बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका भरखरै बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट नवनिर्वाचन गाउँपालिका अध्यक्ष दिल बहादुर रावत आज पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्षको निवास बालकोट पुग्नुभएको छ। अध्यक्ष रावत बुधबार अध्यक्ष ओली निवास बालकोटमै पुग्नुभएको हो । भेटघाटमा अध्यक्ष ओलीले रावतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको बताइएको छ ।
ओलीलाई भेट्न बालकोट पुगेका रावतले त्यहा के माग लिएर गए भेटघाट कस्तो रह्यो के के कुराकानी भयो भनेर अध्यक्ष रावतलाई सोध्दा भेटघाट अर्थपूर्ण रहेको बताउनुभयो । अध्यक्ष रावतले भन्नुभयो । सामान्यतया त भेटघाट नै हो । तर भेट भेटघाटमा मात्र सिमित भएन गाउँपालिकाको पुर्वाधार बिकासका बिषयमा पनि कुराकानी भएको छ । चिनजान र भेट मात्र नभैइ भेटघाट उपलब्धिमुलक समेत भएको मैले महसुस गरेको छु । गाउँपालिका वासिका दुख पिडाहरु उहाँ सामु राख्ने अवसर मिल्यो । चिनजान भयो अव गाउँमै हुदा पनि समस्या राख्न सकिने वातावरण पनि सिर्जना भयो ।
जिल्लाका अन्य स्थानीय तहको हकमा दुर्गम अनि बिकट मानिने त्यसैमा पुर्वाधार विकासमा पिछडिएको गाउँपालिका वासिका समस्या पनि दर्साउन सकिन्छ संग संगै भेटघाट पनि हुन्छ भन्ने ध्यले त्यहाँ सम्म पुगेको अध्यक्ष रावतको भनाई छ । लामो समय नेकपा एमालेको नेतृत्व गर्दै राजनीति जीवन बिताएका रावतले निर्वाचित भएपछि एक पछि अर्को गरि उपलब्धि मुलक कार्य गर्दै गएका छन । व्यक्तिगत हित भन्दा सामाजिक हित माथी हुने हुदा कुनै आग्रह पुर्वाग्रही नगरि समग्र गाउँपालिकाको बिकास र गाउँपालिकाको हितका लागि काम गर्ने बताउनुभयो । नेकपा एमालेलाई चुनाव जित्न निकै सक्स पर्ने उक्त गाउँपालिकामा रावतको उम्मेदवारीले जित हात पार्न सफल भएको हो । छेडेदह वासिले पार्टी नभई व्यक्ति चुनेको पनि बताउदै आएका छन्