युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
632 पटक पढिएको

लेख– राम बहादुर दानी
२०७९ भाद्र २० गते बाजुरा

बाजुरा– म साँनै थिए । करिव ५ बर्षको मेरो त्यति खेर उमेर थियो । म मेरा वुवाको केही तत्कालिन राजनितिक घटनाक्रमहरु सुनेर राजनितिक ज्ञान लिदै थिए । बाल्यकालको स्मरण जहिले पनि ताजै रहने रहेछ । बाजुरा जिल्लाको राजनितिक घटनाक्रम यसरी सूरु हुन्छ । जहा मैले सुने देखि, अध्यायन गर्दै र प्रत्यक्ष देखे पछिको बाजुरा जिल्लाको राजनितिक घटनाक्रम यस्तो रहेको छ ।

नेपाली काँग्रेस बाजुराले २०७९ साल भाद्र १८ गते शनिबार प्रतिनिधी सभाको लागि ७ जनालाई सिफारिस गरेर केन्द्र पठाएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको भाद्र ९ गते देखि बसेको बिस्तारित बैठकले उम्मेद्वारको सिफारिस गरेको हो । नेपाली काँग्रेस बाजुराले केन्द्रीय सर्कुलर अनुसार बाँम लोकतान्त्रिक गठबन्दनमा चुनावी मैदानमा जाँने निर्देशन भएता पनि बाजुरा जिल्लामा भने सम्भावना कम देखिएको छ ।

नेपाली काँग्रेस बाजुराको पछिल्लो राजनितिक घटनाक्रमलाई नियालेर हेर्दा गुट उपगुटको राजनितिले एक नेताले अर्को नेताको खुट्टा तान्ने काम भैरहेको कार्यकर्ताहरुले आरोप लगाउदै आएका छन । नेपाली काँग्रेस बाजुराले भने आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा गुट उपगुट नगर्ने प्रतिवद्वता गरेको छ । तर यो सम्भव भने देखिदैन र काँग्रेस बाजुरा भित्र टिकटका लागि सिफारिसमा लामो समय लाग्यो । बिशेषतः दुइवटा समुहको टिकटका लागि कसाकस देखिएको हुनाले टिकट सिफारिसका लागि केही समय लागेको हो ।

जिल्लामा पनि संस्थापन र इतर पक्षबाट दुई नेताको टिकटका लागि कसी पर्ने देखिन्छ । यसरी नियालेर हेर्दा संस्थापन पक्षबाट नेता कविराज पण्डित र ईतर पक्षबाट सह–महामन्त्री समेत रहनु भएका बद्री पाण्डे बिच टिकटका लागि कसाकसी हुने देखिएको छ । उसो त पछिल्लो समयमा राजनितिक चर्चामा रहेका डाक्टर अंगराज तिमल्सेनाको पनि टिकट पाउने सम्भावनामा रहेका छन् ।
बिशेष गरी नेता वद्री पाण्डे, नेता कविराज पण्डित र डा. अंगराज तिमल्सेना समर्थक कार्यकर्ताहरुले आ–आफ्ना पक्षका नेताले टिकट पाउनु पर्नेमा सामाजिक सञ्जाल मार्फत समर्थन गरि रहेका छन । नेपाली काँग्रेस बाजुराले प्रजातन्त्रको पुनर्वाहाली पछि केही चुनावहरु हारेको र केही चुनावहरु जितेको इतिहासले छलंङ्ग नै छ । २०४६÷०४७ सालको जन आन्दोलन पछि भएको पहिलो निर्वाचनमा २०४८ सालमा नेता देवराज जोशी र नेकपा एमालेको तर्फबाट नेता हिक्मतजंग शाही बिच कडा प्रतिस्पर्धा भएको थियो । नेता जोशीले उनका प्रतिस्पर्धी शाहीलाई पराजित गर्दै २०४८ सालको निर्वाचनमा बिजयी भएका थिए । त्यस्तै २०५३ सालको निर्वाचनमा नेकपा एमलेबाट संसदका उम्मेद्वार हिक्मत शाहीले नेपाली काँग्रेसको तर्फबाट नेता जोशीलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

