काठमाडौं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका– १५ स्थित सडकखण्डमा बसले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ। सोमबार हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भएका सुनारको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते भएको र उनको उपचार भइरहेको छ। बस चालकलाई नियन्त्रणमा लिइएको बताइएकाे छ ।
दिनेश खबरबाट साभार