बाजुराः जिल्लाको सदरमुकाममा रहेको बडीमालिका नगरपालिकामा जम्मा ९७८० मतदाता मध्ये ७८३८ मत खसेको छ । जम्मा मतदाता संख्याको ९७ प्रतिशत मत खसेको हो । जसमा वडा नं. १ मा कुल १२५३ मतदाता मध्ये ९७३, वडा नं. २ मा कुल ८०२ मतदाता मध्ये ६४०, वडा नं. ३ मा कुल ७४३ मतदाता मध्ये ५८८, वडा नं. ४ मा कुल ५१० मतदाता मध्ये ३७५, वडा नं. ५ माकुल ६९४ मतदाता मध्ये ५०५, वडा नं. ६ मा कुल १२८२ मतदाता मध्ये १०९५, वडा नं. ७ मा कुल १५३२ मध्ये १२६२, वडा नं. ८ मा कुल १४९५ मध्ये ११९९ र वडा नं. ९ मा कुल १४६९ मध्ये १२०१ मत खेसको थियो । बडीमालिका नगरपालिकाको कुल ९७८० मतदाता मध्ये ७८३८ मत खसेको थियो ।
जिल्लाका दुइवटा नगरपालिकामा भने दिनभरी तनावग्रस्त हुँदा जिल्ला प्रशासन कार्यालय बाजुराले कफ्यू जारी गरेको छ । जसमा बुढीगंगा नगरपालिका र बुढीनन्दा नगरपालिकामा धादली भएकोले फर्जि मत खसाउन खोज्दा झडपका घटनाहरु भएका थिए । केही मतदाता र प्रहरीहरु घाइते भए पछि मतदान कार्य स्थगन भएको थियो । शुक्रबार नै जिल्ला प्रशासन कार्यालय बाजुराले एक बिज्ञप्ती जारी गर्दै कफ्यू आदेश जारी गरेको छ । उक्त पालिकाहरुका केही वडाहरुमा झडप हुँदा प्रहरीले लाठी चार्ज र अक्सूर ग्यास हानेको थियो । ति दुइ वटा पालिकामा फेरी सर्बदलिय बैठक बसेर मात्र चुनाव हुने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।











