बाजुराः अनेरासोभ्यू केन्द्रीय सदस्य चेतन अयडीको हत्या भएको भन्दै नेकपा एमले बाजुराले मंगलबार पत्रकार सम्मेलन गरेको छ । गठबन्धनले जिल्लाका १५ वटा मतदान केन्द्रमा बुद कब्जा गरेको आरोप लगाउदै पुनः मतदान गर्न निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय बाजुरालाई आग्रह गर्ने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
शान्तिपुर्ण बातावरणमा हुन लागेको मतदान प्रकृयालाई बुदकब्जा गरी धाँदली गरेको पनि एमालेले जनाएको छ । पत्रकार सम्मलनमा बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँलाई पनि बिना कसुर आक्रमण गरेको आरोप लगाएको छ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनले जिल्लाका हिमाली, खप्तड छेडेदह गाँउपालिका, त्रिवेणी नगरपालिका लगायतका मतदान केन्द्रमा बुदकब्जा गरेकोले निश्पक्ष रुपमा पुन मतदानको माग गरेको छ ।
पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जवाफ दिदै नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार कर्ण बहादुर थापाले धाँदली र बुद कब्जा भएका जिल्लाका १५ वटै मतदान केन्द्रको पुनः मतदान हुनु प्रने बताउनु भएको छ । पत्रकार सम्मेलनमा नेकपा एमले जिल्ला कमिटी बाजुराले निकालेको एक बिज्ञप्ती पढ्दै नेता थापाले अनेरास्वभ्यु केन्द्रीय सदस्य अयडीको बिभत्स रुपमा खुकुरी प्राहार गरी घाइते बनाई घरमा सुति रहेको अबस्थामा मरणसन्न हुने गरी कुटपिट गरी हत्या गरिएकोले दोशीहरुलाई कडा कार्वाही नभए सम्म नेकपा एमाले बाजुरा प्रतिकार गर्ने भनिएको छ ।
शान्तिपुर्ण रुपमा भएको मतदान कार्यलाई बिथोली एकलौटी रुपमा गरेको हरकतको गठबन्धनका नेताहरुले जिम्मा लिनु पर्ने पनि पत्रकार सम्मेलन मार्फत उल्लेख गरिएको छ । जिल्लामा संचालित बिभिन्न मिडियाका पत्रकारहरु र नेकपा एमालेका जिल्ला देखि भातृ संघका नेताहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो । होटेल डि एण्ड डी मा सम्पन्न भएको पत्रकार सम्मेलन मार्फत मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा गठबन्धनले बिभिन्न घटनाहरु घटाएको पनि आरोप लगाएको छ ।