बाजुराः स्थानियत तह निर्वाचन बैसाख ३० गते सम्पन्न भएता पनि बडीमालिका नगरपालिकाको मत गणना सूरु हुन सकेको छैन । मतदान भएको २ दिन बिति सक्दा पनि सर्वदलिय बैठक बस्ने प्रयास हुदा पनि कुरा मिल्न सकेको छैन । बडीमालिका नगरपालिकाको मत गणना जेष्ठ १ गते बिहान ७ बजेबाट सूरु हुने
३० गते नै रातीबाट मतगणना सूरु गर्ने भनेता पनि मतगणना हुन सकेको थिएन । सदुमुकाम मार्तडीको अवस्था तनावग्रस्त भएका कारण मत गणना नभएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । शनिबार दिन भरी पनि बिभिन्न अभञ्छनिय क्रियाकलाप भै रहे । त्यसैले पनि मतगणको काम अगाडी बढ्न सकेको छैन ।
राजनितिक दलहरुको सर्बदलिय बैठक पटक पटक बसि रहदा पनि कुरा मिल्न नसक्दा मतगणनाको काम रोकिएको हो । शनिबार बेलुका बसेको सर्बदलिय बैठकको निर्णयले आइतबार बिहान ७ बजे बाट मतगणना सूरु हुने निर्वाचन अधिकृतको कार्यालय बडीमालिकाले जनाएको छ ।











