बाजुरा– बिहिबार दिउसो करेन्ट लागेर घाइते भएका भक्त रावलको शुक्रवार बिहान ३ बजे दैलेख जिल्लाकाे पालतडामा मृत्यु भएको छ । अछामको बयालपाटा अस्पतालमा उपचार हुन नसके पछि उनलाई थप उपचारका लागि बिहिबार राती ८ बजे कोहोलपुर मेडिकल हस्पिटलमा रिफर गरिएको थियो ।
रातिको समय भएको हुदा उनलाई एम्बुलेन्समा विनायक पञ्चदेवल हुदै खिड्की जिउला देखि सुर्खेत हुदै कोहोलपुर लैजाने क्रममा बिच बाटोमै निजको मृत्यु भएको नेपाल बिद्युत प्राधिकारण बितरण केन्द्र बाजुराका बरिष्ट सहायक नर बहादुर कुँवरले लोकतन्त्र विहानीलाई जानकारी दिएका छन । गए राति ८ बजे उनको बयालपाटा अस्पतालबाट रिफर गरिएको भएता पनि बिच बाटोमै एम्बुलेन्स खराबी हुदा राती ३ बजे दैलेखमा उनको मृत्यु भएको हो ।
बिहिबार दिउसो ३ बजे उनलाई बुढीगंगा नगरपालिका वडा नं. १ अमकोटमा बिद्युत करेन्ट लागेको थियो । थप उपचारका लागि उनलाई बयालपाटा अस्वपताल लगिएको थियो । बयालपाटामा पनि उपचार सम्भव नभए पछि उनलाई सोमवार राति र्नै कोहोलपुर रिफर गरिएको थियो । रातिको समयमा एम्बुलेन्सको यात्रा र लामो दुरी भएकै कारण उनलाई समयमा उपचार हुन नसक्दा ज्याँन गएको हो । उनकाे दैलेख जिल्लाको पालतडा भन्ने ठाँउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
करेन्ट लागेर गम्भिर घाइते भएका रावलको बाँया हात पुरै जलेको थियो भने पेट, मुटु र मृगौलामा ठुलो क्षति पुगि सकेको उपचारमा गएका बरिष्ट बिद्युत सहायक कुवरको भनाई रहेको छ । मृतक रावललाई आज नै बाजुरा ल्याउने नेपाल बिद्युत प्राधिकरण प्रशासन प्रमुख एबम सूचना अधिकारी केशवराज भट्टले जानकारी दिनु भएको छ । यता बिहिबार नै घटना घटे लगत्तै मृतक रावलका आफन्तहरु भने निकै नै आक्रोसित भएका थिए ।
मृतक रावल विगत १० बर्ष त्रिवेणी साना जल बिद्युत आयोजनामा प्राविधिक चौथो तहमा काम गर्दै आएका थिए । त्रिवेणीले लिजमा लिएको बिद्युतलाई नेपाल बिद्युत प्राधिकरणले फिर्ता लिए पछि उनी अस्थायी करार कार्यालय सहयोगी पदमा कार्यरत थिए । यस बिषयमा घटना घटे नघटेको के हो भनी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतलाई सोध्दा घाइते रावलको मृत्यु सावित भएको बताएका छन्।