त्यस्तै २०५६ सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा नेपाली काँग्रेसले जित हात पारेको थियो । २०५६ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नेता जनकराज गीरीले नेकपा एमालेको तर्फबाट उम्मेद्वार कर्ण बहादुर थापालाई पराजित गर्दै विजयी भएका थिए भने नेपालमा १० बर्षिय माओवादी जनयुद्व पछि २०६२÷०६३ सालको जनआन्दोलन पछि आएको लोकतान्त्रिक गणतन्त्र नेपालले २०६४ सालमा संविधान सभाको निर्वाचनको मिति तय गरेको थियो । यसै अनुरुप २०६४ सालको संविधानसभा निर्वाचनमा पनि नेपाली काँग्रेसको तर्फबाट हालका शुदुरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशी र नेकपा एमालेको तर्फबाट कर्ण बहादुर थापा बिच कडा प्रतिस्पर्धा भएको थियो ।

त्यति खेर नेपाली काँग्रेसका नेता देवराज जोशी नेकपा एमालेका उम्मेद्वार कर्ण बहादुर थापालाई पराजित गर्दै संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । यसै अनुरुप समानुपातिक तर्फबाट काँग्रेस बाजुराकै नेता महा नेपाली समानुपातिक संसद भएका थिए । २०६४ सालको संविधान सभा निर्वाचनबाट बनेको सरकारले संविधान जारी गर्न नसके पछि नेकपा माओवादी र नेकपा एमाले बिच आलो पालो सरकार चलाएर ६ बर्ष बिताएका थिए । २०६४ साल मै नेकपा माओवादीले बहुमत ल्याएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । तत्कालिन क्याविनेटले संविधान निर्माण गर्न नसके पछि २०७० सालमा दोस्रो पटक पुनः संविधान सभाको निर्वाचन सम्पन्न भएको थियो ।

२०७० सालको संविधान सभा निर्वाचनमा बाजुरा जिल्लाबाट नेकपा एमलेको तर्फबाट कर्ण बहादुर थापा र नेपाली काँग्रेसको तर्फबाट २४ बर्ष सम्म नेपाली काँग्रेस बाजुराको बागडोर सम्हालेका नेता मन बहादुर रावल बिच प्रतिस्पर्धा भएको थियो । नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका कर्ण बहादुर थापाले नेता रावललाई भारी मतान्तरले पराजित गर्दै संविधान सभा संसदमा बिजयी भएका थिए । नेता थापा उद्योग मन्त्री हुदै मन्त्री मण्डलमा प्रतिनिधित्व गर्दै पुरै कार्यकाल नखाँदै मन्त्रीबाट बरखास्त भएका थिए ।

त्यति खेर पनि नेपाली काँग्रेस बाजुराले हार बेहोर्नुको मुख्य दोष नेता पदम शाहीलाई जान्छ । किनकी टिकट वााडफाँडका क्रममा जिल्लाबाट सिफारिस भएका नेता देवराज जोशी, पदम शाही र मन बहादुर रावल बिच केन्द्रमा कसी परेको थियो । यसरी टिकटका लागि कसी पर्दा केन्द्रमा नेता देवराज जोशीको हातमै टिकट परेता पनि नेता शाही र रावल बिच उक्त टिकट खोस्न तछाड मछाड भएको थियो । नेता रावलबाट नेता जोशीले पाएको टिकट खोसिएको आरोप समेत आएको थियो । नेता रावलको हातमा टिकट पारे पछि नेता पदम शाहीले काँग्रेस परित्याग गरेको घोषण गर्दै नेकपा माओवादीमा प्रवेश भएर नेता रावललाई असहयोगको वातावरण सृवना गरेका थिए । यसरी नेता पदम शाही जस्तो नेताले पाटीमा घात गर्नुमा कार्यकर्ताले उनि प्रति बिश्वास पतन भएको सावित ठानेका थिए । फेरी संविधान सभाको निर्वाचन सम्पन्न भएको केही महिना मै नेता शाही माइती पाटी काँग्रेसमै फर्केका थिए भने जिल्ला स्तरबाट केन्द्र सम्म राम्रो राजनितिक छवि बनाएका नेता शाही प्रति काँग्रेस कार्यकर्ता तथा नेताहरुको बिश्वास पतन भएको थियो ।

