काठमाडौँ-काठमाडौँको सुन्दरीजलमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरजलस्थित सडकमा बा ४ ख ६९६५ नम्बरको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३० वर्षीय रोहन तामाङका छोरीहरू नौ वर्षीय श्रीया तामाङ र चार वर्षीय सृष्टि तामाङको आज मृत्यु भएको हो।
मोटरसाइकलमा सवार उनीहरूको टिपरको टायरले च्यापेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा ३० वर्षीय रोहन तामाङ गम्भीर घाइते भएका छन्। उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीेले जनाएको छ। टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
रासस