचिव पुरबहादुर रावत बताएका छन् ।
सचिव रावतका अनुसार जनता समाजवादी पाटी आजकै मितीबाट सम्पुर्ण रुपमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी जिल्ला कमिटी बाजुरामा सहमती भएको घोषण पत्र सहित पाटी समायोजन गरिएको बताइएको छ । जनता समाजवादी पार्टी बाजुरा संग आवद्ध सम्पुर्ण सदस्यहरुले नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको विचार,निती नियम र बिधानलाई आत्मसाथ गर्दै पार्टी एकता गरिएको नेकपा एस पार्टी बाजुराले जनाएको छ ।
पार्टी समायोजन भएपछी जनता समाजवादी पार्टीका केन्द्रिय र संघिय कमिटीमा रहेका सदस्यहरुलाई जनता समाजवादी पार्टीको कार्यदलको सिफारिसमा २ जनालाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको प्रदेश कमिटीमा समायोजन गर्नका लागी प्रदेश कमिटीलाई अनुरोध गर्ने समेत बताइएको छ । त्यस्तै ३ जनालाई जिल्ला कमिटीको सचिवालयमा राख्ने , ५ जनालाई जिल्ला कमिटीमा समायोजन गर्ने भएको छ ।
नेकपा एस पाटीका केन्द्रिय सदस्य तथा बाजुराका अध्यक्ष गंगन रावलको अध्यक्षतामा समायोजन गरिएको कार्यक्रमका प्रमुख अथिती नेकपा एसका केन्द्रिय सदस्य हिक्मत शाही प्रमुख अथिती रहेका थिए ।त्यस्तै कार्यक्रममा नेकपा एसका पाटी बाजुराका सचिव पुरबहादुर रावत, जनता समाजवादी पार्टी बाजुराका संयोजक नरेन्द्र रावल लगाएत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।पार्टी समायोजन भए लगत्तै पुर्ण बैठक आजै सुरु भएको छ ।