बाजुरा जिल्लाबाट बिभिन्न कालखण्डमा नेकपा एमले र नेपाली काँग्रेसबाट कडा प्रतिस्पर्धाका साथ संसदमा प्रतिनिधित्व हुँदै गएको छ । तेस्रो पाटीका रुपमा स्थापित भएको राष्ट्रिय प्रजातन्त्र पाटी वाट भने प्रकास बहादुर सिंह विजयी भएर मन्त्री समेत बनेका थिए भने २०५६ सालको निर्वाचनमा बिजयी नेता जनकराज गीरीले पनि भुमिसुधार तथा सहायक मन्त्रीको पद खाँदै मन्त्रालय सम्मको उपस्थिति जनाएका थिए । यसैक्रममा नेकपा एमालेको तर्फबाट पनि नेता कर्ण बहादुर थापाले २०७० सालको संविधान सभा सदस्य निर्वाचन भए पछि पुर्णकालिन मन्त्री पाउने बाजुराको पहिलो नेता थिए । तत्कालिन ७४ सालमा पनि नेपाली काँग्रेसले हार बेहोर्नुमा जिल्लाका उच्च स्तरका नेताहरुकै तछाडमछाडको कारण रहेको हो । किन भने २०७४ सालको संघिय निर्वाचनमा बाजुरा जिल्ला क्षेत्र नं. (ख) बाट प्रदेश सदस्यका लागि नेता पदम शाहीले टिकट पाएका थिए । नेता शाहीले टिकट पाए पछि २०७० सालको आवेगलाई लिएर नेता मन बहादुर रावलले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश भएका थिए ।

यसरी एक नेताले अर्को नेताको खुट्टा काट्ने प्रबृतिले नेपाली काँग्रेस बाजुराले पटक पटक ठुलो क्षति बेहोर्नु परेको छ । दुई नेतना बिचको तछाड मछाड प्रबृतिले कार्यकर्ताहरु भने दिक्कता बोधमा परेका छन । बाजुरा जिल्लामा नेपाली कााग्रेसको राजनितिक घटनाक्रममलाई नजिक बाट नियालेर हेर्दा उच्च स्तरका नेताहरुबाट काँग्रेस बाजुरालाई हराउने खेल भएको जन बिश्वास रही आएको छ । त्यस्तै स्थानिय तह निर्वाचन २०७४ सालमा नेपाली काँग्रेसले बाजुरा जिल्लाका ६ वटा पालिकाहरु जित हासिल गरेको थियो भने संघ र प्रदेशको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी बिभ बाँम एकता भए पछि नेपाली काँग्रेस बाजुराले संघ र प्रदेश तिनै ठाँउमा हार वेहोर्नु परेको थियो । यसै क्रममा पहिलो स्थानिय तह निर्वाचन २०७४ को पाँच बर्ष बिते पछि २०७९ साल बैसाख ३० गते दोस्रो कार्यकालको स्थानिय तह निर्वाचन सम्पन्न भएको थियो । स्थानिय तह निर्वाचन २०७९ मा भने नेपाली काँग्रेस पालिकाहरुमा खुम्चिन बाध्य भएको छ । जिल्लाका ९ वटा स्थानिय तह मध्य काँग्रेस बाजुराले ३ वटा स्थानिय तहमा चित्त बुझाउनु परेको छ । यो कारण पनि नेपाली काँग्रेस भित्रकै गुट उपगुट गर्ने जिल्ला देखि केन्द्र स्तरका नेताहरुको एकले अर्काको खुट्टा काट्ने प्रबृति नै हो । उता नेपाली काँग्रेस क्षेत्र नं. (क) का सभापति राम बहादुर बोहराले पनि निकै नै धोका दिएका थिए । प्रदेश नं.(क) का पालिका तथा वडाहरुको टिकट दिने जिम्मा क्षेत्र सभापतिको भएकोले आफुलाई पछारेको भन्दै उनि स्वतन्त्र उम्मेद्वार बनेका थिए ।

