बाजुराः मौन अवधि बैसाख २७ गते रातीबाट लागु भएको छ । निर्वाचन आयोगले जारी गरेको मौन अबधी सम्म पनि सार्वजनिक स्थाल र सरकारी निवासमा प्रचारप्रसारका सामाग्रीहरु हटाइएका छैनन् । यसै क्रममा जिल्ला प्रशसन कार्यालय बाजुराको निजी निवासमा पनि नेकपा एमालेको झण्डा फहराई रहेको छ ।
जिल्ला प्रशसन कार्यालय बाजुराका सरकारी कर्मचारी निवासमा नेकपा एमालेको झण्डा गाडिएको पाइएको छ । जिल्ला प्रसाशन कार्यालय बाजुराले भाडा तिर्दै आएको सरकारी कर्मचारी निवासमा नेकपा एमलेको झण्डा गाडिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले मासिक रुपमा घर भाडा रु २० हजार तिरेर प्रशासनका कर्मचारीहरु बस्दै आएका छन । सो घरमा १० वटा कोठाहरु जिल्ला प्रसाशन कार्यालय बाजुराले भाडामा लिएर सरकारी रकम नै भाडामा गएको पाइएको छ ।
यस बिषयमा घर धनी सन्तोषी थापालाई किन सरकारी निवासमा राजनितिक दलहरुको झण्डा राखिएको हो भनेर सोध्दा आफ्नो निजी आवास भएकोले झण्डा राखेको तर प्रशासनका कर्मचरीहरु राजनिति प्रति कुँनै पनि नजिक नभएको बताएकी छन । घर धनीले आज बेलुका सम्म मात्र झण्डा निकाल्ने बताएता पनि बैसाख २७ गते राती १२ बजेबाट मौन अबधी सूरु भै सक्दा पनि सरकारी कर्मचरी निवासमा राजनितिक दलको झण्डा राखिनुले निर्वाचन आयोगको आचारसंहिता उलंघन भएको ठहरिन्छ ।
सो निवासमा जिल्ला प्रसाशन कार्यालय बाजुराका सुब्बा राम प्रसाद चौधरी, खरिदार नवराज रोकाया र कम्प्युटर अपरेटर नयन बहादुर रावल बस्दै आएका छन ।
चैत्र २५ गतेबाट निर्वाचन आयोगले आचारसंहिता लागु गरेको एक महिना बितिसक्दा राजनितिक दल तथा उम्मेद्वारहरुले स्पष्टिकरण दिइ सकेका छन । देश भरी निर्वाचन आचारसंहिता लागु भए पश्चात बिभिन्न किसिमका घटनाहरुले आचारसंहिता उलंघन भएका घटनाहरु बाहिरिएका छन भने बिभिन्न संचर माद्याम र संचार माद्याममा काम गर्ने कर्मचारीहरु पनि आचारसंहिता उलंघनको सूचिमा परेर नेपाल प्रेस काउन्सिलले स्पस्टिकारण समेत मागि सकेको छ ।
बैसाख ३० गते निर्वाचनको समय आउन २ दिन मात्र बाँकी रहदा पनि छिटफुट रुपमा सार्वजनिक स्थल र सरकारी निजी आवासमा राजनितिक दलका झण्डाहरु गाडिएको पाइएको छ ।











