
बाजुरा- नेकपा एकिकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य एवम जिल्ला कमिटी बाजुराका अध्यक्ष नेता गगन रावलले नेकपा एमाले र आँखा फुटेको गाेरु उस्ता उस्तै रहेको अभिव्यक्ति दिएका छन् । नेता रावललले मंगलवार नेकपा एस र जनता समाजबादी पार्टी बिच भएको पार्टी समायोजन कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।औपचारिक कार्यक्रमका बिच भएको पार्टी समायोजन कार्यक्रममा उनले एमालेलाई कटाक्ष गर्दै यो अभिव्यक्ति दिए । नेता रावलले आफुलाई नेकपा एमालेका नेताहरुले अव गगन रावलले मेवरमा दावेदार गर्छन होला त भन्ने गरेको बताउदै आफ्नो राजनिति उचाई धेरै अगाडी बढीसकेको दावी समेत गरेका छन् । उनले भने जसरी आँखा फुटेको गारुले जहिले हरीयो देख्छ त्यसरी नै एमालेहरु सधै एकनासो देख्छन् । नेता रावलले नेकपा एकिकृत समाजबादी पार्टी जिल्लामा बलियो बन्दै गएको दावी गर्दै फेरी पनि पार्टी बलियो बनाउने सन्कल्पका साथ आफुहरु अगाडी बढीरहेको बताएका छन् । उनले समाजबादको सिद्धान्तलाई आत्मसात गरेर देशभर एकिकृत समाजबादी पार्टी शसक्त ढङ्गले अगाडी बढिरहेकोले सवैलाई आफ्नो पार्टीमा आवद्ध हुन समेत अनुरोध गरेका छन् ।