नेता बोहराले आफुलाई बुढीनन्दा नगरपालिकाको मेयर पदका लागि टिकट नदिएको भन्दै पहिला नेकपा एमालेमा प्रवेश भएका थिए भने नेकपा एमालेबाट बुढीनन्दा नगरपालिकाको उप प्रमुखको पदका लागि टिकट दिने निर्णय गरेको थियो । तर स्थानिय निर्वाचन ऐनमा एउटै पाटीबाट दुई जना पुरुष प्रमुख र उप प्रमुख हुन नपाउने प्राब्धान भए पछि नेता बोहरालाई नेकपा एमालेले आन्तरिक सल्लाह गर्दै स्वतन्त्र उम्मेद्वारी दिन लगाउदै उनी बुढीनन्दा नगरपालिकाको उप प्रमुख पदमा बिजयी भएका थिए । हुन त राजनिति नै हो नेकपा एमालेले पनि बुढीनन्दा नगरपालिकाको उप प्रमुखका लागी मनु रोकाया (बुढाथोबकी) लाई अगाडी सार्ने निर्णय गरेर मनु रोकायाले जिल्ला प्रशासन कार्यालयको कम्प्युटर सहायक पदबाट राजिनामा दिएर खुल्ला राजनितिमा आएकी थिएन तर नेता बोहराकै कारण रोकायाले पछाडी पर्नु पर्ने परिस्थिति आएको थियो ।
पटक पटकका बिभिन्न तहका निर्वाचनमा नेपाली काँग्रेस बाजुराले हार बेहोर्नुको मुख्य कारण नै नेताहरु बिच सम्बन्ध नमिल्नु रहेको छ ।

यसको श्रयय २४ बर्ष सम्म नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति पदमा राज गरेका नेता मन बहादुर रावल, पुर्व क्षत्रपाल समेत भएका नेता पदम शाही र बर्तमान समयमा स्वतन्त्र रहेको बताउदै एमालेलाई समर्थन जनाउने राम बहादुर बोहरा नै रहेको प्रमाणित गर्न सकिन्छ । हुन त नेपाली काँग्रेसबाट पाटी परित्याग गरी दोस्रो पाटी प्रवेश गर्ने नेताहरु पुनः माइति तिरै कुम्लो बोकेर फर्किने प्रबृति छ नेता राम बहादुर बोहरा पनि कुम्लो बोकेर माइति तिर नफर्किलान भन्न सकिदैन । सायद उनी ५ बर्षको कार्यकाल खाएर नेपाली काँग्रेसको माइती दैलोमै शरण लिन आउने अवस्था देखिन्छ ।

यस्तो रहेको छ २०७९ साल मंसिर ४ गते हुने स्थानिय तह निर्वाचनका लागि सिफारिस भएका नेताहरुको नामावली र नेताहरुको राजनितिक पृष्ठभुमी ।।
कविराज पण्डित– नेपाली काँग्रेस बाजुराको राजनितिक पृष्ठभुमिमा बेग्दै नाम हो कजिराज पण्डित । २०४८ साल बाट बिद्यार्थी राजनितिबाट आफ्नो औपचारिक राजनितिक यात्रा गरेका नेता पण्डितले कानून तहको एलएल बि सम्मको अध्यायन गरेका छन । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. १ साविकको जुगाडा गा.वि.स. वडा नं. ४ मा जन्मिएका नेता पंडितले नेपाली काँग्रेसलाई सुदृढ र एकिकरणमा आयाम भुमिका निर्वाह गर्नु भएको छ । नेता पण्डित नेपाली काँग्रेसका बिभिन्न पदहरुमा काम गर्दै नेपाली काँग्रेसको नवौंं जिल्ला अधिवेशनमा पाटीको जिल्ला सभापतिमा नेता रामसिंह रावललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।
नेता पंण्डितको राजनितिक यात्रामा गरेका सफल कामहरु यस प्रकार छन ।


