युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
117 पटक पढिएको

काठमाडौं– एक युवतीलाई बलात्कार गरेको अभियोग लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने उक्त विमान झण्डै १ घण्टा ढिलो अवतरण भएको थियो । उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गर्न नेपाल प्रहरीले तयारी अवस्थामा थियो ।

मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाएको थियो । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनी काठमाडौं आएका थिए । तर, काठमाडौंमा भिजिविलिको कमीले काठमाडौंको आकाशमा विमान घुमिरहेको थियो । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लामिछानेले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका थिए । प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लगिएको छ । सुरुमा जाहेरी परेको गौशाला वृतमा लगिएको र त्यसपछि थप अनुसन्धानको थालिने प्रहरीको भनाइ छ ।

युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ । उनले गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । २०७९ भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकोमा भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो ।

अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राख्यो भने नेपाल क्रिकेट संघ(क्यान)ले कप्तानबाट निलम्बन गरेको थियो । निलम्बन हुनुअघिसम्म क्यानको सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए । उनी प्रहरी र क्यान दुवैको सम्पर्कमा नआएपछि विमानस्थल अध्यागमन कार्यालयले पनि उनलाई कालो सूचीमा राख्यो । अनि मात्रै भदौ २४ गते फेसबुक र ट्वीटरमार्फत आफू निर्दाेष रहेको र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताएका लामिछानेलाई नेपाल नफर्किएपछि प्रहरीले गत असोज ७ मा इन्टरपोलको डिफ्युजन नोटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खोजी अघि बढाएको थियो ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आवद्ध थिए । अफ्रिकी मुलुक केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सीपीएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका लामिछाने सीपीएलमै व्यस्त थिए । सीपीएल चलिरहेकै बेला काठमाडौंमा एक किशोरीले लामिछानेविरुद्ध गौशाला प्रहरीमा जबर्जस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।

जाहेरीमा भदौ ५ गते लामिछानेले ती किशोरीलाई जबर्जस्ती नगरकोट पु¥याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पु¥याई जबर्जस्ती करणी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।जाहेरीमा उनी नैरोबी उड्नु अघिल्लो रात घटना भएको उल्लेख छ । तर, घटनाको दुई सातापछि मात्रै पीडित प्रहरीमा पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!