बाजुरा-बुढिगंगा नगरपालिकाकाे मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार ३००० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता कायमै रहेकाे छ ।हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।
बुढिगंगाम नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण कठायतका अनुसार एमालेबाट उम्मेदवार राम बहादुर बानियाँको १७३२ मत रहेको छ भने उपमेरकी उम्मेदवार मायाँ कुमारी कुवँरले १६८७ मत रहेको छ । यस्तै नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार रंग बहादुर खातीको १०६७ मत रहेको छ भने उपमेयरकी उम्मेदवार रिता शाहीको १०३० मत रहेको छ । अहिले वडा न. २ को मत गणना भइरहेको छ ।
तिन वटा वडा १,९ र १० काे अन्तिम मत परिणाम सार्वजनिक भइसकेकाे छ । १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउद विजयी भएका छन् । काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् ।विजयी दल बहादुर साउदले ५ सय ४८ मत ल्याएका छन्, भने मोहन बहादुर बुढाले ४ सय ९१ मत ल्याएका छन् । यस्तै वडा न. १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार रणबहादुर थापा सहितको प्यानल विजयी भएको हो । थापाले ३५३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताएका छन्र । थापाले नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार लोकबहादुर थापालाई ३५ मतले पराजित गरेका हुन् । काँग्रेसका उम्मेदवार थापाले ३१८ मत ल्याएका छन् ।
एक हजार ३२६ मतदाता रहेको वडामा ८३१ मत खसेको थियो । २०७४ को स्थानीय चुनावमा उक्त वडामा नेपाली काँग्रेसले जितेको थियो ।यस्तै वडा न. ९ मा गठबन्धनका उम्मेदवारलाई हराउदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।