१. नेता पण्डितले २०७४ सालको स्थानिय तह निर्वाचनमा पार्टी नेतृत्वमा हुदा ६ वटा स्थानीय तह र समन्वय जिताउन सफल भएका थिए । २.राजनीतिमा पिडितको सम्मानका निम्ति बिगत २०७४ सालको पीडित उमेम्मेद्वार । ३.आफ्नो कार्यकालमा पार्टीको भबन जिल्ला स्थित पार्टीका भातृ सुबेच्छुक संघ सस्थाको सहमतिको आधारमा नेतृत्व तथा समिति चयन गर्ने सफल । ४.आफु नेतृत्वमा हुदा काङ्ग्रेस बाजुराको कार्यालय निर्माण गर्ने सफल,संघठनमा प्रशिक्षण,अन्तरक्रिया,बिचार गोष्टि,राहात उद्दारा लगायतका सृजनशिल कृयाकलाप तथा कार्यक्रम गर्ने सफल । ५.जिल्लाबासीका तथा कार्यकर्ताका समस्याहरु नजिकैबाट भोगेको एक बैचारिक नेता । ६.केन्द्रीय नेतृत्व सँग राम्रो सम्बन्धका कारण जिल्लामा बिकास संरचना लगायत अन्य सवालमा सक्षम ७.कानुन बिषय अध्यायन गरि जिल्लामा बसेर पिडित कार्यकर्ता÷जनताको पक्षमा वकालत गरि न्याय दिलाउन सक्ने क्षमतावान ब्यक्तित्व । ८.युवा,प्रखर बक्ताका साथै सबैलाई मिलाउने सक्ने क्षमतावान ब्यक्ति÷प्रतिपक्षी दल सँग बैचारिक तथा अन्य हिसाबले तर्क बितर्क गर्ने सक्ने क्षमता भएको नेतृत्व शैली । ९.भद्र स्वभाव,इमानदारका साथै बाजुरा जिल्लाका जनता तथा कार्यकर्ता माझ लोकप्रिय । १०.जिल्लाको शिक्षा,स्वास्थ्य,खानेपानी,बिधुत,यातायात स्तरिकरण तथा बिस्तारका निम्ति स्पष्ट खाका भएको ब्यक्ति , मानव सुचाअङ्कबाट जिल्लालाई माथि उठाउनका निम्ति योगदान ।

यसरी नेता पण्डितले बाजुरा काँग्रेसको हितमा काम गर्दै २०७४ सालको संघिय निर्वाचनमा पराजति हुँदै बाजुरेली जनताको हितका विषयमा न्यायिक पात्रको रुपमा भुमिका निर्बाह गर्नु भएको थियो । नेता पण्डितले कानुनी क्षेत्रबाट पीडामा परेका बाजुरेली जनताहरुको न्याय दिलाउनमा आयाम भुमिका निर्वाह गर्नु भएको थियो । यति खेर संस्थापन पक्षबाट नेता पण्डितले नै टिकट पाँउनु पर्नेमा उनि समर्थक कार्यकर्ताहरुले सामाजिक सञ्जालबाट टिका टिप्पणी तथा समर्थन गरि रहेका छन । आफु हारे पनि जनताको सेवामा सदैब नियमित खटिने नेताको रुपमा परिचित नेता पण्डितलाई वबाजुरेली जनताले मागेकोले उनको पक्षमा जनमत रहेको पाइएको छ। यसर्थ नेता पण्डित एक सेवक पीडित नेता भएकोले विजयमा नमात्तिने र पराजयमा नआत्तिने नेताको रुपमा परिचित भएकोले उनको पीडालाई बुझेर पनि बाजुरेली जनताहरुले न्याय दिने कुरामा बिस्वस्त भएको उनका समर्थकहरुको भनाई रहेको छ । नेता पण्डित संस्थापन पक्षधार नेता रहेका छन ।

