युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
188 पटक पढिएको

बाजुरा– जिल्ला निर्वाचन कार्यालय बाजुराले शनिबार सर्वदलिय बैठक सम्पन्न गरेको छ । आशन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनलाई सभ्य र भयरहित बातावरणमा सम्पन्न गर्न सरोकारवाला संग सर्वदलिय बैठक बोलाइएको हो । प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायधिश ढाँकाराम पौडेलको अध्यक्षतामा सर्वदलिय बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला स्थित राजनितिक दल सुरक्षा निकायका प्रमुख तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका कार्यालय प्रमुख नवराज अवस्थीले संचालन गरेको बैठकमा आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा सबैले आचारसंहिता पालना गर्न बैठकमा छलफल भएको थियो ।

त्यस्तै बैठकमा राजनितिक दलहरुदले पनि सम्यमिति भएर निर्वाचनमा भाग लिन प्रमुख निर्वाचन अधिकृत ढाँकाराम पौडेलले निर्देशन दिनु भएको थियो । निर्वाचनको समयावधिभर के गर्न हुने के गर्न नहुने भन्ने विषयमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले प्रस्ट पार्नु भएको थियो ।

सबै राजनितिक दलहरुले प्रत्यक्ष र समानुपातिको टिकट टुङ्गो लगाइ सके पछि असोज २३ गते प्रमुख निर्वाचनको कार्यालयमा मनोनयन दर्ता गर्ने समय तय गरिएको छ । मनोनयन दर्ता गर्दा २५ जना भन्दा बढी उपस्थित हुन नपाउने पनि उल्लेख गरिएको छ । मनोनयन दर्ता गर्दा पाटीका झण्डाहरु अत्याधिक प्रयोग नगर्न र नारा जुलुस कोलाहल नगर्न पनि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश तथा प्रतिनिधी सभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेद्वारहरुले गर्न पाउने खर्चको विवरणको वारेमा पनि बैठकले प्रष्ट पारेको थियो । बाजुरा जिल्लाको हकमा क्षेत्र (क) मा २३ लाख, क्षेत्र (ख) मा २१ लाख र प्रतिनिधी सभा सदस्यका उम्मेद्वारले ३१ लाख खर्च गर्न पाउने प्राब्धान रहेको निर्बाचन अधिकृत पौडेलले प्रष्ट पार्नु भएको हो ।

निर्वाचनको समयावधि भर कुनै एक राजनितिक दलले अर्को राजनितिक दल वा ब्यक्ती प्रति आँच आँउने, समजलाई खलल पुर्याउने र मतदान स्थलमा मतदाताहरुलाई स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने वातावरण सृजना गर्न सबैले सहयोग गर्नु पर्ने कुरा अनुरोध गरिएको छ ।

बैठकमा जिज्ञासा राख्ने राजनितिक दलका नेताहरुले स्थानिय तह निर्वाचनमा दुइ पटक मतदानको समस्या खेपेको बाजुरा जिल्लाले सघ र प्रदेशको निर्वाचनमा त्यस्तो वातावरण दोहोरिन नदिन सुझाब दिएका छन । यस बिषयमा सुरक्षा निकायले जिम्मेवारी भएर काम गर्नु पर्ने अधिकाँश नेताहरुको भनाइ रहेको थियो ।

आफ्नो जिज्ञासा राख्दै राजनितिक दलबाट बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिव भरत बहादुर थापाले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएकोले राज्य सत्ताले गर्न नहुने कुरामा खवदारी गरेका छन । बैठकमा बोल्दै नेता थापाले स्थानिय तह निर्वाचन जस्तै निर्वाचन अयोग भन्दा राज्यले निर्वाचन गराउने दाँउ गर्यो भने जे पनि हुसन सक्ने ठोकुवा गरेका छन ।

त्यस्तै आफ्ना कुरा राख्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति सह सचिब सुरेन्द्र सिंहले पटक पटकका निर्वाचनमा केहि वडा तथा मतदान केन्द्र हरु अछुत रहने केही सहपाठी राजनितिक दलहरुले एकलौटी मतदान केन्द्रलाई नियन्त्रणमा लिएर बु्द कब्जा गर्ने गरेकोले नेपाली काँग्रेसलाई यस्तो सैह नहुने कुरामा ठोकुवा गर्नु भएको छ । त्यस्तै बैठकमा आफ्नो सुझाब राख्दै नेकपा माओवादी केन्द्र शुदुर पश्चिम प्रदेशकी सदस्य कोमल कुमारी शाहले नेकपा माओवादी केन्द्रलाई सानो पाटी भनेर अपहेलित गर्ने प्रबृतिलाई हटाउनु पर्ने कुरामा जोड दिएकी छन ।

आसन्न मंसिर ४ गते हुने संघ तथा प्रतिनिधी सभा निर्वाचनका लागि देशभर असोज २३ गते मनोनयन दर्ता गर्ने समय तय भएको छ । मनोनयन दर्ता समय बिहाद १० बजे देखि बेलुका ५ बजे सम्म रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । मनोनयन दर्ताका क्रममा सबै राजनितिक दलहरुले सम्यमित भएर उपस्थिति जनाउनु पर्ने कुरामा जोड दिदै प्रमुख निर्वाचन अधिकृत ढाँकाराम पौडेलले पत्रकारहरुले समाचार संकलन, प्रसारण तथा प्रकाशन गर्दा कुनै पनि दलको उम्मेद्वारलाई पक्ष बिपक्ष गरी नलेख्न अनुरोध गर्नु भएको छ ।

निर्वाचन समयावधि भर सबै पत्रकारहरुले सत्य तथ्य समाचार तथा सूचना संकलन गरी जनता सम्म पुर्याउन सहयोग गर्न आग्रह गर्नु भएको छ । सर्वदलिय बैठक जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी प्रकासचन्द्र अधिकारी, प्रहरी नायव निरिक्षक शुर्य थापा, अनुसन्धान अधिकृत अशोक भट्ट, ससस्त्र प्रहरी निरिक्षक भिम चौधरी, प्रमुख सेनानी दिवाकर खड्का लगायत सुरक्षा निकायका पदाधिकारी, राजनितिक दलका प्रमुख एबम प्रतिनिधी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!