बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.६ धीम गाउँमा १२५ किलो वाट क्षमता सौर्य उर्जा मिनिग्रीट निर्माण कार्यका लागि बजेट व्यवस्था गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सरकार संगको समन्वयमा हिमाली गाउँपालिका वडा न.६ धीम गाउँमा १२५ किलो वाट क्षमता भएको सौर्य उर्जा मिनिग्रीट निर्माण गरिने भएको छ। गाउँमा बत्तीको समस्या हुँदा घर घर विद्युतीय प्रसारण लाईन जोडनको लागी विशेष पहल गरिएको हो। गाउँमा उज्यालो बस्ती बनाउनको लागी आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम रु.३ करोडको बजेट व्यवस्था गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

विगत लामो समय देखि बाट गाउँमा बत्तीको समस्या भएको हुँदा सौर्य उर्जा मिनिग्रीट निर्माण कार्यको लागि बजेट व्यवस्था गरिएको छ। गाउँ विद्युतको समस्या लाई समाधान गर्ने गाउँपालिकाका बाट यो वर्ष भित्र नै गाउँमा उज्यालो घर घरमा विद्युतीय प्रसारण लाइन पुर्याउने गरी सञ्चालन गरिने अध्यक्ष मल्लको भनाइ रहेको छ।
गाउँमा विभिन्न जातका मान्छेहरु स्थाइ रूपमा बसोबास गर्दै आइरहेको छन। गाउँमा हाल अहिलेसम्म ३७० वटा घरधुरी रहेका छन। गाउँमा उज्यालो बत्तीको कुनै विकल्प नहुदा बस्तीमा उज्यालोको समस्या भएको छ। अहिले गाउँमा सानो सानो सोलार जडान गरी बत्तीको व्यवस्था गरेर उज्यालोमा बस्ने गरेको पाइन्छ।
धीम गाउँमा रहेको मुख्य विद्युतको समस्या भएको हुँदा यही आर्थिक वर्षमा गाउँमा उज्यालो व्यवस्था बस्ने वातावरण गरेको छ। बत्तीको समस्या लाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन गाउँपालिका बाट १२५ किलो वाट क्षमता सौर्य उर्जा मिनिग्रीट निर्माण कार्यका लागि बजेट तयार गरिएको छ ।
गाउँमा रहेका आम नागरिकहरुलाई उज्यालो बस्ती बनाउनका लागि छिटै अध्यारो मुक्त बस्ती गराउने हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ ।











