युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
152 पटक पढिएको

बाजुरा–जिल्लाको खप्तड छेडेदह गाँउपालिका अध्यक्ष नर बहादुर रावतले एकपटक फेरी गाउँपालिकाको अध्यक्षमा दोहोरिएर बाँकी कामहरु गर्ने बताउनु भएको छ ।पाँच बर्षको अवधिमा केही गर्नै पर्ने कामहरु अधुरा रहेका कारण ति कामहरुलाई पुर्णता दिनका लागि फेरी अध्यक्षका लागि आफ्नो पनि दाबी रहेको बताउनु भयो ।यस अघिको पाँच बर्षिय  कार्यकाल उपलव्धिमुलक नैरहेको उहाँको भनाई छ । कारण वस जनताले अपेक्षा गरेअनुसारका सवैकामहरु गर्न नसकिएतापनि सवैको मन जित्नेगरी  नै काम गरेको उहाँको जिकिर छ । प्राय जसो कोहीपनि आफुप्रति असन्टुष्ट नरहेको रावतको ठम्याई छ । अध्यक्ष रावतले आफ्नो पाँच   बर्षिय  कार्यकाललाई उपलव्धिकुलक ठानेतापनि उनको आलोचना भने यो पाँच बर्षको कार्यकालमा चौतर्फि रुपमा हुदै आएको छ ।

पाँच बर्षको कार्यकालमा जनताका जनभावना अनुरुप कामहरु हुन नसकेको र जनताले गरेको अपेक्षा बमोजिम स्थानिय सरकारले प्रभावकारी काम गर्न नसकेको गाँउपालिका बासिहरुको गुनासो छ । स्थानिय श्रोत साधनको प्रयाप्तता हुदा हुदै पनि बिकासमा आफुहरुले सहकार्य गर्न खोज्दा पनि पालिकाको बिकास प्रति व्यवास्ता गरेको र स्थानिय सरकार बिकासको बाधक बनेको आरोप प्रमुख प्रतिपक्ष दल एमालेको छ । यतिवेला प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अधिकांस युवा नेता कार्यकर्ताहरुले गाँउपालिकाको चर्को आलोचना गर्ने गरेका छन् । तर यता गाँउपालिकाका जनप्रतिनिधिहरु भने प्रतिपक्षको काम नै बिरोध गर्ने भएको हुदा उक्त आलोचनाले खासै प्रभाव नपार्ने बताउन्छन् ।

गाँउपालिकाले गरेका बिकास निर्माणका कार्यहरुमा राजनिति पुर्वाग्रही गर्दै उल्टै अबरोध सिर्जना गर्ने गरेको गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतले बताउनु भयो । गाँउपालिकाको बिकास र गाँउपालिकाको हित बिपरित कदम पाँच बर्षको समयाअवधि भित्र नचालेको पनि उहाँको भनाई छ । पाँच बर्षको आफ्नो कार्यकालमा आफु समक्ष आएका जनताका गुनासाहरु सम्बोधन गर्ने कुरामा पछि नहटेको र पालिका र पालिकाको हित बिपरित हुने कुनै पनि प्रकारका जनबिरोधी कार्य नगरेको अध्यक्ष रावतको दाबी छ । साथै उहाँले आफ्नो इमान्दारीताको राजनिति कसैलाई मन नपर्नु अथवा आफ्नो पाँच बर्षे कार्यकालको चर्को आलोचना हुनुलाई खासै अनौठो नठानेको बताउनु भएको छ । स्थानिय निर्वाचन नजिकिए संगै गाँउपालिकामा राजनिति चहलपहल भने बढेको छ । नेताहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । यतिवेला सबैको ध्यान भनेस्थानिय निर्वाचन तर्फ केन्द्रित भएको छ ।

पाँच बर्षको कार्यकाल भित्र आफ्नो अर्काको नभनी सबैलाई समान व्यवाहार गरेर गाँउपालिकाबाट सेवा प्रबाह गरेको र स्वही अनुसार बिकास निर्माणका कार्यहरु अगाडी बढाएको उहाँ बताउनुहुन्छ । आलोचना माथि आलोचनाका बिच आफ्नो पाँच बर्षे कार्यकाल बिताएका रावतले फेरी पनि गाँउपालिकामा आफु भन्दा बलियो अर्को उम्मेद्वार नरहेको दाबी गर्दै आइरहनु भएको छ । अव आउने स्थानिय निर्वाचनमा फेरी पनि गाँउपालिका अध्यक्षमा दोहोरीने निधो रावतको छ । आफुलाई २०७४ सालको निर्वाचनमा मतदान गरेका मतदाता भन्दा बढीले फेरी पनि मतदान गर्ने बिश्वास उहाँको छ । आफु नै फेरी पनि दोहोरिएपछी चुनाब जित्ने कि हार्ने भन्ने कुरामा आफुलाई कुनै समस्या नभएको र चुनाव जित्दैनन् की भन्ने कुराको अन्योलमा नपर्न पनि गाँउपालिका बासिहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष रावतले पाँच बर्षे कार्यकाल भित्र सोचेकै कामहरु पनि अधुरा रहेका कारण ति अधुरा कामहरुपुरा गर्नका लागि पुनः एक पटक गाँउपालिकामा बासिहरुले जिम्मेवारी सुम्पिन्छन भन्ने कुरामा बिश्वस्त रहेको समेत बताउनु भयो ।

