बाजुराः बाजुराली माटोले जन्माएकी पुनम रावलले अन्तर्राष्ट्रिय बक्सिङको पदक नेपाली खेलाडीको तर्फबाट हात पारेकी छन । थाइल्याण्डको फुकेटमा संचालन भएको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी छन् ।
वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३– २ को हार बेहोरिन्। त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ के.जी तौल समुहमा थाइल्यण्डका मुक्केवाजसंग ४–१ को हार बेहोर्दा पदकबाट बन्चित भइन् ।
यस अघि नेपालका एक मात्र ६३ केजीमा भुपेन्द्र थापा मियतनामसँग, महिला ५७ केजीमा इटालीका २०२० ओलम्पिक पदक विजेतासँग नेपालकी चन्द्रकला थापा र ४८ केजी तौल समूहमा सुस्मा तामाङ् इटालीकै खेलाडी सँग ३–२ ले हारेका थिए । सन् २०१० मा दिपक महर्जनले जितेको कास्य पछि नेपालले थाइल्याण्ड ओपन बक्सिङ प्रतियोगितामा पदक जित्न सफल भएको हो । यो अन्तर्राष्ट्रिय बक्सिङले बाजुरा जिल्लाले खेल क्षेत्रमा सिर उचाइमा राखेको छ ।