
बाजुरा– जिल्ला अस्पताल बाजुरामा स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले बताएका छन । शुक्रबार जिल्ला अस्पताल बाजुराले दिने सेवाको गतिविधि बारे पत्रकार सम्मेलन मार्फत पत्रकारहरुको प्रश्नलाई जवाफ दिदै भाद्र महिना भित्रै बिशेष स्वास्थ्य सेवा प्रवाह गर्ने गरी पहल भैरहेको अध्यक्ष कार्कीको भनाई रहेको छ ।
जिल्ला अस्पताल बाजुरामा मन्त्रालयले एमडीजिपी डाक्टर पठाउन आनाकानी गरको थियो तर पनि बिभिन्न संचारमाध्याममा समाचार प्रकाशन पछि मन्त्रालयबाट ठाक्टर पठाउन सकरात्मक रहेको उनले बताए । जिल्ला अस्पताल बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुँदा समस्या भएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल बाजुराले दुर्गम तथा लामो दुरीको बाटो भएर उपचारका लागि आउने बिरामीहरुलाई प्रभावकारी बनाउन प्रयास भइरहेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले पत्रकार सम्मेलन मार्फत प्रष्ट पार्नु भएको छ । जिल्ला अस्पताल बाजुराले पटक–पटक एम.डी.जिपी डाक्टर बाजुरामा अति आवस्यक रहेको भन्दै पत्राचार गरेको भए पनि संबन्धित निकायले चासो नदिएको अस्पताल व्यबस्थापन समितिले जनाएको छ । जिल्ला असपताल बाजुरामै प्रभाकारी सेवा दिनका लागी स्थानीय प्रदेश र संग सरकार पनि जिम्मेवार नबनेको अस्पताल स्राेतले जनाएको छ ।











