बाजुरा– शुदुरपश्च्मि प्रतिष्ठानले सद्भावका लागि सृजना बाचन कार्यक्रम सम्पन्न गरेको छ । दशै तिहारको उपलक्षमा एक कार्यक्रमका साथ जिल्ला भरीका प्रतिभाहरुबाट गजल बाचन गरिएको थियो ।
शुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो । लामो समय देखि जिल्ला बाहिर वा जिल्ला भित्र रहेका श्रष्ठाहरुबाट आ–आफ्ना बिधाका सृजनाहरु वाचन गरी कार्यक्रम सम्पन्न भएको हाे ।
जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा बुढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया कुवर बिशिष्ट अतिथी रहनु भएको थियो । दशैको समयमा सबैको एकै ठाँउ जमघट हुने गरी जिल्ला बाहिर वा जिल्ला भित्रबाट साहित्य बिधामा कलम चलाउने श्रष्ठाहरुलाई एकै ठाँउमा जम्मा गरी भाइचाराको समबन्ध र एक अर्को प्रति परिचयात्मकताका साथ सो कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताउनु भएको छ ।
सृजना बाचन कार्यक्रमको संचालन रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले गर्नु भएको हो । देश बाहिर वा जिल्ला बाहिर साहित्य बिधामा कलम चलाउदै आएका श्रष्ठाहरुलाई सम्मान समेत गरिएको हो ।











