
बाजुराः जिल्लाको बडीमालिका नगरपालिकाको मत गणना सूरू भएको छ । मतदान सम्पन्न भएको दुई दिन पछि बडीमालिकाको मतगणना सूरू भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । सम्बन्धित वडा अध्यक्षको उम्मेद्वार र साथमा राजनितिक दलको प्रतिनिधी तथा मेयर उप मेयरको उम्मेद्वार मात्र सहभागी हुने बताएका छन । सूचनाको हकका लागि निर्वाचन अधिकृतको कार्यालय वा सम्बन्धीत संचार माद्यामबाट परिचय खुल्ने पत्रकारले सूरक्षाकर्मीसंग अनुमति मागेर रिपोर्टिग गर्न पाइने पनि उनले बताएका छन ।
घिमिरेले मतगणना हुनु पुर्व मतगणना स्थलमा के कस्ता निति नियमहरु अपनाउनु पर्छ ? कस्तो उपस्थिति रहने भन्ने वारेमा प्रस्ट पार्नु भएको थियो । मतदान केन्द्रमा
बडीमालिकाको १ नम्बर वडाबाट मतगणना सूरू गरिएको हो । ९ वटा वडा रहेको बडीमालिकामा ७ हजार ८ सय ८८ मत खसेको थियो । मतगणना ३ बजेबाट सुरु भएको हो ।











