बाजुरा- सामाजिक अभियान्ता तथा सहित्यकार रिता शाहीले कन्सन बाजुरालाई खाद्यान्न सहयोग गरेकी छन् । आइतबार कन्सन बाजुरा अनाथ आश्रममा रहेका बालबालिकाका लागि ५० हजार बराबरको खाद्यान्न सहयोग गरेकी हुन ।
कोरोना भाइरस (कोभिड १९) दास्रो भेरियन्ट फैलिरहेको बेला साहित्यकार तथा सामाजिक अभियान्ता शाहीले यो विषम परिस्थितिमा केही सहजताका लागि कन्सन बाजुरालाई खाद्यान्न सहयोग गरेकी छन् ।
राेजगारीका सिलसिलामा हङकङ बसिरहेका नेपालीहरुको आर्थिक सहयोगमा उक्त खाद्यान्न कन्सन बाजुरालाई हस्तान्त्रण गरिएको सामाजिक अभियान्ता तथा साहित्यकार शाहीले बताएकी छन् ।
खाद्यान्नमा दश केजीका १३ बोरा चामल, दाल तेल, भुजासहित हस्तान्त्रण गरेको उनले बताइन् । त्यस्तै त्रिवेणी नगरपालिका–७ का एक जना आमा–बुवा गुमाएका युवराज विकलाई समेत १० हजार बराबरको खाद्यान्न सहयोग गरेकी छन् ।
कोरोना भाइरसले गर्दा विकको घरमा खाद्यान्नको अभाव भएको बेला केही महिनाका लायि खान पुगोस भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेका शाहीले बताएकी छन् ।
खाद्यान्न वाफत एक बोरा चामल, दाल, तेल, भुजा र एक जोड कपडा, चप्पल समेत हस्तान्तरण गरेको शाहीले उनले बताइन । शाही पछिल्लो समयमा कोरोनाको महामारीमा पनि लगातार सामाजिक काममा सक्रिय साथ लागि रहेकी छन् ।