बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको बताएका छन।
कार्यकर्ता भेटघाट कार्यक्रम नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सभापति अम्मलाल कार्की रहनु भएको छ। प्रमुख अथिति नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश वि.क., बिशिस्ट अथिति नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाजुराका कोषाध्यक्ष भिमान्द पाण्डे, अथिति नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सचिब बिष्णुभक्त रावत रहनु भएको छ।
नेपाली काङ्ग्रेस सहसचिव विवेक रोकाया, काङ्ग्रेस गाउँ कार्यसमिति सदस्य तथा वडा टोल कार्यसमिति सम्पुर्ण पद अधिकारी लगायत नेताकार्यकर्ता को सहभागितामा कार्यक्रम सञ्चालन गरिएको नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सभापति अम्मलाल कार्कीले बताउनु भएको छ।
आउदै गरेको मङ्सिर महिनाको चुनावी माहोल लक्ष्यित पार्दै कार्यक्रम राखिएको छ। जसमा पाटी संघसंगठनमा बलियो र राम्रो तरिकाले अगाडी कसरी लैजाने भन्ने विषयमा छलफल गरिएको छ। पाटी कार्यक्रम वडामा प्रत्येक महिनामा टोलमा कार्यक्रम गर्ने निर्णय भएको छ।
पाटी कार्यकर्ता सबैलाई आउदो चुनावका रणनीतिक कसरी र कस्तो हिसाबले चुनाव जित्ने जस्ता विषयमा भेला गरिएको नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति सचिब बिष्णुभक्त रावतले बताउनु भएको छ।