नेता ब्रद्री प्रसाद पाण्डेको राजनितिक यात्रा यस्तो रहेको छ ।


२. नेता पाण्डे नेपालकै राजनितिमा एक परिपक्को र बिश्वासिलो नेताको रुपमा बेग्लै छवि बनाउन सफल नेता वद्री पाण्डे नेपाली काँग्रेस बाजुराको बलियो उम्मेद्वारका रुपमा मानिन्छन । उनले पनि वाल्यकाल बाटै बिद्यार्थी जीवन देखि राजनितिक यात्रा सूरु गरेका थिए । माद्यामिक तह सम्मको अध्यायन गृह जिल्ला बाजुरामै अध्यायन सम्पन्न गरेका नेता पाण्डेले उच्च शिक्षाको प्रारम्भ काठमाण्डौको पुतली सडकमा रहेको बालमिकि बिद्या पिठवाट प्रारम्भ गर्दै स्नाकोत्तर सम्मको ध्यायन गरेका छन । नेपाल बिद्यार्थी संघको केन्द्रीय स्तर सम्मको राजनिति गर्दै बिभिन्न नेपाल बिद्याथी संघको पदमा रही योगदान गर्दै आएको छ । उनि एक साहसी युवा नेताको रुपमा पनि परिचित नेताको रुपमा चिनिन्छन । नेता पाण्डेले २०५१ सालको आम निर्वाचनमा तत्कालिन नेकपा एमालेले जिल्ला भरी बुद कब्जा गरि रहदा कर्णली पारी रहेका तत्कालिन साविकका साप्पाटा, वाई र जुकोट गाबिसबाट निर्वाचन सम्पन्न गरी ल्याएका बुद कब्जाका मतपेटिकाहरु कर्णली नदीमा फाल्दै न्यायिक निर्वाचन हुनु पर्ने साहसको संज्ञा दिएका थिए ।

उनि त्यति खेर प्रहरीबाट पक्राउ परेर लामो समय सम्म हिरासतमा बसेका थिए । उनको साहसी राजनितिको कदर गर्दै नेपाली काँग्रेसले पटक पटक पाटीको मुख्य जिम्मेवारी दिदै आएको छ । नेता पाण्डे २०७० सादलको संविधान सभा पछि बाजुराबाट समानुपातिक संविधान सभा सदस्य बनेका थिए । बाजुरा जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्दै गर्दा संसदका टेवलहरु हल्लाएर जनताको पक्षमा बोल्ने एक साहसी नेताको रुपमा परिचित रहेका छन । नेपाली काँग्रेसको १३ औ केन्द्रीय महाधिबेशनबाट उनी नेपाली काँग्रेसको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै नेता पाण्डे २०७८ सालमा भएको नेपाली काँग्रेसको १४ औ केन्द्रीय महाधिबेशनमा केन्द्रीय सह–महामन्त्रीमा उनका प्रतिस्पर्धी जीवन बहादुर शाहीलाई पराजित गर्दै निर्वाचित भएका थिए । नेता पाण्डेलाई केन्द्रीय स्तरको राजनितिमा बलियो नेताको रुपमा बाजुरेली जनताले ठान्दै आएकोले बाजुरा एमालेलाई पराजित गर्न उनको मात्र शक्ती हुने पाण्डे समर्थक नेता तथा कार्यकर्ताले बिभिन्न माद्यामबाट समर्थन तथा टिकट पाउनु पर्ने कुराको अभिब्यक्ती दिदै आएका छन । तर नेता पाण्डेको राजनितिक छबी जिल्ला भन्दा जिल्लाबाहिरका जुन सुकै जिल्ला वा क्षेत्रबाट लडे जित्न सक्ने केही नेता तथा कार्यकर्ताको धारण रहेको छ ।

