बाजुरा– बडीमालिका नगरपालिकाको कार्यालयका अधिकाँश फाँटका कुसीहरु खालि देखिएका थिए । भाद्र २३ गते दिउसो १२ बजे नगरपालिकाका केही फाँटहरुका कुर्सी खाली नै थिए । तर बिभिन्न फाँटको कामका लागि आएका सेवाग्राही सेवा बिना रित्तो हात फर्केका थिए । नगरपालिकाको लेखा फाँटमा भने लेखा प्रमुख र सहायकका दुबै कुर्सी खाली नै देखिए ।
फाँट भित्र कार्यालय सहयोगी जया रावल एक्लै थिए । उनलाई कर्मचरी कता गए भनेर सोध्दा खाँना खाँन गए भनेर जवाफ दिए । करिब १५ मिनेट बिति सकेको थियो सो फाँटमा पनि बिभिन्न कामका लागि सेवा लिन आँउने सेवाग्राही भने सेवा नपाएर फर्किदै गरेका थिए ।
कार्यालय सहयोगी आफ्नै सुरमा झ्याल तिर फकेर मोवाईलमा ब्यस्त देखिए । त्यति खेरै हाम्रो टिमले उनलाई प्रश्न सोधेका थियौ उनको एउटै जवाफ थियो खाँना खाँन गए । तर कार्यालय समयमा सायद खाँना खाँने समय त नहुँनु पर्ने हो ।
लेखा अधिकृतका श्रीमानको हैकम
यो सूचना बाहिर आए पछि लेखा फाँटका प्रमुख बिमला तिमल्सेना (उपाँध्याय) लाई टेलिफोन गर्न खोन्दा सम्पर्क हुन सकेन । तर सामाजिक सञ्जालमा लेखा फाँटको फोटो सार्वजनिक भए पछि भने लेखा अधिकृतका श्रीमान चन्द्र जोशीले बिभिन्न शब्दहरु प्रयोग गर्दै होसियारीको संज्ञा दिएका छन ।
कार्यालय समय भित्र फाँट प्रमुख र सहायक दुबै जना नहुँदा सेवा ग्राही भने रित्तो हात फर्केका थिए । बास्तबिक कुरा उल्लेख गर्दा कर्मचारीहरुका आफन्त्ले आवेग गर्नुमा लेख्न पाँउने प्रेस स्वतन्त्रता माथी हमला हुने प्रयास देखिएको छ । उसो त १२ बजेकै समयमा प्रमुख प्रशासकिय अधिकृतको कुर्सी पनि खाली थिए तर प्रमुख प्रशासकिय अधिकृत भने कार्यालयको कामका लागि बाहिर गएको सुचना प्राप्त भएको थियो । कार्यालयको काम भन्दा बाँकी ब्यक्तीगत कामका लागि कार्यालय समयमा फाँटमा कुर्सीहरु खाली हुँदा सेवा ग्राहीहरुले सास्ती खेप्नु पर्ने वाध्यता देखिन्छ ।
कर्मचरीले खाँना खाँने समय दिउसो १२ बजे नभएर बिहानको समयमा खाँना खाएर आँउनु पर्ने तर १२ बजे दिउसो खाँना खाँन गएको कार्यालय सहयोगी बताउछन । कार्यालयका फाँट भित्र देखिएका कुराहरुलाई बाहिर ल्याँउन खोज्दा कर्मचरीका आफन्त्हरुले भने बिभिन्न माद्यामबाट गाली गलौज गरेका छन । सेवाग्राहीले सेवापाउन ढिलो सुस्ती हुनु उनिहरुले धोका पाँउनु र रित्तो हात फकिनु सेवा ग्राहीहरुका लागि भने मर्का नै हो ।
लेखनमा ग्राही पुर्व ग्राही र राजनितिक प्रतिसोध नभई सत्य देखिएको कुरा हुँन्छ तर कर्मचारीका आफन्तहरुले सामाजिक सञ्जालमा अपशब्द बोल्नुमा प्रेस स्वतन्त्रताको हनन गर्न खोजेको सावित हुँन्छ ।