बाजुराः जिल्लाको पछिल्लो अवस्था अनुसार जिल्लाका दुइ वटा पालिकामा आएको बिवाद र पुनः निर्वाचनका लागि छलफल भैरहेको छ । जसमा बुढीनन्दा नगरपालिकाको वडा नं. ८ मा निर्वाचन आयोगको नियम कानुन संवत पुनः निर्वाचनको समय तोक्न आदेश दिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले जानकारी दिनु भएको छ भने जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नं. २, ३, ५ र ८ मा ३० गते भएको मतदानका बिवाद आए पश्चात मतदान स्थगित भएको थियो तत्काल निर्वाचन अधिकृत निरञ्जन स्थिापितले राजिनामा दिएका थिए । राजिनामा दिए पश्चात एमालेका नेताहरुले पुनः फर्काएको जानकारी आएको छ ।
बुढीगंगा नगरपालिका वडा नं. ३ संघिय संसदको वडा रहेको छ । बुढीगंगा नगरपालिकाका स्थगित भएका वडाहरुको बिबाद र निर्वाचन अधिकृतको राजिनामाका बिषयमा समस्या समाधान गर्न निर्वाचन आयोग नेपालले निर्वाचन आयूक्त सगुन सम्शेर जवरा हेलिकप्टरबाट सुर्खेत हुँदै बाजुरा पुगेको जानकारी बडीमालिका नगरपालिकाको निर्वाचन अधिकृतकको कर्यालयका निर्वाचन माधब प्रसाद घिमिरेले जानकारी दिनु भएको छ । जबरा आजै काठमाण्डौबाट बाजुरा आइ सक्नु भएको छ ।
बाजुरा पुगेसंगै प्रमुख निवाृचन अधिकृत सहितको टोली बिवादित बुढीगंगा नगरपालिकामा गएर समस्या समाधान गर्नु पर्ने भएको छ । बडीमालिका नगरपालिकामा पनि आजैबाट मत गणना गरिने भनी सबर्वदलिय बैठक बसेर निर्णय भएको भएता पनि जिल्ला न्यायधिस निर्वाचन अधिकृत माधब प्रसाद घिमिरे पनि निर्वाचन आयुक्त बाजुरा पुगे पश्चात संगै बुढीगंगा नगरपालिकामा जाँनु पर्ने भएकोले बडीमालिकाको मत गणना पनि बुढीगंगाको समस्या समाधान गरेर फर्के पछि मात्र मत गणना सुरु हुने जिल्ला न्यायधिस निर्वाचन अधिकृत माधब प्रसाद घिमिरेले जानकारी दिनु भएको छ ।