बाजुरा— भाद्र पुर्णिमको तिथीका दिनबाट शुरु हुने अनन्ते मेला ब्यबस्थापनका लागि बिभिन्न समितिह गठन गरिएको छ । सदरमुकाम मार्तडीमामा लाग्ने अनन्ते मेला ब्यबस्थापन गर्न बडिमालिका नगरपालिका वडा न ८ को आयोजनामा छलफल भएको भएको छ । अनन्ते मेलालाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बारे वडा अध्यक्ष चन्द बहादुर थापा र स्थानिय बिच छलफल भएको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन ।
अनन्ते मेला ब्यबस्थापनकका लागि स्थानिय युवाहरुको समुहलाई स्वयम सेवकको जिम्मेवारी दिने वडा अध्यक्ष थापाले बताएका छन । त्यसै गरी मेला लाग्ने ठाउँमा अस्थाई चर्पीको ब्यबस्थापन गर्नुका साथै मेला लाग्ने ठाउँमा बिजुली र पानीको ब्यबस्थापन डस्टवीन लागयतको कार्यहरु गर्न युवाहरुलाई जिम्मेवारी दिने निणर्य गरिएको वडा अध्यक्ष थापाले बताए । स्वयम सेवकको जिम्मा स्थानिय नरेन्द्र रावललाई दिएको र रावलको कमाण्डमा ७० जना युवा स्वयंम सेवक रहने वडा कार्यालयले जनाएको छ ।
त्यसै गरी मेला अवधीभर मदिरा सेवन गरी कोही कसैले होहल्ला गर्ने समाजलाई खलल पुर्याउने कार्य गर्ने जो सुकैलाई कार्बाही गर्ने जनाएको छ । नेपाल प्रहरीको समन्वयमा मदिरा सेवन गरी होहल्ला गर्ने जो सुकैलाई २ हजार ५ सय जरिवाना र मदिरा बिक्री बितरण गर्नेलाई ५ हजार जरिवाना गर्ने निणर्य गरिएको वडा अध्यक्ष थापाले बताएका छन । छलफलले मेला लाग्ने स्थान आसपासमा निर्माणाधिनभौतिक संरचनाका लागि प्रयोग हुने काठ, इटा, ढुङ्गा, सरिय, सिमेन्ट र गीट्टी हटाउन पनि वडा अध्यक्ष थापाले जानकारी दिनु भएको छ ।
महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा अन्नते पर्वलाई मनाउने गरिदै आएको छ । अनन्ते मेलालाई स्थानीय वासीले विशेष महत्वका साथ मनाउने गर्दछन् । यो मेलामा मेला अवधिभर आ–आफ्नै शैली र परम्परा झल्किने गरी स्थानियहरुले देउडा खेल्ने प्रचलन छ । मेलामा मागल, लाखेनाच, पाण्डवको युद्ध कौशल, युद्ध नीतिका बारेमा चर्चा गरी देउडा खेल्ने यो मेला अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते भएको किंवदन्ती रही आएको छ । बाजुरा बासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले ठुलोे महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका साथ मनाउने गर्छन ।