बाजुरा— जिल्लाको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको अपरिचित ब्यक्तीको कुटपिटबाट मृत्यु भएको छ । निर्घात रुपमा कुटपिट भएका अयडीको अचेत अवस्थामा रहेकाेमा निजलाई राती नै बयालपाटा अस्पतालमा लगिएको थियो । मरणासन्न हुने गरी कुटपिट भएको अएडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख डा. मन्दिप पाठकले वताएका छन् ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई एक अपरिचित जथ्थाले अयडी घरमै गई कुटपिट गरेर हत्या गरेका छन । अयडि सुति रहेको बेला घर भित्रबाट तानेर उनलाई निर्घात कुटपिट गरेको थियो ।
अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । डा. पाठकका अनुसार अस्पताल पुर्याउदा उहाँको मृत्यु भइसकेको वताएका छन् । अयडीको शब अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पतालले जनाएको छ ।
त्रिबेणी ७ मा दिउसो मतदानको समयमा सामान्य विवाद चुलिए पछि सुरक्षाकर्मीले गोली चलाउदा १ जनाको घटना स्थलमै मृत्यु भएको थियो । सञ्जिवको घटना स्थलमै मृत्यु पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोली लागेर स्थानिय काँग्रेस कार्यकर्ता सञ्जिब अयडीको मृत्यु भएको थियो । सञ्जिब अयडीको मृत्युपछि अपरिरित ब्यक्तिकाे एक जथ्थाले घरमा गएर अयडी माथी निर्घात रुपमा कुटपिट गरेको थियो । अयडीको वास्तबिक मृत्युको रहस्य बारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।