बाजुरा– मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्ति पूर्वक रुपमा मतदान भएको तर त्रिवेणी नगरपालिका वडा नं ७ स्थित श्री नाटेश्वरी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदानमा घटेको अप्रिय घटनाको छान विनगर्न नेपाली काँग्रेस बाजुराले एक बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।
उक्त मतदान केन्द्र खटिएको नेपाल प्रहरीको मोवाइल टोली नं २ का प्र.नि ईश्वर वहादुर थापाको उपस्थितिमा असइ चक्र साउदले मतदानको अन्तिम समयमा त्रिवेणी न.पा वडा नं ७ निवासी संजिव अयडीको छातीमा गोली हानी सकेपछि संजिपको मतदान स्थलमा नै मृत्यु भएको र उतm घट्ना पछि सोही मतदान केन्द्रमा दोहोरो झडप हुदा त्रिवेणी न.पा वडा नं ७ निवासी चेतन अयडी समेतको मृत्युको खवरले नेपाली कांग्रेस बाजुरा स्तब्ध भएको बिज्ञप्तीमा भनिएको छ ।
उक्त घट्नाको सत्यतथ्य जाँचबुझ गर्न उच्चस्तरिय छानविन समिति गठनको माग गदैं दोषी उपर कानुनी कारवाहीका साथै मृतकका परिवारलाई क्षतिपूर्तिको व्यस्था गर्न नेपाल सरकार समक्ष माग बिज्ञप्ती मार्फत गरिएको छ । घट्नामा परि स्थानिय वासीहरु प्रभुराम पाध्या, प्रेम व. थापा,खड्क अयडी, विजय पाध्याय र सोहि दिन त्रिवेणी न.पा वडा नं ८ नवदुर्गा आ.वि मतदान केन्द्रको मतदान सम्पंन हुनै लागेको समयमा नेपाल ट्रेड युनियन कांग्रेस बाजुराका अध्यक्ष चक्र थापा लगायतका ब्यक्तीहरु घाइते भएका थिए । त्यसै गरी बुढीगंगा नगरपालिका वडा नम्बर १ का टेक व. सिंह, चक्र व.सिंह खप्तडछेडेदह गाँउपालिका वडा नम्बर १ का राजकुमार सिंह गौमुल गाँउपालिका वडा नम्बर २ का राज बहादुर धामी, हिरेन्द्र रोकाया, गोरख रोकाया, संदिप वोहोरा, राजेन्द्र रोकाया, पदम रोकाया वडा नम्बर १ का जनक वोहोरा समेत झडपमा परीगाइते भएको अवगत काँग्रेस बाजुराले बिज्ञप्ती मार्फत गरेको छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ का दिपेन्द्र मल्ल, बसोही नगरपालिका वडा नम्बर १० का विरेन्द्र रोकाया, पारस रोकाया, भरत रोकाया, भक्त धामी, राम बहादुर रोकाया, रेश्मा रोकाया लगायतका ब्यक्तीहरु पनि घाइते भएको बिज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।
मतदान कै दिन स्वामीकार्तिक गाँउपालिका वडा नम्बर ३ का सरोज शाही लगायतका व्यक्तीहरू घाईते भई हाल नेपालगञ्ज, सुर्खेत लगायतका स्थानहरुमा र कोहीलाई स्थानिय स्वास्थ्य संस्थानमा उपचारारत हुनु भएकोले घाइते हरुको स्वास्थ्य लाभको कामना काँग्रेस बाजुराले गरेको भनिएको छ । जिल्लामा नहुनु पर्ने यस्ता अप्रिय घटनाहरु घट्न नदिन आ–आफ्नो तर्फबाट संयमित भई घटना नदोहोरिन दिन वार्ता र छलफलका माध्यामवाट समस्याको समाधान खोज्न सम्वन्धित सवै बाजुरा वासी लगायत सुरक्षा निकाय, राजनैतिक दल,नागरिक समाज समक्ष अनुरोध गरिएको सपाति रामसिंह रावलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्ती यस्ताे रहेकाे छ ।