उनी गृह जिल्ला बाजुरा भन्दा मुलुकका अन्य जुन सुकै जिल्लाबाट उठे पनि जित्ने बढी सम्भावना रहेको छ । तर बाजुरा काँग्रेसलाई प्रतिपक्ष संग प्रतिस्पर्धा गर्न फलामको चिउरा चपाउनु जस्तै भएकोले नेता पाण्डे प्रतिस्पर्धीसंग कडा रुपमा प्रतिस्पर्धा गर्न सक्ने भएकोले चुनाव जित्ने सम्भावना रहेको पाइएको छ । युवा पंक्तिका ढुकढुकीमा रहेका नेता पाण्डे युवाहरुको ढुकढुकीका रुपमा रहने नेताका रुपमा चिनिन्छन । नेता पाण्डे कोइराला पक्षधार नेता रेका छन ।                      नेता जनकराज गीरीकाे राजनितिक यात्रा र पृष्ठभुमी        जनकराज गीरी– नेपाली काँग्रेसको एक बिकास बादी ऐतिहाँसिक नेताको रुपमा चिनिने नाम हो जनकराज गीरी । नेता गीरीले पनि बिद्यार्थी जीवन देखी नै राजनितिक यात्रा सूरु गरेका थिए । लामो समय सम्म शिक्षण पेसा गर्दै आउनु भएका नेता गीरी २०५६ सालको निर्वाचनमा नेकपा एमालेका कर्ण बादुर थापालाई पराजित पार्दै संसद हुनु भएको थियो । सोही समयमा नेता गीरी तत्कालिन श्री ५ को सरकारको पालामा भुमिसुधार तथा सहायक मन्त्री समेत हुँनु भएको हो ।
नेता गीरीले अधिकाँश बाजुरेली जनाताहरुलाई शिक्ष, स्वास्थ्य र रोजगारीका अवसरहरु दिनु भएको थियो । बाजुरेली जनताको आसा र भरोसाका केन्द्र बिन्दुमा रहका नेता गीरी २०७४ सालको संघिय निर्वाचनमा बाजुरा क्षेत्र (क) बाट प्रदेश सभाको संसदका लागि टिकट पाएर चुनावी मैदानमा हुम्मिएका थिए । बाम एकताको किर्ते गठबन्दनले नेता गीरीलाई हराउने खेल मात्र भएको थियो । बाजुरा जिल्लाको एक बलियो नेताका रुपमा काँग्रेसमा लिन सकिन्छ । नेता गीरीले बिभिन्न मुलुकहरुको पनि राजनितिक भ्रमण समेत गरि सकेका छन । अहिले सम्म एउटा घरको टहरो समेत ठड्याउन नसकेका नेता गीरीले आफुले राज्यबाट कमाई गरेको श्री सम्पत्ति जनतका छोरालाई बिभिन्न माद्याममा सहयोग गर्दै आएका छन । जिल्लाको समग्र बिकासका लागी नेता पलिो पंक्तिमा आँउने गर्दछन । नेता गीरीको जन्म तत्कालिन वाई गाबिसमा भएको भने हालको स्वामिकार्तिक गाँउपालिका हो । नेता गीरीले माद्यामिक तह सम्मको अध्यायन गाँउमै गर्नु भएको थियो भने उच्च शिक्षा हुँदै स्कनातक सम्मको अध्यायन पुरा गर्नु भएको छ । बाजुरा काँग्रेसमा नेता गीरीलाई जनप्रमेमी नेताको रुपमा चिनिन्छ । नेता गीरी पनि संघको उम्मेद्वारका लागी नेपाली काँग्रेस जिल्ला कार्य समितिले सिफारिस गरेको छ ।

अंगराज तिमल्सेनाको राजनितिक यात्रा यस्तो रहेको छ ।


३) तिमिल्सेना बाजुरेली राजनितिक इतिहासको बिज्ञ नेताको रुपमा परिचिर रहेका छन । उनी संस्थापन पक्षका नेताको रुपमा चिनिन्छन । नेता तिमल्सेनाले माद्यामिक तहको शिक्षा गृह जिल्लाबाटै सम्पन्न गरेका थिए ।

तत्पश्चात उनले उच्च शिक्षा देखि स्नाकोत्तर सम्मको शिक्षा राजधानी काठमाण्डौ र बिदेशबाट पिएचडी पास गरेका हुन । बाजुरेली जनताको सामु उनि त्यति परिचित नेता नभएता पनि उनको केन्द्रीय स्तरका नेताहरुको साथ समर्थन र सहयोग तथा चिनजान भने निकै रहेको छ । नेता तिमल्सेना देउपाको दायाँ हातको रुपमा पनि चिनिन्छन । बिद्यार्थी स्तरबाटै आफ्नो राजनितिक यात्रा तय गरेका नेता तिमल्सेनाले नेपाली काँग्रेसका बिभिन्न भातृसंघमा आवद्व रही बिभिन्न पदिय जिम्मेवारी बहन गर्दै आउनु भएको छ । उनी नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिबेशनबाट केन्द्रीय सदस्यमा विजयी केन्द्रीय सदस्य बिद्या तिमल्सेनाका सहोदर दाजु हुँनु हुन्छ । नेता तिमल्सेना बिदेशी राजनितिक कुटनितिका बिज्ञ नेताको रुपमा परिचित छन