पार्टी भित्र अर्को सक्षम नेतृत्व गर्ने आफुभन्दा योग्य व्यक्ति भएमा आफु नेतृत्व सुम्पिन पनि तयार रहेको उहाँले बताउनु भयो ।तर नयाँ एजेन्डा लिएर नेतृत्वमा होमिनु पर्ने उहाँको माग छ । तर अहिलेको अवस्थामा खासै नेतृत्वमा देखिएकहरुलाईनेतृत्व सुम्पिन उचित नठानेको पनि उहाँको भनाई छ । उहाँले भन्नु भयो नयाँ नेतृत्व आउनु पर्छ तर गाँउपालिकामा कांग्रेस जुन अवस्थामा छ त्यही अवस्थामा रानखिराख्ने संग संगै भौगोलिक बिकटताका कारण जिल्लाकै पछाडीएको र पछाडी पारिएको गाँउपालिकाको आर्थिक भौतिक तथा सामाजिक बिकासका लागि र गाउपालिका बासिहरुको सुख सवृद्धीका लागि सधै अग्रभागमा रहेर खत्ने नेतृत्वको आवश्यकता गाँउपालिकालाई रहेको अध्यक्ष रावतको ठहर  छ ।

उहाँले भन्नुभयो मैले म नै हुन्छु भनेको छैन, नेतृत्व गर्ने अरु साथिहरु पनि हुनुहुन्छ । भोलि गाँउपालिकाको नेतृत्व जसले पाएपनि गाँउपालिकाको बिकास र पालिका बासिको हितका लागि योगदान दिन सक्ने खालको आवस । हामी बाहेक कोही हरु आउन्छ भनेपनि हामीले भन्दा प्रभावकारी ढंगले पाँच बर्षको कार्यकाल भित्र गाँउपालिकाको मुहार परिवर्तन गर्ने तर्फ उसको ध्यान केन्द्रित होस । यदि म नै फेरी दोहोरिएछु भने मैले मेरा अधुरा कामहरु पुरा गर्नेनै छु । म राजनितिमा आफ्नो स्वार्थ पुर्तिका पनि लागेको होइन। यो गाँउपालिकामा पाँच बर्षको कार्यकालमा काँही कतै कुनै कुरामा अनियमितता गरेको यर्थात प्रमाण छ भन्ने म आफैसजाय भोग्न तयार छु । बाँकी जसले जे भनेर मेरो बिरोध गरेपनि फरक पर्दैन । जति आलोचना गरेपनि केही फरक पर्नेवाला छैन् ।

गलत कुराको बिरोध गर्नु ठिक हो राजनिति पुर्वाग्रहीले बिरोध जनाउनु अनुचित बिषय मैले ठानेको छु । यो बिरोधले कुनै अर्थ राख्दैन। मैले आफुले गर्नुपर्ने काम गरेकै छु । पालिका बासिहरु आफुहरु प्रति असन्टुष्ट होलान भन्ने मलाई लाग्दैन। मैले वडाका जनप्रतिनिधिले सम्बोधान नगरेका मागहरुलाई पनि सम्बोधन गरेको छु उहाँले भन्नु भयो । कतिपय अहिलेका जनप्रतिनिधिहरुले बिकासका नाममा जनताको आँखामा छारो फाल्ने काम गरेका पनि छन् । अध्यक्ष रावतले यसो अभिव्यक्तिहरु दिएता पनि रावतलाई चारैतिर बाट आरोप प्रतिआरोपहरु भने लाग्ने गरेका छन् । नेपाली कांग्रेसको गडका रुपमा रहेको कांग्रेस जति बलियो त्यही अवस्था नरहन सक्ने अनुमान कांग्रेस भित्रकै नेताहरुको छ । कांग्रेस भित्रकै कार्यकर्ताहरु पनि असन्तुष्ट रहेको पनि सुन्नमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!