काठमाडौं-सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्य फेरि सुरु गर्ने तयारी भइरहेको छ ।
अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको बताउँदै कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो,“आज फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुने छ ।”
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०स्११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।
रेडियाे NRN बाट साभार