आशा थापा– बडिमालिका नगरपालिका वडा नम्वर ३ रजालीमा वडा स्तरिय बालअधिकार मन्चको बैठक सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका विच विभिन्न निर्णय गरि बैठक सम्पन्न भएको बालअधिकार मन्चले जनाएको छ ।
बैठकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि लकडाउनको समयमा पनि बालबालिकाहरुको पढाई लेखाई लाई निरन्तरता दिनको लागि बाल अधिकार मन्चका सदस्य भएका प्रत्येक टोलका सदस्यहरुले सहजिकरण गर्ने , समाजमा हरेक समयमा बालबालिकामाथि हुने घटना तथा समस्याहरुलाई नियन्त्रण गर्नको लागि ३ हजार बरावरको बाल सहायता कोष स्थापना गरिएको मन्चका अध्यक्ष गणेष विकले बताउनु भएको छ ।
त्यस्तै यो लकडाउनको समयमा बालबालिकाहरुको सृजनात्मक कलाको क्षेमता बृधि गर्नको लागि लकडाउनको समय सकिय पछि सृजनात्मक कलाको आयोजना राखेर उत्कृष्ट आउने बालबालिकालाई बालअधिकार मन्चको तर्फबाट पुरुषकारको व्यवस्था गरिने बताएको छ भने बालबालिकालाई मध्यपान तथा, धुम्रपान लगाएतका सामानहरु किनमेल नगर्नकालागि वडा कार्यलयलाई ध्यानआकर्षण पत्र बुझाईने बताएको छ । सो बैठक वडा स्तरिय बालअधिकार मन्चका अध्यक्ष गणेष विकको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन मन्चका सचिव सुरेन्द्र चदाराले गर्नु भएको थियो ।