नेता मन बहादुर रावलको राजनितिक यात्रा यस्तो रहेको छ ।


४) मान बहादुर रावल– नेपाली काँग्रेस बाजुराको जिल्ला कार्य समिति सभापति पदमा २४ बर्ष सम्म सभापति पदमा राज गरेका नेता रावल २०७४ सालको संघिय निर्वाचनमा घुम्टो ओडेर पोइल गएका थिए । उनले नेता पदम साहीले क्षेत्र नं. (ख) बाट प्रदेश सदस्यका लागि टिकट पाए पछि २०७० सालको संविधान सभा निर्वाचनका वेला नेता पदम शाीले लगाएको गुनको पैचो तिर्न एमालेमा प्रवेश भएका हुन ।

उसो त नेता रावल नेपाली काँग्रेस बाजुराको राजनितिमा लामो समय सम्म पदिय जिम्मेवारी लिएर योगदान गर्ने नेतामा एक पर्नु हुँन्छ । तर के गर्ने कुरो उही हो नेताहरु बिच तछाड मछाड गर्दै एकले अर्को नेताको खुट्टा तान्ने प्रबृति । यसैको प्रतिफल सिंगो नेपाली काँग्रेस बाजुराले भोग्नु परेको छ । नेता रावलले पनि यति खेर संघको टिकटका लागि कसी गरि रहेका छन । जिल्लाबाट संघको टिकटका लागि सिफारिस भएका ७ जना नेताहरुको राजनितिक योगदानको उच्च मुल्याङ्कन गर्दै जिल्लामा फलामको चिउरा चपाउन सक्ने नेतालाई टिकट दिएर बाजुरेली जनताको पक्षमा न्याय दिने छ भन्ने नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको अभिलासा रहेको छ ।

नेता खम्म बहादुर खातीको राजनितिक यात्रा यस्तो रहेको छ ।


५) खम्म बहादुर खाती– राजनितिक पृष्ठभुमि कमै भएता पनि राज्यको उच्च पदस्थमा रहेर आन्तरिक रुपमा नेपाली काँग्रेस बाजुरालाई निकै नै योगदान दिने नेताको सूचीमा रहने नाम हो खम्म खाती । उनी हाल नेपाल सरकारको महान्याधिबक्ता पदमा रही आएका छन । उनी बिशेषतः कानुन शास्त्रका पुजारीका रुपमा चिनिने गरिन्छ । उनले पनि यति खेरको संद्दिय निर्वाचनमा आफु संसद बन्ने सपना बोकेर कसी कसेर ७ जनाको नामावलीमा सिफारिस हुनु भएको छ । राजनितिक सास्त्र र कानु शंकायमा स्नाकोत्तर सम्म अध्यायन गरेका खाती बिवेकशिल नेताको रुपमा परिचित छन । उनको राजनिति यात्रा पनि बिद्यार्थी राजनिति बाटै शुरुवात भएको हो ।

नेता शेर बहादुर खातीको राजनितिक यात्रा यस्तो रहेको छ ।


७) शेरबहादुर खाती नेपाली काँग्रेस बाजुराको स्तम्भको रुपमा स्थापित नेताको रुपमा चिनिने नाम शेर बहादुर खती पनि हो । उनी नेपाली काँग्रेस बाजुराकोराजनिति गर्ने नेताहरुमा एक पर्दछन । नेता खाती पनि नेपाली काँग्रेस बाजुराको जिल्ला कार्य समितिका बिभिन्न पदमा रही काम गर्दै आएका छन । नेपाली काँग्रेस बाजुराले उनको पाटी प्रतिको लामो समयको लगाबको उच्च मुल्याङ्कन गर्दै संघको टिकटका लागि आकाक्षा राखेका थिए । संघको टिकटका लागि उनको नाम पनि छैठौँ स्थानमा रहेको छ ।

काँग्रेस बाजुराले गरेको ७ जनाको सिफारिसको दायरा भित्र भने संस्थापन पक्षबाट कविराज पण्डित, इतरमा नेता जनक राज गीरी र इतर पक्षबाट नेता बद्री पाण्डेको सम्भावना रहेको छ । तिनैै जना नेता मध्य टिकटका लागि कसी पर्ने सम्भावना देखिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!