बाजुरा– प्रतिनिधि सभाको पछिल्लाे मतगणनाकाे परिणाम अनुसार नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेले ३२६१ काे फराकिलाे मतान्तरले अग्रता कायमै राखेकाे छ ।
नेपाली काँग्रेसका बद्री प्रसाद पाण्डेले १४०४८ लिएर अग्रस्थानमा छन्, भने नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापाले १० हजार ७ शय ८७ मतले पछ्याई रहेका छन।
जङग गिरी हलोको ६२, टेक बहादुर बडुवाल स्वतन्त्र ६३ जसपा तारा २६ र बदर मत ४९२ रहेका छन् । बपहान १० बजेर ४० मिनेट सम्मको मत परिणाम अनुसार पाण्डेले ३ हरार वढी मतले अग्रता कायमै राखेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुराले जनाएकाे छ । त्यस्तै प्रदेश सभा क मा समाजवादी अगाडि रहेकाे छ भने प्रदेश सभा ख मा नेपाली काँग्रेसका पदम बहादुर शाहीले २ हजारकाे मतान्तरले नेकपा एमालेका लाल बहादुर थापालाई पछाडी पारिरहेका छन











